हो बालपन देखि रमाउदै आएका
ती पाखाहरुमा
ति पखेराहरुमा
जहाँ फुल झै नाँच्दथे मेरा प्रीय बचपनहरु,
जसको आँचललाइ मेरै सपनाको सहरले कतै टाढा छुट्याइदिको छ
मदेखी र मलाई ल्याइपुर्याको छ कुनै अनकन्टार गुफाजस्तो संसारमा
जहाँ केबल सुनिन्छन्
त जिउदा चित्कारहरु
जहाँ भेटिन्छन्
त केबल जिउदा लासहरु
जोसंग हाड र मासुको शरीर त छ तर छैन
जिउने चाहना,
छैन उत्साहको सास
जहाँ आफ्नै अस्तित्व पनि हराएको भान हुन्छ
हो त्यतिबेला मलाई महसुस भएको थियो कि मैले चाहेर पनि लेख्न सकिरहेकी छैन
तिम्रो नाममा एउटा प्रेमपत्र ए! जिन्दगी !
कहिले कुहिरोमा हराएको काग जस्तो

त कहिले पिजडामा कैद भएको सुगा जस्तो छट्पटीन्छ जिन्दगी,
समुन्द्रको छाल जस्तै एक्कासि आएर भिजाउछ प्यास मेटाउला झै गरेर
र दिएर जान्छ कहिल्यै नमेटिने अनौठो प्यास हो त्यातिबेला लागेको हो
मलाई सुरुवालको गाठो परेको इजार जस्तै अल्झिएको छ कतै जिन्दगी,
समुन्द्रको छाल जस्तै एक्कासि आएर भिजाउछ प्यास मेटाउला झै गरेर
र दिएर जान्छ कहिल्यै नमेटिने अनौठो प्यास हो त्यातिबेला लागेको हो
मलाई सुरुवालको गाठो परेको इजार जस्तै अल्झिएको छ कतै जिन्दगी,
भोग लागेको बेला त्यो जुन पनि रोटि झै लाग्छ,
मधुर प्रकाश पनि बिहानी झै लाग्छ,
र अचानक हृदयका आखाले सुन्दर बिहानिको कल्पना गर्न थाल्छन्
मधुर प्रकाश पनि बिहानी झै लाग्छ,
र अचानक हृदयका आखाले सुन्दर बिहानिको कल्पना गर्न थाल्छन्
मान्नै यतिबेला यस्तो लाग्छ सत्य त्यही नै हो,जे मनले मान्यो
त्यसैले मानिदिएको छु अचेल
आखिर सत्यमा नै त टिकेको छ संसार,
त्यसैले मानिदिएको छु अचेल
आखिर सत्यमा नै त टिकेको छ संसार,
कठिन यात्राबिच पनि मुस्कुराउनु
संघर्षको बाटोमा कहिल्यै बिराम नलिइ यात्रा गरिरहनु
बस यहि त हो जिउनु भनेको
बाँच्नु भनेको
अब बाँच्नु छ,
बाँचिरहनु छ,
जिवनका धुनहरुसंगको यात्रामा सरिक भएर बाच्नु छ एक पटक
र जिउनु छ तिमिसंग सुन्दर जिन्दगी
संघर्षको बाटोमा कहिल्यै बिराम नलिइ यात्रा गरिरहनु
बस यहि त हो जिउनु भनेको
बाँच्नु भनेको
अब बाँच्नु छ,
बाँचिरहनु छ,
जिवनका धुनहरुसंगको यात्रामा सरिक भएर बाच्नु छ एक पटक
र जिउनु छ तिमिसंग सुन्दर जिन्दगी
हजारौं पिडाहरुका बिच पनि
मृत्युको शैयामा टेकेर बाँच्नु छ मलाई तिमीसंग ए जिन्दगी ।।(पद्द्मकन्या क्याम्पसमा लुनगंगा चौधरी पुरस्करबाट सम्मानित कविता-२०७६)
No comments:
Post a Comment