एकदिन
काठमाडौको बेस्त जिन्दगी अफिस रुम,रुम अफिस यहाँ अरुको बारेमा सोच्ने,अरुलाई हेर्ने फुर्सद नै कहाँ छ र
मान्छेहरूसंग। मलाई पनि कहिलेकाही त लाग्छ म पनि काठमाडौ जस्तै भएकिछु साह्रै
बेस्त। त्यसैले पनि सोचे भो आज एकदिन अफिस जादिन कति मरिमरी काम गर्नु जति काम
गरेपनी यस्तै हो । बरु घुम्छु एकदिन रिफ्रेस हुन्छ ।त्यसैले पनि एकदीन बहाना
बनाएरै अफिसबाट बिदा लिए। अनि बिहानिको काम सके र खाना खाइवरी म घुम्न निस्के।
साथिलाई फोन गरे उ पनि निर्धारित समयमा आइपुगी हामी आफुलाई मन पर्ने र मन लागेका
ठाउँ घुमेयौ । मन लागेका चिजहरु सपिङ गरेयौ अनि बेलुका छ बजेतिर साथीसंग छुट्टिए म
। सोचे एकछीन यतैकतै बस्छु दिनभर हिडेकाले पनि होला अलि थकाई लागेको थियो । अनि बानेश्वरको
पिपलबोट तिर गएर के बसे कि थिए ।
एकजना पुरानो साथी देखे उनी पनि
त्यहाँ आएकी रहेछिन् । मैले बोलाए यतिधेरै समय पछि भेट्दा चिन्छिन् कि चिन्दैनिन्
भन्ने लागेको थियो तर उनले एकैपटकमा चिनिन् कत्ती खुशि लाग्यो । उनसंग छुटेको
यस्तै दुइचार बर्ष भएको
थियो । एउटै सहरमा भेटेर एउटै सहरमा छुटेका हामी एउटै सहरमा हुदा पनि भेट हुदैनथ्यो
। त्यसैले त म भन्छु काठमाडौ साह्रै ब्यस्त छ ।यतिका बर्षपछी भेट्दा उनिसंग धेरै
कुरा गर्न मन थियो । तर साझ परेकाले धेरै कुरा गर्न पाइन हालखबर मात्र सोधे र छुटिए
म ।जब उनिसँग छुट्टिएर आए ।
अनि सम्झिए ति दिन जति बेला
हामिसँगै एउटै होस्टेलमा बस्थेयौ। उनि साह्रै संघर्षशिल थिन् ।उनको जिन्दगि कुनै
मर्माहित कथा भन्दा कम थिएन । त्यसैले पनि छुटिएपछिको उनको भोगाई सोध्न मन लागेको
थियो,जान्न मन लागेको थियो ।
उनी साह्रै हसिली थिन । जति दुख भए पनि,जति पिडा भए पनि उनी दुखी भएको मैले कहिल्यै देखिन उनि सधै
मुस्कुराइ रहन्थिन् त्यसैले पनि म कहिलेकाही उनिलाई यतिकै यतिकै भनिदिन्थे:
“इतना क्यों मुस्करा रहे हो
क्या गम है जो तुम छुपा रहे हो” !!
उनी अझ मुस्कुराएर भन्थिन तिमी
हुदाहुदै मलाई के पीडा हुन सक्छ र !एकदिन मैले सोधेको थिए उनि मुस्कुराउनु कारण
अर्थात उनको बास्तबिक पिडा उनले गहभरि आसु पार्दै आफ्नो बिगत भनेकि थिन्।जब उनका
कुरा सुने मलाई लाग्यो किन साधेछु,किन खोतलेछु उनको बिगत किनकि उनका कुराले मेरो मन मष्तिक दुबै
हल्लाएको थियो ।
बास्तबमा अनि आफ्नै बाट पिडित
रहेछिन्,आफ्नैबाट शोषित भएकि
रहेछिन् । म सानो छदा सुनेकि थिए । यौन दुव्यवहार हुन्छ, हिंसा हुन्छ र यो सबैभन्दा बढि
आफ्नै बाट हुन्छ । त्यतिबेला सोच्थे यस्तो कसरी हुनसक्छ । आफ्नै बाट पनि कोहि कसरी
पीडित हुन सक्छ । आफ्ना त रक्षक पो हुन्छन् कसरी ती भक्षक बन्सक्छन् । तर जब उनका
कुरा सुने उनका बारेमा थाहा पाए म झस्किए ।उनकी आमा उनी सानो छदा संसार छाड्नु
भएको रहेछ । त्यसैले उनका बाले दोस्रो बिहे गर्नु भएछ। उनलाई त उनको आमाको अनुहार
पनि याद छैन रे ।
सानि आमालाई
आमा भन्दै हुर्किछिन् । उनकि सानी आमाका भाइ अर्थात उनका सैतेला मामा भनौदा उनका
घरमा अक्सर आइरहदा रहेछन् ।उनकालागि कहिले चक्लेट कहिले बिस्कुट बोकेर । पहिला
पहिला त चक्लेट बिस्कुट देखेर उनि खुशि हुदिरहेछिन्।यसको बदलामा ति मामा काहिले
उनको गाला मुसार्ने त कहिले ओठ टोक्ने गर्दा रहेछन् । पहिला पहिला त उनलाई के
भैरहेको छ थाहै नहुने रहेछ तर बिस्तारै बिस्तारै समयले उनिमाथी उमेर थप्दै गएपछि
उनलाई थाहा हुनथालेछ ।
थाहा
भएपछि के गर्नु ,कसो गर्नु भएछ उनलाई तर उनी के नै गर्न सक्थिन र । आमालाई भनु
भने आमा तलाई तेरो बैँस धेरै भएको हो भन्ने,बाबू आमाको कुरा काट्न नसक्ने अनि मामाको त्यस्तो ब्यावहार
दिन प्रतिदिन झन झन बढ्दै
थियो ।यस्तो अबस्थामा कयौँ पटक त उनले आत्महत्याको प्रयास पनि गरिछिन् तर मर्न पनि त दिन लेखेर ल्याउन पर्छ क्यार
!कालले पनि पत्ताएन उनलाई अनि उनले अठोट गरिन घर छोडेर हिड्ने । घर त छोडेर हिड्ने
तर कहाँ जाने,कता जाने,उनलाई बाहिर कतै थाहा छैन ।
त्यतिकैमा गाउँकि एकजना समाजशेबि दिदिलाई
भेटिछिन् र उनैको मदतले उनि काठमाडौ सम्म आइपुगेकि रहेछिन्।
तर काठमाडौ पनि उनले सोचे जस्तो
कहाँ सजिलो थियो र उनी काठमाडौ त आइपुगिन तर खानलाई बस्नलाइ समस्या त्यस्तै ।काम
खोज्न गयो मान्छेहरू गिद्दे नजरले डाम्ने। काम भन्दा पहिले मान्छेका नजर उनको शरीर
तिर पर्ने। रात बिताए पछि मात्र जागिर अनि अरु सुबिधा दिने कुरा गर्ने। यस्तो बेला
त उनलाई किन गाउँ छोडेछु भन्ने पनि नभएको हैन। तर उनले हिम्मत हारिनन्न उनी आफ्नो
अस्तित्व रक्षा गर्नलाई गाउँ छोडेकी थिन । यहाँ आफ्नो अस्तित्व बेच्ने पक्षमा
उनिथिनन् बरु भोकै बस्न,अभाबसंग
जुध्न उनी तयार भइछिन त्यसै क्रममा होस्टेल बस्न आईपुगेकि रहेछिन र हाम्रो मेरो
भेट भएको रहेछ ।
म सोच्थे संसारमा दुख मलाई मात्र छ
।दुखी म मात्र छु ।मेरा मात्र समस्या ठुला छन् ।मैले मात्र संघर्ष गर्नु परेको छ
तर जब ती साथिका कुरा सुने तिनिको बिगत र बर्तमान लाई केलाए। तब मैले आफुलाई
भाग्यमानी ठाने।कमसेकम म यस्तो पिडामा त परेकि छैन। यौन शोषण हाम्रै अगाडि पछाडी
कति भैरहेका हुन्छन् । जानेर होस या नजानेर । हामी यस्तै त हो भनेर छोडिन्छौ आवाज
उठाउन डराउछौ,यात इज्जतको नाममा पछाडि
हट्छौ । यौन शोषण अरु बाट भन्दा पनि आफ्नै बाट भरहेको हुन्छ। हाम्रो समाजमा,हाम्रो घरमा अनि काम गर्ने अफिसमा
पनि शोशित भैरहेका हुन्छौ । तर आवाज उठाउन डराउछौ त्यसैले महिला यौन हिंसासंग झन
झन हाम्रो माझ जरा गाडेर बस्न सफल भएको छ।त्यसैले महिला यौन हिंसासंग डटेर लडौ आफू
र आफु जस्तै लाखौं नारिलाई यौन हिसां बाट बचउ र बचाउ जय नारी!जय नेपाल !!
यस्तै सोच्दा सोच्दै म कति बेला
रुम आईपुगेछु पत्तै पाईन ।एक्कासि मोबाएलको घण्टि बज्दा पो झस्संग भए ।कस्को फोन
रहेछ भनेर हेरे अन्नोन नम्बर थियो ।फोन नउठाई म रुम भित्र पसे ।
No comments:
Post a Comment