सवाल राज्यसंग..
केहिदिन पहिले मात्र हामिले कंङ्चनपुरमा १३ वर्षीया बालिका निर्मला
पन्तको बलात्कारपछि हत्या भएको खबर सुनेयौ जुन सामाजिक संजालका भित्ताहरुको
मसालेदर खबर बन्यो। एकदिनको पत्रपत्रिकाको खुराक पनि बन्यो अनि भोलिपल्टै त्यो यसरि
सेलायो कि मान्यौ केहि भएको होइन केहि भएकै छैन ।
यस्ता घटनाहरु देख्दा
अनि यस्ता घटनाप्रति राज्यको ब्यवहार देख्दा कहिलेकाही त लाग्छ समाजमा, राष्ट्रमा
महिलाका मुद्दा उठाउनु, यसको बिषयमा ओकालत गर्नु सब ब्यर्थ छ, महिला समाजको
लागि राष्ट्रको लागि स्वयम् महिलाकै लागि यस्तो गम्भीर बिषय बनेका छन् कि सबैले
यसको फाइदा मात्रै उठाउदै आएका छन्, उपहासको पात्र बनाएका
छन् । परापुर्बकालमा देबिको नाममा शोषण गरिन्थे महिला रानिको नाम राजाहरुको
शयनकक्षको शोभा मानिन्थे महिला । पतिको श्री मानिन्थे अनि पती संगै सति पनि जान्थे
र यहाँ कर्तव्य नाममा, धर्मको नाममा महिला हासि हासी सुलि चड्न बाध्य हुन्थे र
तिनिहरुले यो शोषण हो यो अन्याय हो भनेर बुझेकै थिएनन् सायद र यसको बिरुद्ध बोलिदिने
र सुनी दिने पक्ष पनि थिएनन् । ल ! त्यतिबेलाको अवस्था त्यस्तै थियो, समय त्यस्तै
थियो सहनु महिलाहरूको बाध्यता थियो । तर अहिले त समय परिबर्तन भएको छ, समाज,
राष्ट्र, स्वयम् महिला पनि यसको बारेमा सचेत छन्, सचेत बनेका
छन् अनि किन आज ती सानि नानी बलात्कृत भैइन, किन उनको हत्या भयो ?अनि आज
बलात्कृत र हत्या भएको यतिका दिन बितिसक्दा पनि किन मौन छ राज्य, किन मौन छन्
सरोकारवालाहरु कहाँ गए महिला अधिकारको ढोल बजाउँदै पाच तारे होटेलमा गोष्ठी र
सेमिनार गर्दै हिड्ने महिला अधिकार कर्मीहरु किन कोहि बोल्दैन किन मुखमा ताला लाएर
बसेका छन् ।के अब यिनिहरु मुख खोलिन बिदेशी डलरको मोहोताज बन्नु पर्ने हो । यस्तो
अवस्था देख्दा साह्रै दुख लागेर आउँछ। आफ्नै गाँउठाँउमा त छोरिहरु यति धेरै
असुरक्षित छन् भने कहाँ सुरक्षित छन् त छोरिहरु भन्ने सवाल हामी जस्ता आम
छोरिहरुको मस्तिष्कमा खेल्नु स्वभाबिक नै हो । तर यसको जवाफ कस्ले दिने राज्यले वा
सरोकारवालाहरुले ..
हाम्रो देशमा बर्षको
कुरा छोडौ हरेक महिना, दिन जसो एउटा न एउटा वालिका वा महिला बलात्कृत भइरहेकि
हुन्छिन् यस्ता घटनाको चर्चा उत्सब जसरी चर्चामा आउछ र सेलाउछ पनि
त्यसरी नै न त यसको कुनै प्रभाबकारी छानबिन हुन्छ न त दोषिले पाउनु
पर्ने जति सजाय नै पाउछ
बलात्कार जस्तो
संबेदनसिल बिषयमा सरकार कहिले गम्भीर हुने ? आजका बालिका भोलिका
भविष्य हुन ।जब कोपिला नै रहदैन भने सुन्दर फुलको आशा कसरी गर्न सकिन्छ । अनि
यस्तो आशा गर्ने राज्य कति मूर्ख होला त्यो सहजै अनुमान लाउन सकिन्छ ।
छोरी समाजको सुरुवात र
अन्त्य हो । जब छोरिले एउटा बिर्यलाई गर्भधारण गएर सृष्टिलाई नयाँ जीवन र उर्जा
प्रदान गर्न सक्छे त्यसरी नै महाभारत रचेर तबाइ पनि मच्चाउन सक्छे, भन्ने कुरा
किन कोहि बुझ्दैनन् आमा बन्ने सौभाग्य मात्र एउटा छोरिलाई प्राप्त हुन्छ । चाहेर
पनि पुरुषले गर्भधारण गर्न सक्दैन, न त सृष्टिलाई नया जीवन नै दिन सक्छ अनि किन उ
यति धेरै घमण्डी, निरंकुश, र हिंस्रक पशु
बन्नलाई पनि पछि पर्दैन यहि कुरा अचम्म लाग्छ मलाई ।
राज्यको काम देशका
नागरिकलाई सुरक्षित राख्नु हो । बालबालिका भनेका राज्यका आयम हुन अनि किन राज्य
बालिका बलात्कृत र हत्याको अबस्थामा चुपचाप छ। कंङ्चनपुरकि १३ वर्षीया
बालिका निर्मला पन्त त मात्र प्रतिनिधि पात्र हुन् यस्ता घटनाहरु त कति छन् कति
जोसंग राज्य अनबिज्ञ छ।अन्जान छ।यसको छानबिन कहिले र कसरि हुने । डा. केसिको
अनशनलाई जोडतोड साथका सगनमा ल्याउनेहरु कहाँ छन्, एउटा निर्दोष बालिका बलात्कृत भइ
हत्या गरिदा किन मौन छन् उनिहरु के उनिहरुको नजरमा ती बालिकाको कुनै महत्त्व छैन के
ती यो राष्ट्रको नागरिक नै होइनन् । कि ती
डा. केसिको जस्तो महत्त्वपुर्ण ओदामा थिनन् ।
किन जहिले पनि राज्य
मौन भईदिन्छ महिलाका सवालमा, बलात्कार जस्तो संबेनशिल बिषयमा ... किन राज्य
आश्वासन मात्र दिन्छ किन उठाउदैन कुनै प्रभाबकरी कदम
यस्ता धेरै सवालहरु
छन् मेरा सरकारसंग सरोकारवालाहरुसंग र यो देशका आफुलाई जिम्मेवार मान्ने
नागरिकहरुसंग .......... !!!!
No comments:
Post a Comment