
गीतामा भनिएको छ "जे भयो
राम्रैका लागि भयो, जे हुन्छ राम्रैका लागि हुन्छ र जे
हुनेछ त्यो पनि राम्रैका लागि हुनेछ"।अहिकेको समयमा यो कुरा समय सान्दर्भिक
भएको छ।एकाएक विश्व टक्क रोकिएको छ।जो जहाँ छ त्यही हुन बाध्य छ।एकातिर प्रकृतिलाई
चुनौती दिने मानिस छ अनि अर्कोतिर आखाँको नजरमा सम्म नआउने
भाइरस छ जसले संसारलाई जहाँको त्यही सिमित
गरिदिएको छ। सम्पुर्ण मानव समुदाय घरभित्र त्यो पनी एक्लै बसेर बाँच्नको निम्त सङ्गर्ष
गरिहेको छ। पैसाको पछि भागेर नसक्के मानीस, आज उसलाई न पैसासंग मत्लब छ न राम्रो
लाउनसंग मत्लब छ, न मीठो खाना
संग नै बस यो समयमा उसलाई बाँच्नु छ । हिजो मन्दिरमा दान
गरेर नथाक्नेहरु आज अस्पताल नभएकोमा गुनासो गर्दैछन्।हिजो भगवान पुजेर नथाक्नेहरु
आज मठ मन्दिर, चर्च, गुम्बा, मस्तिक बन्द गरेर डाक्टर र नर्सको
अगाडि शिर झुकाउन विवस छ्न्।
यो समयलाई हेर्दा यस्तो लाग्छ प्रकृतिले
आफ्नो लागि नितान्त आफ्नो लागि समय लिएको छ।सारा मानव जाती कोठामा बन्द भएको वेला
प्रकृति मुस्कुराउदै स्वतन्त्र भएर डुल्दैछ। नदिहरु बेपर्वाह बन्न चाहन्थे
बगिरहेका छन्, चराहरु स्वतन्त्र भएर उड्न चाहान्थे
उडिरहेका छन्, फूलहरु फूल्न चाहन्थे फूलिरहेका छन्, प्रकृति
चाहन्थ्यो मानव समुदाय कहि टक्क अडियोस् र आज भएको पनि त्यही छ सम्पुर्ण विश्व
अडिएयो छ जहाँको त्यही।
आफ्ना सुख सुबिधाको अगाडि मानिसले
कहिल्यै प्रकृति माथी दया गरेन।नदिको चाललाई बदल्न खोज्ने मानिस आज आफै अडिन बाध्य
छ।चरा र जनावरलाई पिजडामा बन्द गरेर मनोरञ्जन लिने मानिस आज आफै आफ्नै घरमा कैद भएर
बसेको छ।फूलहरुलाई मन्दिरमा अर्पेर आफ्नो भाग्य माग्ने मानिस आज माक्स र पन्जाको
लागि भौताइरहेको छ ।के यो विनास मात्र हो त? यो
त मानव समुदायको निम्ति एउटा परिक्षा हो अनि चेतावनी पनि हो। धर्तीले कतिसम्म बोज धानेर सकोस्।प्रकृति जति नै नम्र
भएपनी मानिसले कहिल्यै प्रकृतिको आदर गरेन, न
कहिल्यै प्रकृतिलाई पुज्यो नै ।सधै मानीसलाई हतार भयो प्रकृतिलाई
लुछन्।प्रकृतिमाथी विजय हासिल गर्न।मानिसले प्रकृतिलाई सधै आफ्नो सुख सुबिधाको लागी प्रयोग
गर्ने भाडो बनायो।
आफ्नो अथाह धन सम्पतिले संसार किन्न
सक्ने मानीस आज आफ्नैको लास उठाउनलाई अर्को मानिस किन्न सकेको छैन्।यहाँसम्म कि आफैलाई
जल्नको लागी चितासम्मको जमिन छैन।
मान्छेले बुझेछ सायद पैसाले जिन्दगी किन्न सकिँदैन त्यसैले त पैसा बाटोमा छरेर छाति पिटि पिटि रुदै कराउदै छ।
कसैलाई थाहा छैन प्रकृतिले यो
विश्वको कस्तो प्रारब्ध लेख्दैछ, थाहा छैन आउनेदिनहरुमा मृत्युलाई
अङ्गालेनहरु महान हुनेछन् कि, मृत्युलाई जीतेर बाच्नेहरु .... अब
सबै कुरा कहाँ मनुष्यको हातमा रहयो र बस यो त प्रकृतिको महान घोषणा हो जुन
इतिहासले आउने दिनहरुमा यो समयलाई आफ्ना पानाहरुमा सुनौला अक्षरले सजाउनेछ ।
हो मानव समुदाय नष्ट हुदा आज सारा
विश्व दुखिरहेको छ। विज्ञानको चमत्कारमा विशिष्टता
हासिल गरेका युरोप अमेरिका जस्ता मुलुकहरु नै यो दुखको भागीदार धेरै बनिरहेका
छ्न्।तर किन यो कहर यिनै मुलुकहरु माथि मात्र
कि प्रकृतिका सबैभन्दा ठुला दुश्मन यिनै थिए ।कतै सुनेको थिए "विकासका लागि विनास आवश्यक छ र विकतिस राष्ट्रले
त्यही रणनीतिलाई आत्मसात गरेका थिए।" यो सब मेरो भ्रम होस् तर अहिलेको समयमा
झट्ट हेर्दा देखिन्छ पनि त्यस्तै ।त्यसैले पनि हाम्रो जस्तो विकासशिल राष्ट्रले
सोच्ने वेला आएको छ। पाठ सिक्ने प्रशस्त समय पाएको छ। अबको बाटो के र कस्तो हुनेछ
ऊसको लागी।अन्तरीक्षमा बस्ती बसाएर प्रकृतिलाई चकित तुल्लायौ भन्नेहरु आज धर्तिमा
भएकालाई बचाउन सकिरहेका छैन ।मानव अधिकारका पाठ
पढाउदै हिड्नेहरु आज आफै कसलाई उपचार गर्ने कसलाई उपचार नगर्ने भन्ने दोधारमा छन् ।
हिजोसम्म धर्मको गुणगान गाएर
नथाक्नेहरु आज बुझ्दैछन्।यहाँ बाँच्नलाई मन्दिरको घण्टी बजाउने हैन बरु
साबुनपानीले हात धुनुपर्ने रैछ। जताततै फोहोर र प्रदुषण
गरेर आफुलाई स्वस्थ्य राखेको भ्रम
मानवबाट टुट्दै गएको छ ।त्यसैले त सरकार पनि चोक चोकको फोहोर सफा गर्दैमा ब्यस्त
देखिन्छ।यस्तो सोच्दा लाग्छ जिन्दगी जति रहस्यमय छ त्यति नै
भ्रमित पनि छ, हामी एकातिर कर्मको कुरा गरिरहेका
हुन्छौं अर्कोतिर भाग्य हाम्रै अगाडिबाट आफु हुनुको प्रमाण छोडेर गइदिन्छ।
आज राष्ट्रिय अन्तर्राष्ट्रिय उडान
रोकिका छन् तर नायल र अमेजन नदि शान्त भएर आफ्नै धुनमा
बगिरहेका रहेकाछन् ।मानिसहरु आफ्नो घरमा आफै बन्दी भएर बन्द भएका छन् तर पंछि र
जिबजन्तुहरु स्वतन्त्र भएर
बनपाखामा घुमिरहेका छन्। आकाशमा
उडिरहेका छन्।फूलको सौर्न्दर्यता अझ निखारिएको छ। आज मन्दिर, चर्च, गुम्बा
र मस्तिष्कमा तारा झुन्डिएका छन् तर अस्पतालहरु खुल्ला छन्। गंगा र बिष्नुमती अझ पबित्र भएका छन्।
हिजोका दिनमा रहरले एक्लै बस्ने
मानिस आज बाध्य छ एक्लै बस्न।हिजो युरोप र अमेरिका भनेर नथाक्नेहरु आज बल्ल बुज्दै
आफ्नो गाँउको महत्व।विदेशबाट फर्केकाहरुलाई हिजोका दिनसम्म फूलमालाले स्वागत गर्ने
चलन हाम्रै गाँउघरमा व्याप्त थियो।आज विदेशबाट फर्केकाहरु देख्ने बित्तिकै
मान्छेहरु भयवित र त्रसित हुन थाल्छन्।
आज सम्पुर्ण विश्व लकडाउन भएको
छ।छोराछोरिले बाबु चिन्ने मौका पाएका छन्।कतिले आफ्नो अनुहार ऐनामा हेर्ने समय
पाएका छन्।शहरका मानीसले छिमेकि चिन्ने मौका पाएका छन्।युरोप र अमेरिकाको सिको
गर्नेले बुझ्दैछन् शिक्षित हुनु मात्र ठुलो कुरा हैन व्यवहारीक शिक्षित हुनु ठुलो
कुरा हो अनि विश्वले मुल्याङ्क गर्दै छ अबको विश्वले कुन बाटो रोज्ने छ- चिनको
जस्तो समाजबाद या अमेरिकाको जस्तो पुँजिबाद ।
विश्वको
यो बिध्वंस देखिसकेपछी, प्रकृतिको
यो खेल बुझिसकेपछि, समयको
यो नयाँ आरम्भ हो भन्ने कुराको संकेत पाईसकेपछि के यति पर्याप्त छैन र मनिसले
सिक्नको लागी, प्रकृतिको चेतावनीलाई बुझ्नको लागि? कि अझ यो भन्दा ठूलो विनाशलाई
पर्खेर बस्ने हो यो मानव समुदायले यो स्वयम् मानव
समुदायको हातमा छ।
No comments:
Post a Comment