Yamunathapablog

Thursday, April 5, 2018

दोस्रो श्रीमान

दोस्रो श्रीमान 
समय पनि उडि जाने चरी जस्तै रहेछ, पलभर मै बितिजाने त्यसैले त हिजो भर्खर भेटेजस्तो लाग्ने मेरि मिरासंगका यतिका बर्ष कसरी बिते मैले पत्तो पाइन। आज पनि ती दिन सम्झदा, ती दिन नजरै अगाडि छन् कि झै लाग्छ र ओठमा अनौठो मुस्कान छल्किन्छ।


करिब चार बर्ष पहिले पद्मकन्या क्याम्प गेटमा पहिलो पटक देखेको थिए मैले उसलाई अर्थात मेरि मिरालाई। कम्मर सम्म आउने लामो कपाल,धेरै पातलि हैन ठिक्कको मिलेको शरीर,ओठमा रातो लिपिस्तिट,आखामा कालो गाजल अनि पद्मकन्या क्याम्पसको ड्रेस कलेजी खैरो रंगको सारिमा सजिएकी उ कुनै परि भन्दा कम देखिएकी थिन । पहिले पटक नै उसलाई देख्दा मेरा नजरहरु टक्क रोकिएका थिए उ माथि। सायद उ थिनै यति राम्री या मेरा नजरहरु थिए दोषी म अहिले पनि सोच्छु । कहिलेकाही त लाग्थ्यो किन यो क्याम्पसमा केटिहरु मात्र भर्ना हुने नियम बनाएको होला।केटाहरु पनि भर्ना हुन मिल्ने नियम बनाउनु पर्ने ।यदि केटाहरु भर्ना हुन मिल्ने नियम हुन्थ्यो भने सबैभन्दा पहिले म नै पहिला भर्ना हुने थिए होला ।उसैको कक्षामा अनि बस्थे पनि उसैसंग होला ,उसैको बेन्चमा । हुन त यस्तो सोच्ने म मात्र पहिलो केटा पक्कै थिएन होला म भन्दा पहिले पनि कति केटाहरूले यस्तो सोच्थेहोला र आगामिक दिनहरुमा पनि सोच्छन् होला।  तर जे होस उसको एक झलक पाउन भएपनी म आफ्नो क्याम्पस छोडेर पद्मकन्या गेट छेउको चियापसलमा गएर उसको प्रतीक्षामा दिनहु बस्थे।यो मेरो दैनिकी नै बनेको थियो । सायदै यस्ता दिन थिएनन् जहाँ मैले उसलाई नकुरेको होस् । तर उ आक्कल झुक्कलमा मात्र देखिन्थी त्यसैले पनि म कहिलेकाही त दिक्क हुन्थे र चिया र चुरोटमा मन बुझाएर फर्कन्थे ।

एकदिन मनमनै सोचे कति टाढैबाट मन बुझाउनु अब त कुरा पनि अगाडि बढाउनु पर्यो यहि सोच्दै म उ संग बोल्ने बाहानमा उ गेट नजिकै  आइरहेको बेलामा एकदम भलादमिका साथ उसको अगाडि गए भने "तिमी यहि पढ्छेयौ ।" उसले सिधा प्रस्नको जवाफममा भनी " नाइ म त यहाँ जगिङ गर्न आउछु बिहान बिहान।ड्रेस लगाएको देख्दैनौ ।" अनि मनमनै सोचे गलत प्रस्न सोधेछु र फेरि सम्मालिएर भने "मैले त्यसो भन्न खोजेको हैन" ।उसका साथिहरु पनि उसंगै थिए उनिहरु खै के के भनी खित्का छाड्न थाले र  गेटभित्र छिरे । म भने तिर निशानामा नलागेकोले दिक्क मान्दै कोठातिर फर्के कोठामा मसंगै बस्ने भाइलाई सबै कुरा भने ।भाई  मेरो कुरा सुनेर मरिमरी हास्न थाल्यो । म भने चुपचाप बसिरहे । अनि उसले भन्यो "एकैपटकमा हार मान्ने हो त फेरि ट्राई गर्नुहोस् "। फेरि ट्राई गर्नुहोस् यो कुराले कता कता मनमा आश जागेर आयो। भोलिपल्ट म फेरि त्यसरी नै पिके क्याम्पस गेट छेउमा उसको प्रतीक्षामा बस्ने निधो गरे। र बिहान बिहान पिके क्याम्पस तिर लागे।तर अचम्म! भोलिपल्ट जब म पिके छेउ के पुगेको थिए त्यहाँ त म भन्दा पहिले नै उ त्यहाँ आइसकेकि रहिछ  अनि मलाई के गरु,कसो गरु भयो तर उ नै मेरो अगाडि आएर भनी "आइम सरि मैले हिजो त्यसरी तिमिसंग रियाक्ट गर्नु हुदैनथ्यो"अनि त के थियो र मेरो भाउ बढिहाल्यो र मैले भने "इट्स ओक तर हर्जना भर्नु पर्छ नि"तर उ फेरि आगो भई र भनी "ह्वाट" म भने म सम्मालिनु पर्ने भयो अनि कुरा मिलाएर भने " हामी साथी बन्न सक्छौ"! अनि उसले भनी "नाम मिरा थापा,क्याम्पस हजुरलाई थाहा छदैछ समाजशाश्त्रको दोस्रो बर्सको बिध्यार्थी ।" उसले सबै कुरा एकै पटकमा भनेकी थिइ अब पालो  मेरो थियो । " म प्रेम बस्नेत,नेपाल ल क्याम्पस तेस्रो बर्सको बिध्यार्थी " किन किन त्यतिबेला इन्भारोमेट साइन्स सकेर जब गर्दैछु भन्ने कुरा उसलाई भन्नै मन लागेन ।कहिलेकाही झगडा गर्नु पर्यो भने उ यहि कुरा पहिला निकाल्छे ।

बिस्तारै बिस्तारै कुरा हुन थाल्यो अनि भेटघाट बढ्न थाल्यो अनि प्रेम पनि, प्रेम मेरो तर्फबाट मात्र थियो ।उ मसंग प्रेम गर्छे गर्दिन यो जान्न मलाई धेरै समय लाग्यो,साच्चै भन्यौ भने मलाई उसंग प्रेम प्रस्ताव राख्नै अप्ठ्यारो लाग्थ्यो,सोच्थे मेरो कुराले उ दुखी भई भने। बल्ल बल्ल जोडेको साथिको नाता पनि तोडि भने यहि कुराले म साह्रै पिरोलिन्थे र पछि हट्थे किनकि उसको सामिप्यता मलाई ज्यादै प्यारो लाग्थ्यो । रातभर उसंग फोनमा कुरा गर्नु दिनमा अफिसमा हुँदा पनि उसंगको कल्पनामा हराउनु मेरो दिनचर्या हुनथालेको थियो ।त्यसैले पनि एकदिन शुभसाइत पारेर उसलाई आफ्नो मनको भन्ने निधो गरि उसलाई मनको कुरा भने । उसले सुनी मात्र ।केही रियाक्ट गरिन बरु भनी "एउटा केटाले केटीलाई मन पराउनु स्वभाविक हो "। अनि मैले भने "तिमिले भन्न खोजेको के हो ?"  उसले भनी" तिमिले जे सुनेयौ,भोलि अरुकोही भेट्छौ उसलाई मन पराउछौ इट्स नर्मल ।" मलाई त्यतिबेला अचम्म पनि लाग्यो र रिस पनि उठ्यो अरुको फिलिङ्लाई उ कसरी यति हल्का रुपमा लिन सक्छे ।तर उसले लिएकी थिइ । उसलाई म केही भन्थे उ त त्यहाँ बाट अलप भइसकेकि थिई ।


त्यसपछि को केही समय हामिबिच फोन हुन, भेटघाट हुन कम भयो अझ भनौ हुनै छोड्यो ।एकदिन यस्तै शुक्रबार थियो भोलिपल्ट बिदाको दिन भएकाले अफिसको काम सबै सक्नु पर्ने थियो। त्यसैले पनि अलिबेर अफिसमा बसि काम गर्दै थिए मोबाइलको घण्टी बज्यो अचम्म फोन उसैको थियो । फोन उठाएर म केही बोल्थे उहीँ बोली र भनी "म तिमिलाई भेट्न चाहन्छु यहि ठाउँमा जहाँ हामि अन्तिम पटक भेटेका थियौ"।र फोन राखी ।म भने सोचेको सोचेइ भए।एक मनले मलाई नजाउ जस्तो लागेको हैन तर उसले फोनमा यो पनि भनेकी थिइ कि तिमिलाई तिम्रो प्रेमको कसम,त्यसैपनि म गए । उ उसैगरी मेरो प्रतीक्षामा उभिएकी थिइ जस्तो कि मैले पहिले पटक देख्दाखेरी उहीँ कम्मरमा लर्किएको लामो कपाल,ओठमा रातो लिपिस्तिट,आखामा कालो गाजल अनि यो पटक भने पिके क्याम्पसको सारिमा हैन, रातो कुर्तिमा कालो प्याइट लगाएकी थिइ । रिसाए पनि मनमनै सोचे रातो ड्रेसमा खुब खुल्ने रहेछ मोरिलाई अनि यतिका दिनपछि भेट्दा पनि न हाल खबर,न सन्चो बिसन्चो मैले एकैपटक रिसाए झै गरि सोधे "फेरि के सुनाउनलाई बोलायौ"! तर उसले सान्त स्वारमा भनी "म डिभोर्सी हु।अर्थात तलाकसुदा ।"

उसको जबाफले हाम्रो वरिपरि एक किसिमको मौनता छायो।त्यसपछि न उ केही बोली न म केही बोले। एकछिन पछ्यात मौनता तोड्दै उ नै बोली "के भयो किन चुपचाप छौ" अब  बोल्ने पालो मेरो थियो ।मैले भने "बस यति नै हो तिम्रो कुरा"। अनि उसले भनी "के अझै पनि तिमि मसंग प्रेम गर्छौ।म संगको संसारको कल्पना गर्छौ।" उसलाई के थाहा म उसलाई कति प्रेम गर्थे । उसको प्रेम पाउन म उसमा भएका सारा कमिकमजोरी सहजै नजर अन्दाज गर्न सक्ने यो बस डिभोर्सको कुरा थियो। मन मिल्दैन भने एकाअर्कासंग सगै बसिरन जरुरी छैन्,आफ्नो स्वतन्त्रता प्रयोग गर्न पाउने अधिकार सबैलाई छ र उ कहाँ अरुभन्दा भिन्न छे र । हुन्छन् सबैका आ-आफ्ना तितामिठा अतीत,सबैका अतीत मिठा नै हुनुपर्छ जरुरी छैन ।उसका अतीत तिता थिए। बस मलाई उसको सुन्दर भबिस्य हुनु थियो ।त्यसैले मैले सहजै भने म तिमिसंग प्रेम गर्छु मिरा मलाई तिम्रो अतितसंग कुनै बास्ता छैन् ।म तिम्रो पहिलो प्रेमी बन्न सकिन यसमा पनि कुनै अपशोच छैन। मलाई तिम्रो पहिलो हैन,अन्तिम प्रेम बन्नु छ।तिमिलाई अनन्त काल सम्म प्रेम गर्नु छ।के तिमिलाई म अनन्त कालसम्म प्रेम गर्न सक्छु।अनि उसले आखाका आँसु पुछ्दै मुस्कुराएर टाउको हल्लाई र भनी म पनि तिमिलाई प्रेम गर्छु प्रेम। त्यो दिनदेखी जब पहिलाे पटक हामी भेटेका थियौ त्यसैले त तिमिभन्दा पहिले म तिम्रो प्रतीक्षामा बसेकी थिए पिके गेटछेउ।


उसलाई अंगालोमा बेर्दै मनमनै सोचे मोरि त म भन्दा पनि अगाडि रहिछे प्रेमको मामिला। र त्यसको केही समय पछ्यात हामी लगनगाठोमा बाधिएयौ र उ मेरि पहिली श्रीमती भई अनि म उसको दोस्रो श्रीमान .....।।

No comments:

Post a Comment

उप्रेतीको “अन्तर्य एक सङ्घर्षशील जीवनको कथा” मा घोत्लिदा

  लामोसमयपछि पुस्तकका बारेमा शब्दहरु कोर्दै छु। कहीलेकाहीँ सोच्छु कैयौं पुस्तकहरु पढिसके। अब होस् पढ्दिन । फेरि जब कुनै नयाँ पुस्तक हातमा र...