"नो मिन्स् नो" यो बाक्यले मलाई धेरै पटक सोच्न बाध्य बनाएको छ।
र कतिपय ठाउमा मेरो हिम्मत पनि बनेको छ।मैले फेरि यहि वाक्य दोहोराएर सुने र यो
पटक अझ बुझ्ने गरि सुने र हेरे पनि लेखक सौरभ कार्की द्वारा लेखित पितृसत्तात्मक
सोचको उपज नाटक "प्राइभेट इज पोलिटिक"मा जुन बिगत केही दिनदेखी कौशी
थेटर टेकुमा मञ्चन भइरहेको छ।
हिजोका दिन जस्तै आज
पनि समाज नारिलागी बदलिएको छैन । नारिले भोगिरहेका उत्पीडित,शारिरिक र मानशिक यातनाहरु
आज पनि उतिकै र उस्तै छ्न् । यहि कुरालाई चोटिलो शैलीले नाटकको रुपमा प्रस्तुत
गरेकि छिन् बिगत चार वर्षदेखि काठमाडौमा योनिका कथाहरु नाटक मञ्चन गर्दै आएकी
नाटककि निर्देशक आंकक्षा कार्कीले ।
नाटकमा एउटि नारीले घर
देखि घर बाहिरसम्म जहाँ जहाँ उनि पुग्दछिन् त्यहाँ त्यहाँ उनिले सामाना गर्नु परेका
शारीरिक र मानसिक पीडा जुन पितृसत्तात्मक सोचबाट हाबी छन् ती सबै कुरालाई प्रष्ट
देखाउन खोजिएको छ ।
नाटकमा निर्मला
पन्तको बलात्कार देखि हत्यासम्मको दृश्यलाई महसुस गराउन खोजिएको छ। युद्ध बन्दिको
शारीरिक र मानसिक पीडालाई पनि त्यति नै प्रस्ट देखाइएको छ। नाटकले सानो सानो
कुरालाई पनि मर्मस्पर्शी ढंगले समेटेको पाईन्छ।
दाजुले जन्मदिनको
बहाना पारेर बहिनीमाथी गरेको दुर्ववहार होस् या पुरुष रंगकर्मिले आफ्नै महिला
रंगकर्मी माथी गरेको दुर्ववहार होस् सबै दृश्यलाई नाटकमा प्रष्ट देख्न सकिन्छ ।
साझ परेपछि महिला भएकै कारण घरबाट बाहिर निस्कन गाह्रो भएको कुरा होस् या घरबाट
कतै जादा सुरक्षाको लागि पुरुष दाजुभाइलाई अगाडि पछाडी लाएर हिड्नु परेको बाध्याताको
कुरा होस् ति हरेक स-साना घटना वास्तविक जिबनभन्दा पर छैनन्।
एउटा दर्शक भएर नाटक
हेरिरहदा मैले नाटकका प्रत्येक पात्र र संबादमा आफुलाई पाए।कतिपय ठाउँमा आफुमाथी
भएका दुर्ववहारलाई अझ नजिकबाट महसुस गर्ने मौका पाए।समाजमा जरा गाडेर बसेको पितृसत्तात्मक
सोचलाई अझ नजिकबाट बुज्ने अवसर पाए। यति सबै हुदाँहुदै पनि कता कता लाग्यो नाटकमा
सबै विषयवस्तुलाई समेट्न खोज्दा नाटक अलि गन्जागोल र नबुझिएको जस्तो भान हुन्छ ।निर्मलाको
भयाभक स्थितिले पनि दर्शक माथी भार पारेको जस्तो लाग्छ नभए यति कुरालाई छोडेर
हेर्ने हो भने नाटकमा उठान गरिएका विषयवस्तुहरु साह्रै सान्दर्भिक र मर्मस्पर्शि
छन् झन नाटकको बिचमा बेला बेलामा बज्ने साङ्गितिक धुनले नाटकलाई अझ सुन्दर बनाएको
छ।यस्ता नाटकहरु यसै गरि अझ बहसको रुपमा आउनु पर्छ र सडक हुँदै सदनसम्म पुग्नुपर्छ
तब मात्र हामि यो पितृसत्तात्मक सोचले
भरिएको सत्तालाई जरा देखि नै नष्ट गर्न सक्छौ। र समाजमा हामी महिलालाई हेर्ने
दृस्ठिकोण परिवर्तन हुन्छ हामी सुरक्षीत हुन्छौ,हाम्रो योनि सुरक्षीत हुन्छ र हामिले
उठाएको लैंगिक समानताको अभियान पुरा हुन्छ ।
No comments:
Post a Comment