हातबाट हात छुटेपछिको
समय थियो त्यो
साथसँग साथ छुटेपछिको
समय थियो त्यो,
जहाँ,
पराइ थिए आफ्नाहरु
बन्धकिमा थिए
-रहरहरु
आँसुहरुमा बगेका थिए
-सपनाहरू,
हो, त्यसैबेला
तिमी नजरबाट पराइ बनेयौ
ओठहरुले
आफ्नो भन्न सकेनन्
तिमी जान्दाजान्दै अन्जान बनेयौ
र,
मनले तिमीलाई आफ्नो भन्न सकेन,
के तिमी आफ्नै थियौ त?
जिन्दगीको कसौटिमा
समयको सवाल
यहि क्षण सबैभन्दा कठिन थियो,
अदालतको कठघरामा
उभिए जस्तो
साक्षी विरुद्धमा
गवाह विरुद्धमा
त्यतिबेला लागेको थियो
मृत्यु यहाँभन्दा हसिन हुँदोहो,
यि दिनहरुमा
जब ति क्षणहरु फेर्केर हेर्छु
सोच्छु
जे थियो हिजो
आज त्यो हिजोसंग कति अन्जान छ
यो जिन्दगी ।।
#जिन्दगी

No comments:
Post a Comment