Yamunathapablog

Sunday, July 26, 2020

"सिल्भर जुव्ली" अर्थात पच्चीस औ वर्ष

प्यारी
तिमीलाई तिम्रो पच्चीस औ जन्मदिनको धेरै धेरै शुभकामना। तिमीले तिम्रो जिन्दगीको पच्चीस औ वसन्त पार गर्दै छौ जुन तिम्रो सम्पुर्ण जिन्दगीको एक चौथाई हो। जहाँबाट तिमी तिम्रो जिन्दगीको महत्त्वपूर्ण समयमा प्रवेश गर्दै छौ जसबाट तिम्रो भविस्यको थालनी हुदैछ। अबको सुरु हुने तिम्रो सम्पुर्ण जीवन भविस्य मात्र हो अब तिमीले गर्ने हरेक काम भविस्यको लागि भनेर हुनैछैनन् । तिमी स्वयंम तिम्रो भविस्यको संघारमा उभिएर भविस्यसंगै यात्रा गर्ने छौ 

अबको तिम्रो जीवन तिम्रो लागी मात्र नभएर सम्पुर्णको लागि हुनुपर्छ । तिमीले गर्ने हरेक कामले तिम्रो वरपर रहेका मान्छेहरुलाई प्रभावित पार्ने छ। सबैले तिमीलाई आशाको प्रतिबिम्ब मानेर हेर्नेछन् त्यतिबेला तिमी कसैलाई निराश नतुल्याउनु ।यो जन्मदिन तिम्रो जिन्दगीको महत्त्वपूर्ण जन्मदिनको हो । जसको लागि तिमीले आफ्नो जिन्दगीको चौबीस वर्ष प्रतीक्षामा बिताएकी छौ जसलाई "सिल्भर जुव्ली" पनि भन्छन् ।  यो यस्तो खास समय हो जुन जिन्दगीको खास समयमा मात्र जिन्दगीमा आउँछ जीउन पाइन्छ, अनुभव गर्न पाइन्छ।

त्यसैले पनि अबको आगामिक दिनहरुमा तिम्रो कलम अझ चल्नु पर्छ र तिनीहरुको लागि चल्नुपर्छ जसलाई साच्चिकै तिम्रो कलमको जरुरत छ। तिम्रा हात ती मानव समुदायका लागि अघि सर्नु पर्छ जसलाई तिम्रा हातहरुको खाँचो छ । प्रीयसी जीवन के हो? जीवन कस्तो हुनुपर्छ? के का लागि हुनुपर्छ? यो सब मैले तिमीलाई भनी राख्नु पर्दैन, न सिकाउनु पर्छ। तिमीले जीवनको एउटा कठिन पहेलि सुल्झाइ सकेकी छौ र त्यसबाट धेरै कुरा सिकिसकेकी पनि छौ । सिकेका कुरा सिकेको ठाउँलाई फर्काउनु पर्ने समय अब तिम्रो सुरु हुँदै छ । तिमी यो नसोच्नु तिमीले दिनु मात्र पर्छ कि, त्यसो हैन "तिमीले जतिधेरै दिनसक्छौ त्यति नै धेरै पाउछौ" पनि यो संसारको रीत हो तर खै किन हो आजको मानव समुदाय यो कुरालाई आत्मसात गर्न नै तयार छैन त्यसैले त मुठ्ठी कसेर बसेको छ। 

त्यसैले पनि होस् अरुको कुरा गर्नु व्यर्थ छ ।

जीवनमा अनेकौं कसौटिहरु आउछन्, जुन समय अनुसार फरक फरक हुन्छन्। तिमी नआत्तिएर ती कसौटी पार गर्दै जानू। मेरो साथ र सहयोग तिमीलाई जीवनको रहेक पलमा हरेक क्षणमा रहिराख्ने छ ।सिमित प्रलोभनमा परेर आफूलाई लक्ष्य देखि, मानव धर्म देखि बिमुक कहिल्यै नगराउनु, किनकि संसारको ठूलो धर्म भने कै मानव धर्म हो। हामी मानव समुदायका प्राणी हौ मानव कल्याण हाम्रो दायित्व हो। 

हुना त तिमीलाई लाग्ला मैले जीवनमा आफ्नै लागि केही गरेकि छैन अरुका अपेक्षा कसरी पूरा गर्छु । प्यारी यहाँ आफ्नो भन्ने केही हुदैन सबै एकाअर्कासँग जोडीएको हुन्छ । हामी सबै एकाअर्काका परिपुरक हौ त्यसैले प्यारी तिमी कहिँ कतै पनि स्वार्थी नबन्नु कहिँ कतै पनि मत्लबी नबन्नु तिमी साह्रै प्यारी छौ यस्तै हुनु सधै सरल र सादा ।

यहाँ मान्छेहरुले मन पराउने भने कै सरल सादा चिज हुन । रङ्गीबिरङ्गी त बस केही पललाई मात्र हुन। मान्छे चरीत्र देखि भगवानलाई चढाउने फूल समेत सादा रोज्छ सेतो रोज्छ।

प्यारी आमाको त्याग कहिल्यै नबिर्सिनु, भाइबहिनीको प्रेमलाई कहिल्यै नझुट्ल्याउनु, दु:खमा साथा दिने साथिको अपमान कहिल्यै नगर्नु। जिन्दगीमा ती मान्छे आफ्ना हैनन् जसले तिमीलाई उज्यालोमा मैनबत्ती दिन्छन्, आफ्ना मान्छे ती हुन जसले अध्यारोमा टुकि बनेर साथ निभाउछन्। तिमीलाई तिम्रो पच्चीस औ जन्मदिनमा दिने उपहार भने कै यी अक्षरका दाना हुन प्यारी जुन तिम्रो हरेक पलमा साथ निभाइराख्ने छन् बस तिमी यीसँग खेल्न नछोड्नु यिनको सानिध्यता बाट पर नछुट्नु। अक्षर नै यस्तो हतियार हो जसले तिमीलाई जिन्दगीको हरेक कसौटिबाट पार लगाउने छ।

साच्चै प्यारी तिमीलाई स्वतन्त्रतासँग औधी प्रेम छ। यो प्रेम सदा सदा यस्तै रहिरहोस्। जिन्दगीमा अरुको प्रेम भन्दा पनि आफ्नो प्रेम आफ्नो लागि सदा रहिरनु पर्छ। आफ्नो कुरा आउँदा आफूलाई केन्द्रविन्दुना राखेर हरेक कुराको निर्णय लिनु पर्छ र मलाई आशा छ तिमी यी सम्पुर्ण कुरालाई मनन गरेर जिन्दगीमा अगाडि बढिरहने छौ। अगाडि बढ्नु नै जिन्दगीको नियति हो। पछाडि तब मात्र फर्कनु जब जिन्दगीलाई सम्झेर गर्व गर्न सक्ने अबस्थामा पुग्ने छौ नभए जिन्दगीको यात्रामा सरिक भइराख्नु किनकि जिन्दगी गतिशील छ अनि सफलता यात्रा मात्र हो।

मेरी प्यारी, मेरी नीला मलाई तिमी निलो गगनना प्रकाश बनेर चम्केको हेर्ने चाहाना छ, यो संसाररुपि बगैंचामा फूल बनेर सुगन्ध छरेको हेर्ने चाहाना छ । तिम्रा हातहरु मानव कल्याणको निम्ति उठोस् यो कामना छ।

अन्त्यमा यी शब्दको जन्मदाता को हो भन्ने लाग्ला तिमीलाई यी शब्द तिमीभित्र कि "म" को हो अर्थात तिमीसंगै धड्किने तिम्रै अंश को हो, तिम्रो आत्माको हो। र फेरि पनि तिम्रा सम्पुर्ण सपनाहरुले सुन्दर उडान भरुन तिमीलाई तिम्रो पच्चीस औ जन्मदिनको अजम्बरी शुभकामना प्यारी💕💕

तिमीलाई माया गर्ने तिम्रो अंश अर्थात तिमीभित्रको "म" !!


No comments:

Post a Comment

उप्रेतीको “अन्तर्य एक सङ्घर्षशील जीवनको कथा” मा घोत्लिदा

  लामोसमयपछि पुस्तकका बारेमा शब्दहरु कोर्दै छु। कहीलेकाहीँ सोच्छु कैयौं पुस्तकहरु पढिसके। अब होस् पढ्दिन । फेरि जब कुनै नयाँ पुस्तक हातमा र...