म तिमिलाई प्रेम गरिहन्छु
चाहे सात समुन्द्र पारी जाउ तिमी
चाहे हरेक मोडमा एक्लै छोड तिमी
तर म तिमिलाई प्रेम गरिरहन्छु,
बुझ्दिन म प्राप्तिका अभिलाषाहरु
मान्दिन म पाउनै पर्छ भन्ने रितहरु
बस म तिमिलाई प्रेम गरिहहन्छु,
तिम्रा प्रेमका परिधिहरु जान्दिन म
बिना म मण्डप सजाउछौ भने पनि
केही भन्निन म
बस म तिमिलाई प्रेम गरिहहन्छु,
आफुलाई कृष्ण ठानी गोपिनी घुमाउदै हिड्छौ
भने पनि मलाई कुनै डाहा छैन
बस म त हु राधा जस्तै सधै सधै कृष्णलाई
प्रेम गरिरहने
हो, त्यसैले पनि म तिमिलाई प्रेम गरिरहन्छु,
एकपलको समागममा नै अन्त्य किन नहोस् मेरो प्रेमको
तर म तिमिलाई प्रेम गरिरहन्छु युगौंयुगसम्म प्रीयतम !!
No comments:
Post a Comment