Yamunathapablog

Saturday, July 25, 2020

“नो मिन्स नो” पिलिज


नो मिन्स नो नै हुन्छ भन्ने कुरा बुझ्न हाम्रो समाजलाई अझ कयौं वर्ष लाग्ने छ सायद युग नै लाग्छ कि जस्तो लाग्छ ।

म कहिलेकाही सोच्छु हामीले गर्ने कुरा र हामीले देखाउने व्यवहार कति फरक हुन्छ। अरुको त के कुरा हिजोअस्ति मात्र बजारमा आएको सोफिया थापाको गीतमाथी जुनको खालको टिकाटिप्पणि भयो प्रतिक्रिया आयो, यसले हामी सबै सोच्न बाध्य बनायो अझ भनौ एक किसिमको गम्भिर बहसको माहोल नै छायो। जसलाई बचाउ गर्नको लागि पक्ष बिपक्ष नै खडा भयो।अझ पनि बचाउ पक्षहरु बचाउका लागि आवाज उठाउदै छन्, अनि आलोचक पक्षलाई आलोचना गरेर पुगेछैन।एकछिन गम्भिर सोचौ त के यो यति धेरै रोइलो गर्नु पर्ने विषय हो त? अनि एउटा सामान्य गीतमा यति धेरै रोइलो किन? के अब "नाइँ" भन्नै नपाइने हो त। यो सब पछि हामीले कस्तो खालको स्वतन्त्रतालाई आत्मसात गरिरहेका रहेछौ त भन्ने कुराको सवाल उठ्दैछ। समाज कसरी विकास हुँदै रहेछ।समाजमा कस्तो खालको ट्रेन बस्दै रहेछ त यी कुराहरु एकाएक गरेर छर्लङ्ग हुँदै छन् अब, जसलाई गम्भीर भएर सोच्नु हामि सबैका लागि अपरिहार्य भएको छ

धर्म कै कुरा गर्यौ भने धर्मले जहिले पनि सहिष्णुता सिकाउछ, अनुशासन र मानव कल्याणको कुरा गर्छ। मैले कहिल्यै कुनै धर्मग्रन्थमा भेटेकी छैन कि कुनै एउटा कुरामात्र सर्वमान्य हुन्छ भनेर धर्मले सबैलाई बराबरी छौ, हौ र रहने छौ भन्ने सिकाएको छहो।हिजोका दिनहरुमा अशिक्षा, गरिबी ब्यापत थियो स्रोत साधनको पहुच थिएन मान्छेहरु सहि गलतको मझधारमा थिए।आज समाज परिवर्तित छ, मान्छेहरु आफ्नो स्वस्थ जीवन र सभ्य समाजको विषयमा गम्भिर भएर लगनका साथ सोचिरहेका छन्।भने तीजको व्रत बस्दिन, खुट्टा धोएर पानी खादिन भन्नू कुन गलत कुरा हो, कहाँनेर धर्मको बेइज्जत गर्नु हो, कहाँनेर धर्मलाई खलल पुर्‍याउनु हो।यो कुरा मैले कयौं पटक सोच्दा पनि बुझ्न सकिरहेकि छैन।

मानव सभ्य प्राणि हो।समाजमा सभ्य प्राणी बस्छन् भनेर बारम्बार हामीलाई बच्चादेखि नै पढाइन्छ, अझ भनौ रट्टा मार्न नै लगाइन्छ। के त्यसो भए हामीले यो कुरा पढ्नलाई मात्र पढेयौ त। व्यवहारमा लागि गर्नु पर्ने कुनै आवश्यक नै छैन त यदी मान्छे साच्चिकै सभ्य प्राणी हो भने किन यस्ता सामान्य विषयमा पनि अरुको अस्तित्वमा नै खलहल हुने गरि हमाल गर्न पुग्छ र सभ्यताका सारा बाध फुटाइदिन्छ।

अचम्म लाग्छ धर्मको खोल ओडेर कोहि कसरी यति घटिया बन्न सक्छ, यति नराम्रो गर्न सक्छ। धर्मको पुजारी हु! भन्नेले, धर्मको रक्षक हु भनेर दावा गर्नेले के एउटी नारीको इज्जत गर्नु पर्दन कि धर्ममा नारीको इज्जत पनि गर्नु हुँदैन भनेर लेखेको छ। नारीको इज्जत समस्त सृष्टिको इज्जत हो भनेर कहिले बुझ्छन् होला धर्मको रखवाली गर्नेहरुले।
धर्म संस्कृतको कुरा एकातिर राखेर एकदमै सामान्य भएर सोचौ कहाँनेर धर्मको बिरोध गरेको छ सोफियाको गीतले। आफूलाई के सहि लाग्छ के गलत लाग्छ त्यो आफ्नो कुरा होम यसो गर्दिन भन्न मज्जाले पाइन्छ र त्यो कुरा अरुलाई मन परे अरुले पनि फलो गर्न मज्जाले पाउछन्। रहयो मन नपर्नेहरुको कुरा मन नपराउन पनि पाइन्छ तर मन परेन भन्दैमा कसैको सोचमाथी नै प्रतिबन्ध लगाउनु कहाँको न्याय हो। यसै त देशमा न्याय हराएको झै भएको छ, न्याय मरेको झै भएको छ अझ हाम्रो छुद्रो र असभ्य व्यवहारले न्यायको इज्जतको तमासा बनाउन कति उचित होला यसतर्फ किन सोच्दैनन् मान्छेहरु।

अझ हाम्रो समाजका मान्छेहरू "डबल स्ट्यान्डर्ड" को कुरा गर्न कत्ती पछि हट्दैनन्।चोकमा, चिया पसलमा, चौतारी गफमा बसेर आनन्दले  लैङ्गकि समानताका ठूला ठूला कुरा गर्छन्, धर्मको जयजयकार गर्छन् जब यही कुरा वास्तविकतामा निभाउनु पर्ने समय आउँछ अनि सुरु हुन्छ धर्मले यसो गर्नु हुदैन भन्छ, उसो गर्नु हुदैन भन्छ धर्म कै नाममा मान्छेलाई गिराउने खेल बढो आन्नदले खेलिन्छ अनि तालि पिट्दै आन्नद लिन थाल्छन्।के यो सब पनि धर्मले गर भन्छ त।धर्मले केही राम्रा कुरा पनि गर्नुपर्छ भनेको होला यसतर्फ मान्छेहरुको समाजको ध्यान किन जादैन।खै यस्ता कुरालाई मान्छेले अनुशरण गरेको।

तीजमा व्रत बस्नु नबस्नु आफ्नो मनको कुरा होला तर खुट्टा धोएर पानी खानु सहि होइन।धर्मको नाममा हुने कुसंस्कार र कुरितिलाई परिसकृत गर्दै जानू आवश्यक छ, आउदो पिडिहरु यस्ता कुसंस्कार र कुरितिका सिकार नबनुन त्यो हाम्रो आजका पुस्ताको जिम्मेवारी हो। रह्यो चुरा पोते र सोह्र शृङ्गारको कुरा। पहिलो कुरा महिलाहरु यसै त दास बनाइन्छन् र दोस्रो दुखको कुरा महिलाहरु दास बनेको पत्तो पाउदैनन् ।

यसै त सदियौ देखि धर्मको नाममा दास बनिरहेका छन् महिलाहरू, अर्कोतिर पुँजीले महिलाहरुलाई यसरि गलाउदै लगेको छ कि यसको चङ्गुलमा जकेटिका  महिलाहरु चाहेर पनि यसको पन्जाबाट फुत्किन सकिरहेका छैनन्। त्यसैले हामी महिला आफूले पनि आँखा उघार्न जरुरी छ, चिहाएर र यो पुँजिपतीको बजार बुझ्न आवश्यक छ, धर्मको भारीलाई एकातिर राखेर सोच्न जरुरी छ कि हामी कहाँ कति र कसरी प्रयोग भइरहेका छौ भनेर, र आफूलाई यो सबैबाट बाहिर निकाल्न हामी आफैले कम्मर कसेर लाग्नु पर्छ।किनकि यहाँ कोहि हाम्रो मसिया छैन न शुभचिन्तक नै छन् हाम्रो।छन् त केवल हाम्रो लागि कदम कदममा जाल फिजाउनेहरु,सर्प झै डस्नेहरु।त्यसैले फेरि पनी सोफियाका यि शब्दलाई आत्मसात गर्दैः-
अबको तीज, नो व्रत प्लिज
नो खुट्टाको पानी
रङ्गीबिरङ्गी चुरा र साडी, गहनाको भारी
गुडियाजस्तै सजिएर नखाने दर हामी
आफूलाई मन नमरेको कुरालाई "नो" भन्न सक्नु पर्छ।र कुनै धर्मका रखवालाहरु यो अधिकार छैन कि कसैको स्वतन्त्रता माथी नै बन्देज लगाउन अब खबरदार! नो शब्दका विरोधिहरु किनकि "नो" शब्द को अभ्यास सुरु भइसकेको छ र आगामिक दिनहरु यो शब्दको अभ्यास अझ बढी हुनेछ।


1 comment:

उप्रेतीको “अन्तर्य एक सङ्घर्षशील जीवनको कथा” मा घोत्लिदा

  लामोसमयपछि पुस्तकका बारेमा शब्दहरु कोर्दै छु। कहीलेकाहीँ सोच्छु कैयौं पुस्तकहरु पढिसके। अब होस् पढ्दिन । फेरि जब कुनै नयाँ पुस्तक हातमा र...