Yamunathapablog

Monday, June 15, 2020

सम्झनामा असार


जब जब असारको महिना सुरु हुन्छ। पानीका साना थोपाहरु झरिमा बदलिन्छन् अनि झरि मुसलधारे वर्षामा।त्यसपछि सुरु हुन्छ हामि सबैलाई मन पर्ने याम वर्षातको याम।किन किन यो यामसंगै ममा असारको चमक छाउन थाल्छ। असारको महिनाले मुहारमा आउने आभाको जस्तो चमक अरु कहा पाउन सकिला र खै! वर्षौ अघी रोपाइँको दिनमा हुने त्यो लोभलाग्दो चहलपहल  यी दिनहरुमा कहाँ पाईन्छन् र।अझ मुसलधारे वर्षाको चक्र सुरु भएपछि त, यी दिनको रुमानी सम्झना थामी नसक्नु हुन्छ।अनि म आफुलाई जगजित सिङको हिन्दु उर्दु गजल "वह कागज की कश्ती वह बारिश का पानी" तिर आफुलाई अव्यस्त बनाउन थाल्छु।

ओहो! रातभरको त्यो घनघोर वर्षापछी सुरु हुने रोपाइँको त्यो चहलपहल।बाझो खनेर धान रोप्न  ठिक्क पारिएका खेतका गह्राहरु।पर्म लाउने र तिर्नेको त्यो चर्काचर्की रोपार र बाउसेको चटारो।नारिएका दुई चार हल गोरुहरु।रोप्ने ठाउँ तयार नहुदै दिनभरलाई पुग्ने बीउ उखेलि क्ने हतारमा रहेका ब्याडेहरुको खैलाबैला।बिहानै खेतालालाई चिया खाजाको ब्यवस्थापन मा भान्साकोठा भित्र चिसा दाउरा झोसिरहेकी आमा।सारा खेतको जिम्मामा गोरु र हलोको पछि दौडिरहेका बाबा।कसलाई नै फुर्सद हुन्योथियो र त्यतिबेला ।


हामी केटाकेटीलाई त फुर्सद हुदैन्थ्यो।पानी पर्न सुरु गरेपछी असार एक देखि नै स्कुलको बर्खे बिदा सुरु हुन्थ्यो।अनि हामी पनि ठुलाको सिको गर्दै गह्राको वल्लो छेउबाटै रोपाई सुरु गर्थियौ हाम्र पनि आफ्नै रोपार बाउसे हुन्थे। धमिलो पानीमा भेलपसेर बौलाएको कुलोमा डुबुल्की मार्दाको मज्जा उफ कहाँ बयान हुन्छन् र ती शब्दहरुमा ... जब जब असारको महिना आउँछ म यसै गरि गाउमा बितिएका असारे स्मृति चित्रहरुको भेलमा हेलिन पुग्छु।

वर्षाताको पानीमा रुझ्दा, वर्षातको पानीलाई हातमा राखि अन्चुलीमारेर आफुले मागेको सारा कुरा आकाशसम्म पुग्छन् र सारा संसारले सुन्छ भगवानले पनि सुन्छन् र सारा इच्छा चाहाना पूरा हुन्छन् भन्ने विश्वासका साथ आफ्ना सारा कुरा एकै सास भनिन्थ्यो र आकासमा पुगेको अनि  भगवानले सुनेकोमा गमक्क परिन्थ्यो।

यो असारको महिना, यो झरि, यो बर्षाताले फेरि तिनै दिनलाई आज ताजा बनाएर अगाडि ल्याएको छ।साच्चै जबजब बिगतका सुन्दर दिनहरु फेरि एकपटक आफ्नो अगाडि आउछन् त्यो पलहरुलाई बाच्न मन लाग्ने रहेछ।यादहरुलाई फेरि समेट्न मन लाग्ने रहेछ अङ्गालो भरेर ..

मलाई अझै याद छ रोप्न नजान्ने म आमासंग रोपाइ जानलाई कति जिद्दी गर्थे।आमा घरबाट निस्केपछि आमासंग लुक्दै लुक्दै उहाँको पछिपछि खेतसम्मै पुग्थे।त्यो हिलाम्मे खेतमा आकासबाट वर्षेको झरि तलदेखी माथिसम्म वल्लो खेत देखि पल्लो खेतसम्म हरियो बीउ छ्याप छ्याप गर्दै हिडिरहेका रोपार बाउसेहरु ..यस्तो लाग्छ त्यही दृश्य होला संसारको सुन्दर दृश्य जसलाई देख्न पाउँदा आखाले पनि गर्वको  गर्छन्

कृषिप्रधान देशमा जन्मिएका हामी माटोको सुगन्धले हामीलाई यसै यसै आफुतिर तान्छ, माटोसंग मन लागुन्जेल खेल्न पाउँदा हामीमा खुशिको नौलो रुप देखिन्छ।रोपारले गाउने त्यो भाका आहा! सुन्दा पनि कति आनन्द आउँथ्यो।मानो रोपेर मुरि भित्राउने सपना मान्छेका आखाहारुमा सहजै नजर आउछन् यो समयमा।

आज पनि झरिको सुगन्धले मलाई आफुतिर खिचिहाल्छ।आज पनि झरिले मलाई मेरै खेत तिर बोलाइरहेको भान हुन्छ। राजधानीको सानो कोठाको झ्याल बाट उडेर मेरो मन कयौं पटक मेरो त्यो हिलाम्मे खेतमा पुगेको छ। हिलोमा लतपतिएर एक हातमा धानको बीउ राखेर र अर्को हातले धान रोपेको छ धान रोप्दै गर्दा वल्लो पल्लो घरका काकिहरुले जिस्काएको अनि गाला रातो भएको अहिले जस्तै लाग्छ। अनि अनायासै आफ्नै गाला छाम्न पुग्छु

राजधानी लकडाउनले थलिको छ।उता गाउका खेतहरु वर्षाको झरिले उत्पात खुशी भएइरहेका होलान्।मान्छेका ओठहरुमा मुस्कान छाएको होला।दिनहरु साच्चै साह्रै छिट्टै बित्छन्।आमासंग जिद्दी गरेको हिजो जस्तो लाग्छ, पानिको कुलोमा डुबुल्कि मारेको हिजो जस्तो लाग्छ तर आज तिनै दिन सम्झेर म ति दिनलाई बाच्न खोज्दै छु

घर छोडेसंगै धेरै धेरै कुरा छुट्दै जाने रहेछन्।अनि जिंदगीले महसुस गराइदिने रहेछ पाएको कुराभन्दा कयौं महत्त्वपूर्ण हुन्छन् छुटेका कुरा, जसलाई फेरि कहिल्यै चाहेर पनि पाउन सकिदैन।अनि रहरहरु रहरमा नै सिमित भजान्छन् भनेरयादहरुको कस्तिमा आज पनि हिलाम्मे खेत उसै गरि मुस्कुराइ रहेको छ।रोपार बाउसेहरुको उत्साह उस्तै छ।उमंग उस्तै छ। हिलोले रंगीएका गुन्यु चोली सुन्दर छन्।हरियो धानको बिउले सजिएका हात जो बिछट्टै सुन्दर लाग्थे ती सब उस्तै छन्।हिलो खेल्ने साथि उस्तै छन्।

कहिलेकाही राजधानीले कति कुरा दियो भन्दा पनि कति कुरा लुट्यो त्यो हिसाबकिताब गर्न मन लाग्छ।कति सुन्दर यादलाई कुरुप बनाइ दियो त्यतातिर मन जान्छभन्छन् बितेका कुरा धेरै याद गर्यो भने यसले खुशी भन्दा बढी पीडा दिन्छ रे त्यसैले ती याद देखि मुख मोड्नै पर्छ र वर्तमानसंग सम्झौता गर्नै पर्छ। मान्छे बाच्ने भनेकै वर्तमानमा त हो नि बिगत र भविस्य त कहाँ मान्छेका हातमा छन् र।होला राजधानीले दिएको ठुला ठुला कुरा तर ती यादमा बसेका दिनले यी ठुला कुराको निभ राखेका थि जुन चाहे पनि बदल्न सकिँदैन न बिर्सिन नै सकिन्छन्यादहरु नै यस्ता कुरा हुन जो सम्झना र बिर्सना दुबैका सुन्दर हिस्सेदार हुन्छन्।भन्ने हो भने मान्छेलाई उसका यादले जिउदो राखेक हुन्छ।दुखले बाच्न सिकाएको हुन्छ।

हिजो देखि राजधानिको आकाश वर्षिरहेको छ अनि मन आफैलाई पत्तो नदिइ उकालिको खेततिर भागिसकेको छ।त्यहि उत्साहका साथ त्यहि उमंगका साथ ...गुनगुनाउदै
छुपु र छुपु हिलोमा धान रोपेरै छोडौँला
बनाई कुलो लगाई पानी आएर गोडोला


No comments:

Post a Comment

उप्रेतीको “अन्तर्य एक सङ्घर्षशील जीवनको कथा” मा घोत्लिदा

  लामोसमयपछि पुस्तकका बारेमा शब्दहरु कोर्दै छु। कहीलेकाहीँ सोच्छु कैयौं पुस्तकहरु पढिसके। अब होस् पढ्दिन । फेरि जब कुनै नयाँ पुस्तक हातमा र...