प्रियतम तिमी जहाँ भएपनि मेरा
नजरले तिमीलाई पछ्याइ रहनेछन् चाहे नजरले होस् चाहे मनले, साच्चै
भन्नू पर्दा मनले हेर्न साह्रै सजिलो छ मायालु नजरले त कहिलेकाही धोका पनि दिन्छन् मनले
हेर्नलाई केहि गर्नै पर्दैन बस आँखा बन्द गरे पुग्छ ।
समयले समयलाई
बदलि दिने रहेछ। तिमी मैले टुटेर चाहेको मान्छे थियौ, तिमी मेरो चाहाना पनि थियौ तर मलाई यत्ती
विश्वास छ अब म आफ्नो लागि जस्तो मान्छे चाहन्छु त्यो तिमी पक्कै हुनेछैनौ। तिमी, तिम्रा
याद सबै सबै याद छन्, र याद
रहिरहनेछन् तर अब म तिमीलाई सझिने
छैन, तिमीलाई याद गर्ने पनि छैन, किनकि
म प्रेमसंग घृणा गर्दिन म प्रेमसंग प्रेम गर्छु औधी प्रेम। अझै पनि कहिल्यै
नरंगकेका रंगमा रंगीन मन छ, दुखका रंगमा सम्मालिएर खुशिका रंग समेट्न
मन छ, प्रेम आफ्नै लागि मात्र कहाँ गरिन्छ र मायालु प्रेमको पहिलो
सर्त भनेको नै आफुलाई मेटाइदिनु हुन्छ। मेरो बदलाप
लाई तिमी नराम्रो नमान्नु तर
रित्तिएका आँखामा म तिमीलाई
सपना बनाएर फेरि उसै गरि सजाउन सक्दिन, प्रेम गर्ने
हृदयलाई मैले कठोर पत्थरसँग
बेचिसकेछु म प्रेमको मुल
फेरि उसैगरी फुटाउन सक्दिन, हिजो तक्दिर साथ थियो तिमी थिएनौ आज तिमी
छौ तक्दिर साथ छैन ... त्यसैले त प्रीयतम म यसलाई फेरि पनि तक्दिर नै भनिरहेकी
छु।मन पराउने मान्छे आफ्ना हुन्छन् भनेर सोच्नु जति ठूलो भ्रम केही रहेनछ किनकि नजरलाई
त प्रत्येक फूल सुन्दर लागीदिन्छन्।
यस्तो लाग्छ
प्रेम इज्जत हो, इज्जतसँगै
प्रेम पनि हुन्छ त्यसैले त मलाई प्रेम गर्नेहरु भन्दा इज्जत गर्नेहरु साह्रै
सुन्दर लाग्छन्।
मलाई तिम्रो याद नआउने हैन, बस तिमीलाई याद गर्न मन लाग्दैन
...किनकि यादहरुले कहिले पो मान्छेलाई खुशी दिएका छन् र, कहिले
पो उनीहरुका आँसु पुछेका छन् र! थाहा छ कुनै समय रहर, चाहाना
सबै सबै तिमी थियौ मेरो लागि अब त मलाई आफैसंग पनि केही चाहिदैन, रहर
चाहाना त परै जाओस् अब त मलाई जरुरत पनि धेरै मुस्किलले पर्छ।सुनेको थिए “शिद्दतका
साथ माग्यो भने सबैथोक पुग्छ रे” तर मलाई विश्वास लाग्दैन, मेरा
हरेक प्रार्थनामा तिमी हुन्थ्यौ तर सबैभन्दा टाढा पनि तिमी नै भयौ, त्यसैले
पनि अब माग्न मन लाग्दैन।
थाहा छ
फूल्नेहरुसँग झर्नुको मूल्य
नसोध्नु रे तिमीले सोचेभन्दा कैयौं गुना मुल्यवान हुन्छन् रे ती किनकी ती अनमोल
हुन्छन् रे अब तिमी आफै भन अनमोल कुराको कहि मूल्य हुन्छ ! अब फेरि नसोध्नु तिमी
मोहोब्बत सकिन्छ कि सकिदैन भनेर मोहोब्बत त पलपल बढ्छ छोडेर
जानेहरुले यो अन्दाजा लाउछन् कि मोबोबब्त सकियो होला तर यो अन्दाजा कदापी लगाउन
सक्दैनन् कि कति मोबोबब्त बढ्यो भनेर, सकिएको मोबोबब्त
त म भन्न सक्दिन तर बढेको महोबब्तको कुरा म ठोकुवा गरेर भन्न सक्छु। यति प्रेम त
मैले प्रेममा हुदा पनि महसुस गरेकि थिन जति प्रेमको महसुस छुटेपछि गरे ।प्रतीक्षाको
कुरा त तिमी नगर नै म अझै प्रतीक्षामा छु। म चाहान्छु जब तिमी आउदाँसम्म म कुशल मङ्गल रहुँ।
ताकी तिम्रो भेट
जिउदो प्रेमसँग होस् थाहा छ
तिमीसँग प्रेम भएको थाहा पाउँदा म कति
मुस्कुराएकि थिए।अनि त्यही एक मुस्कानले तिमीलाई म बाट सदा सदा टाढा बनाइदिएको थियो। तिमीले छोडेर गएपछि म सोच्थे
"म जिँउदो किन छु, म किन
मरिन....यस्तै यस्तै" मैले
तिमिसँग प्रेम नगरु पलपल कोसिस गरे ,जति
कोसिस गरे पनि म हार्दै गए, आफैसँग हारे।जब आफैसँग
हार्दै गइन्छ दुनियाँ जितेको महत्त्व नहुने रहेछ अझ म दुनियाँ जित्न निक्लेकी रे।जाबो
आफ्नै मसँग हार्ने केटि म
के दुनियाँ जित्न सक्थे
र!
मलाई थाहा छ मेरो
प्रतीक्षाको एकदिन सकिनेछ। तिमी अवश्य फर्किने छौ जब तिमी फर्किने छौ यी शब्दहरू तिमीसँग हुनेछन् बस म हुनेछैन यो नसोच्नु मैले तिमीलाई, तिमी
मलाई छोडेर गयौ भनेर सजाए दिए, मैले पलपल गरेको प्रेम र तड्पिएको
क्षणको अगाडि तिमीले जिन्दगीभर गरेको पश्चायाताप पनि कम पर्ने छ।
मान्छेहरु प्रेम
गर्छन्, छोड्छन्, प्रेममा
कसैले पाउछन् कसैले पाउदैनन् यी सामान्य कुरा हुन तर प्रेमलाई आफूमा जिउदोँ राखेर स्वयम मर्दै जानु कुनै आम कुरा हैन बस प्रेम गरिरहनु, गरिरहनु अनि प्रतीक्षामा सास सकिनु प्रेम
नसकिनु आम कुरा हैन ..साच्चै मैले प्रेमसँग
प्रेम नै गरे औधी प्रेम तर तिमीले मलाई बाध्य बनायौ म त्यो प्रेमसँग प्रेम नगरु माफ गर मैले प्रेमसँग प्रेम नगर्नु भन्दा आफुलाई नै मेटाई दिनु सहि सम्झे ।#नीला
मनले सोचेको
कुरा ....
यहाँ प्रेम गर्न मनाहि छ, मान्छेहरु प्रेममा शंखा गर्छन्, सवाल गर्छन् तर जवाफ सुन्ने धर्यैता कहाँ छ मान्छेहरुसँग, प्रेमलाई प्रेमसरि ग्रहण गरौ, अह कोहि भन्दैनन् यहाँ बस सबैलाई नाफा नोक्सानको चिन्ता छ मिल्ने भए मान्छेहरु मुटु झिकेर लाखौमा किन बेच गर्थेहोला तर मुटुको धड्कनमा मान्छेको बस कहाँ छ र। त्यसैले लाग्छ जब प्रेमलाई दाँज्न थालिन्छ प्रेमको अपमान हुदैछ कि, किनकि कहिल्यै कसैले कसैलाई गर्न्ने प्रेम एकनास हुदैन यदी प्रेम एकनास हुन्थ्यो भने किन मान्छेहरु आमा र प्रेमिका बिच फरक छुट्याइ हिड्थे होला र! किन एकपछी अर्को गर्दै प्रेमको तलासमा भौतारिन्थे होला र!
साच्चै मनको
दुरिले फरक नपार्नेलाई सामाजिक दुरिले के फरक पर्थ्यो होला र है ......
हामी सोच्छौ धेरै
सम्बन्धले खुशी दिन्छन् हामी सधै यहि भ्रममा हुन्छौं, तर एकदिन भ्रम टुट्छ खुशी टुट्छन् अनि, अनि
जिंदगी पनि सकिन्छ।मान्छेहरु सुन्दरताको पछि भाग्छन्, सुन्दरतालाई
आफ्नो आँचलमा लुकाउन
खोज्छन् जुनलाई सुन्दरताको पर्यवाची मान्छन् । मलाई जुनभन्दा पनि त्यो जुनको दागसँग प्रेम छ, जसले
जुनलाई वास्तबमा सुन्दर बनाएको हुन्छ, जुनको सुन्दरतालाई पुर्ण बनाएको हुन्छ।बादलको घुम्टो ओढेको
जुन भन्दा बिना घुम्टोको जुन नै मलाई सुन्दर लाग्छ। आखिर सुन्दरता भन्नू नै के हो
र नजरै पिच्छेको हेराइ
अनि मस्तिष्कको विश्लेषण न हो। कहिलेकाही भुलेर जानेहरु पनि साह्रै सम्झनामा आउछन्
जुन शब्दमा अभिव्यक्त सकिदैन, तर
सम्झना मात्र पनि त सबथोक हैन हामीले सम्झेको कुरा भुलेर जानेहरुले कहाँ थाहा पनि पाउछन् र! साच्चै यदि के थाहा
पाएको भए फर्केर आउथे होला तिनीहरु...कहिलेकाही जिंदगी यस्तै कुरामा रुमलिन खोज्छ
तर समय कहाँ जिंगदीलाइ अल्झिन दिन्छ र समयलाई त सधै हतार हुन्छ टिकटिक गरेर
दौडिनलाई ..... ।
मनले महसुस गरेको
कुरा, आँखालाई राम्रो लागेको सबै कुरा मनलाई राम्रो लाग्छ भन्ने
हुदैन तर जब मनलाई राम्रो लाग्छ आँखाले
स्वयम् ती कुरालाई राम्रो मान्न थाल्छ .. जीवनका
कयौं मोडहरु यस्ता हुन्छन् जसलाई भोग्दै जाँदा अझ
अझ सुन्दर बन्दै जान्छन् प्रेमिल हुँदै जान्छन् ।
मान्छेहरु
प्रेमलाई प्राप्ति पछि पुर्ण ठान्छन्, खुशी ठान्छन् तिमीलाई पाएको भए
म पाउनुको खुशि बताउन सक्थे, तिमीलाई
गुमाएको भए गुमाउनुको पीडा जाहेर गर्थे, तिमीलाई पाउनु नपाउनु उस्तै थियो मेरो लागि म पाउनु र
गुमाउनुमा विश्वास राख्नेहरुमा पर्दिनथे म त केबल प्रेममा विश्वास गर्नेहरुमा
पर्छु र मेरोलागी प्रेम त्याग र प्राप्ती मात्र हैन खुशी पनि हो। एकअर्काको खुशी
.......
साँच्चै जब
मान्छेहरु पहिलो पाईला नै बिर्सन्छ्न्, तब खै के महत्त्व
राख्छ होला त्यो आखिरी पाइलाले, जित्नेहरु किन बिर्सन्छन् कसैको
हारपछी उनीहरुले त्यो जीत हासिल गरेका हुन भनेर, मान्छेलाई
जहिले अगाडि बढ्ने हतार हुन्छ कसमेकम एकछिन सुस्ताएर सोचोउन् त सहि उनिहरुले त्यो
हतारोमा कति किम्ती चिजहरु पछाडि छुटाएका छन् भनेर .... ।
#नीला
सुन्दर भाव
ReplyDeleteधन्यवाद !
Delete