Yamunathapablog

Thursday, April 12, 2018

मेरो देश नेपाल

मेरो देश नेपाल 

जहाँ कोइलीकि कुहुकुहुले
कापल पाकेको सन्देश 
ल्याउँछ
त्यो हो मेरो देश,

जहाँ हिमाल गुराँसको रंगले 
आफ्नो सिउदो रंगाउछ अनि 
पहाड तराइलाई तन्ना झै लपेटेर 
हरियाली छर्छ
त्यो हो मेरो देश,

जहाँ आजपनी सीता र भृकुटीको 
गुणगान गाइन्छ,जनक र बुद्धको
ज्ञानको छनक पाइन्छ
त्यो हो मेरो देश,

जहाँ बाट आखिझ्यालले संसार चिहाउन 
सकिन्छ अनि रोधिघरको आगनिमा 
एकाअर्काको दुखसुख हासोखुशि साटिन्छ 
त्यो हो मेरो देश,


जसले नौरंगी डाफे र मुनालको सौर्न्दर्य  
बोकेको छ अनि जहाँ पाइला पाइला स्वर्गको 
आभास पाइन्छ
त्यो हो मेरो देश ,मेरो देश नेपाल! 
नेपाल !! नेपाल !!!

No comments:

Post a Comment

उप्रेतीको “अन्तर्य एक सङ्घर्षशील जीवनको कथा” मा घोत्लिदा

  लामोसमयपछि पुस्तकका बारेमा शब्दहरु कोर्दै छु। कहीलेकाहीँ सोच्छु कैयौं पुस्तकहरु पढिसके। अब होस् पढ्दिन । फेरि जब कुनै नयाँ पुस्तक हातमा र...