प्रीयतम
किन यस्तो लाग्छ
तिमीसँगको हरेक समय
पुन: दोहोराउ
तिमीसँगका हरेक अधुरा यात्राहरु
पुन: पूरा गरु,
यो प्रेमको प्रेम शैयामा
तिमीलाई लिएर यसरी डुबु
कि उत्रीदा प्रेम बाहेक केही
बाकीँ नरहोस्,
साँच्चै प्रीयतम
यो चाँदनी रात
बनेर तिम्रो चाँदनी
गर्नु छ प्रेमको यात्रा
बसेर प्रेमको जहाजमा,
बनेर मधु
बनाउनु छ
सन्ध्या मधुमय
अनि बेरिनु छ
प्रेमको अंगालोमा जो भन्दा
समीप अरु केही नहोस्,
चाँदनी रात
मधुमय सन्ध्या
बलिरहेको दियो
तिम्रो प्रेमिल आलिङ्गन
बस
गर्नु छ अनि गराउनु छ
प्रेमको मखमली आभास,
यस्तो प्रेमिल आभास
जहाँ,
हृदयले हृदयलाई छोएको होस्
प्रेमको मीठो तृष्णा पलपल बढोस्
अधर प्रेमको चुम्बनले
तृप्त होस्
नयन प्रेमका कायल बनुन्
अनि हामी एकाअर्कामा
बिलिन हौ
जसरी बिलिन हुन्छ चाँदनीमा "चकोर" ।।
यति मिठो की जति पढे पनि न अघाईने, जति शब्दपान गरे पनि तृप्त नहुने अत्यन्तै प्रेमील भाव❤️❤️
ReplyDeleteधन्यवाद !!
Delete