प्रीयतम
तिम्रो प्रेमको तरवारको धार
आज यस हृदयको आरपार गराउ
अनि बग्नदेउ
मेरा सबै अशुद्धिहरू
मेरा सम्पूर्ण रक्तका विषाक्तताहरू
र तय गर्न देऊ मलाई
त्यो आत्मासम्मको यात्रा
ताकि
म स्पर्श गर्न सकु
त्यसमा यौटा जीवन्तता,
भेटेर तिम्रो त्यही विशुद्ध उर्जा
तिमी एउटा सञ्जीवनी बनिदेऊ
एउटा शाश्वत प्रेमले भरिदेऊ "
अनि
मनका ऐठनहरूमा
म हेर्छु तिमीलाई समस्ततामा,
रूप रंग मुस्कानहरूमा
तिम्रा विस्तारित जीवन ज्योतिमा
आफ्नै हृदयको कुनामा
साँच्चै
तिम्रा अनन्त प्रतीक्षाले
तिम्रा असीम हृदयले
तिम्रा विशाल आलिंगनले
जागृत दिईरहेछ
मलाई हरपल
एउटा
अटूट झरनाको निर्झरमा,
स्वच्छ सरिताको जलधारमा,
भव्य ईन्द्रेणीका रंगोलीमा
अनुपम फूलका ऋतुहरूमा
केबल यौटै कुरामात्र भेट्छु म
तिम्रा प्रेमलताका सुगन्धहरू
तिम्रा प्रेमलताका सुगन्धहरु ।।
No comments:
Post a Comment