Yamunathapablog

Wednesday, April 13, 2022

नयाँ वर्ष तिमीलाई आभार

सुनौलो रंग 


ओढेर उदाएको छ विहानी 

शीरमा लालिगुँरास 

सिउरिएर मुस्कुराएको छ वसन्त 

प्रीतिका फूलहरु 

कविले फूलाएका छन् 

आफ्ना कविताहरुमा 

आरु र पैंयौले फेरेका छन् 

पालुवाहरु डाली डालिमा 

वसन्तको रङ्गमा रङ्गिएको छ प्रकृति 

नयाँ वर्षको उल्लासमा नाँचेका मनहरु

साँच्चै साह्रै चहकिला देखिएका छन् 

यि उत्साहका नूरहरु 

प्रीय नयाँ वर्ष 

तिमीसँग ठूलाठूला 

बाचाहरु गर्न मन छैन

तिमीसँग न ठूलाठूला 

अपेक्षाहरु नै छन्

बस,

तिमीलाई सदा आफूमा 

आफ्नो बनाएर राख्न सकु

तिमीमा तिम्रो बनेर 

समाउन सकु 

विश्वासको घुम्टो ओढेर 

प्रेमको भाषा बोलेर 

सृजनाशिलाताको रङ्ग भरेर 

आशाका किरणहरु तिमीमा भर्न सकु 

प्रेमशिल हृदयका साथ 

तिमीमा प्रेम भर्न सकु

सद्भाव सहित तिमीलाई एक अन्चुली 

मीठो स्नेह दिन सकु

इन्द्रधनुशको रङ्ग बनेर 

तिमिमा कोरिन सकु

अनि

तिम्रो क्यानभासमा 

तिम्रै सुन्दर आकृती बनाएर 

तिमीलाई सजाउन सकु 

प्रीय नयाँ वर्ष 

तिम्रो आगमनमा तिमीलाई स्वागत छ 

तिमी हाम्रो जिन्दगीमा आयौ

तिमीलाई आभार छ 💕💕

#२०७९

No comments:

Post a Comment

उप्रेतीको “अन्तर्य एक सङ्घर्षशील जीवनको कथा” मा घोत्लिदा

  लामोसमयपछि पुस्तकका बारेमा शब्दहरु कोर्दै छु। कहीलेकाहीँ सोच्छु कैयौं पुस्तकहरु पढिसके। अब होस् पढ्दिन । फेरि जब कुनै नयाँ पुस्तक हातमा र...