फेरि कहिल्यै हुदैने
छैन
झमझम
साउने झरी,दिनभरको रोपाइ अनि तिम्रो गर्भबाट भर्खरै यो सुन्दर संसारमा पाईला
राखेकि म।तिमिलाई त हरेक कुराको अनुभव होला नि आमा, ती एहिसासको, ती तितामिठा
क्षणको सबसबको हिसाब होला नि आमा तिमिसंग। साच्चै! आमा मलाई ती सब थोक जान्न मन
लागेको छ, जातोको पेटिमा आड लागेर तिमिले मलाई जन्माउदै गर्दा धर्तिलाई मैले पहिलो
पटक स्पर्श गरेको पल,अनि मेरो मुखबाट निस्केको पहिलो आवाज मेरो चिच्चाहाट म
रोएको पल, यो धर्ती, यो, पानी, यो पबन, सबसबलाई मैले पहिलो पल्ट स्पर्श गरेको क्षण याद
गर्न मन छ, जान्न मन छ तिसब संग पहिले पटक भेट्दा मेरो प्रतिक्रिया कस्तो थियो?
मलाई आफुमा समाहित गराउन यिनिहरु कति उत्सुक थिए, म मायाले सुम्सुमिएर यिनिहरुको आँचलमा
समेटिन पाउदा कति खुशि थिए ती सबथोक जान्न मन छ आमा मलाई, तिमिलाई त थाहा होला नि
हैन।
अनि पहिलो पल्ट तिमिले
मेरो मुखमा अन्न राखिदिँदा, अनि मलाई छोडेर अरुको पर्म जादा म तिम्रो काख
खोज्दै रोएको पल, अनि मेरो मुखबाट पहिलो पल्ट आमा शब्द सुन्दा तिम्रो ओठमा छाएको त्यो मुस्कान कस्तो
थियो होला ? अनि एकपछी अर्को गर्दै मेरा हजारौं नादानीहरुलाई हाँसिहाँसि सहदै मेरो
हातमा कपि र कलम थमाएर मेरो हात समाई मलाई स्कुलसम्म पुर्याएको त्यो पहिलो क्षण
जहाँबाट तिमिले मेरो सुन्दर र कुशल भबीष्यको सपना देखेकी थियौ । त्यो पल, त्यो एहिसास
कस्तो थियो आमा, तिमी मेरा अनगिन्ती नादानिपन, मेरि पहिलो स्पर्श,पहिलो
गल्ती मेरो हरेक पहिलो चिजको तिमि साक्षी थियौ र छौ मलाई ती सब थोक जान्न मन छ ति
सबथोकको साक्षि बन्न मन छ आमा। के म सकुला साक्षि बन्न? आमा! चाहे बदलामा मैले
अहिलेसम्म पाएका सबथोक गुमाउनु नै किन न परोस् तर म ति हरेकपललाई जिउन चाहन्छु सम्झन
चाहन्छु जुन मेरो यादमा सम्म छैनन्।
समयले चराका बचेरोमा
पखेटा हाले झै ममा पनि पखेटा हाल्दै गयो म समय संगै हुर्कदै गए ... अब मेरो
मस्तिष्कमा हरेक चिज समाउदै जान थाले ।मेरो घरपरिवार, मेरो स्कुल, साथिसंगी अनि
मेरो सानो र सुन्दर गाउँ जुन सपना जस्तै हसिन र प्यारो थियो जसको तस्बिर आज पनि
मेरो मस्तिष्कमा संग्लै छ।मलाई खेल्न साह्रै मन पर्थ्यो म घरबाट भाग्दै तिम्रो
आँखा छल्दै कति खेल्न जान्थे जब तिम्रो आवाज मेरो कानमा पर्थ्यो भोलि फेरि
आउने अपुरो बाचा सहित साथिसंग छुटिएर म खेल्ने ठाँउबाट घर फर्कन्थे।
आमा ती याद नभएका हरेक
पलहरुलाई जिउन चाहने म, बेरंग चिजलाई पनि रंगिन बनाउन खोज्ने म,त्यो दिनलाई त्यो
समयलाई चाहेर पनि जिउन चाहन्न सम्झन चाहन्न, सानी बहिनि भर्खर जन्मिएकी थिई । तिम्रो
दोस्रो सन्तान छोरिको रुपमा।हामिलाई थाहा नै छ छोरिलाई समाजले हेर्ने दृस्ठिकोण ।
फेरि छोरी जन्माइ भनेर तिमिलाई बाजेबज्यैले कति बचन लाउनु भएको थियो बाबा पनि घरमा
हुनुहुन्थ्यो।म बिचरी टुलुटुलु हेर्न बाहेक केही गर्न सक्दिनथे र अनि उहाँहरुको
त्यो बचनलाई सहन नसकेर तिमिले यो दुनियाँबाट सदा सदाको लागि बिदा लिने निर्णय
गरेकी थियौ त्यो दृश्य आज पनि मेरो आँखा अगाडि नाचिरहन्छ ।धन्य भगवान रहेछन्
तिमिलाई बचाउन कोहि आइपुग्यो या तिमिले आफैले समाजसंग लड्ने,आफ्नैसंग
आफ्नो लागि लड्ने संकल्प गरेयौ तिमी फर्केर आयौ तिमिलाई पुन देखेर म कति खुशि भएकि
थिए । त्यो पल म कति डराएकी थिए, कति आत्तिएकि थिए जसको अन्दाज म अहिले पनि लाउन
सक्दिन।आज पनि जब त्यो पल जब सम्झन्छु म यतिकै पनि पसिना पसिना हुन्छु ।
संसारको लागि आमा
त्यस्तो चिज हो जसको लागि मान्छे आफ्नो सबथोक हाँसिहाँसि गुमाउन तयार हुन्छ मात्र
आमा फेरि पाउने आशमा त्यस्तो अनमोल चिज हो आमा संसारका लागि....संसारमा मान्छे सबथोक
गुमाएर सम्मालिन सक्छ तर आमा गुमाएर सम्मालिन उसलाई धेरै समय लाग्छ ।म खुसि थिए
आमा र बहिनिलाई फेरि पाएर।घर नजिकै स्कुल,अलिपर जंगल, जंगलको छेउमा खोला अनि चैत
बैशाखको बसन्ति हावा सरर .. कोहिलिको कुहुकुहु काफल पाकेर हैरान काफल टिप्नेको
हुलहरुले बन छपक्कै त्यो हुलमा मिसिन पुगेका हामि साच्चै कति रमाईला थिए बैश
फक्रदै गरेका ति दिनहरु आहा !
भन्छन् उचाई छुन धेरै
टाढाको दुरि तय गर्नु पर्छ, मलाई त्यति धेरै उचाई छुने चाहाना थिएन र हैन पनि बस चाहाना
यत्ति तियो आमाको संर्घषको मोल चुकाउन सकु।आमाको सपनालाई मुर्त रुप दिन सकु तर
मलाई थाहा थिएन मेरो यति चाहानाको मुल्य यति धेरै हुन्छ कि म मेरि आमासंग मैले
आफ्नो ठान्ने हरेक चिजसंग यति धेरै टाढा हुनुपर्छ। एकछिनको निर्णयले म यति टाढाको
दुरि तय गर्छु मैले सोचेकि सम्म थिएन।जब आमाले काठमाण्डै गाडि चढाएर राम्रोसंग
जानु है भन्नु भयो, म खुब रोएकि थिए .... मलाई के थाहा थियो र त्यसपछि मेरो आवाजले
बिउझने मेरो घर,मेरो पाउजुको छमछममा नाच्ने मेरो आँगन, मेरो आहटमा खेल्ने बाख्राका
पाठाहरु, मेरो स्पर्शले जगमगाउने मेरा फुलबारिका फूलहरुसंगको मेरो यो अन्तिम पटकको
मिलन थियो भनेर ...जुन अब पहिले जस्तै गरि फेरि कहिल्यै हुदैन र हुने छैन भनेर....।
x
x
No comments:
Post a Comment