असिमित प्रेमका भाकासहित यि नजरमा प्रतीक्षा छ तिम्रो
तिम्रा झुकिरहेका नजरमा जवाफ छ त्यो दिलमा तस्बिर छ मेरो,
जमानाको कुन रितमा अल्झियौ तिमि जान्दिन म
बेपर्वाह भन्छु साँच्चै तिमि बिना बेपर्वाह छु म,
तिमिसंग छ बेचैनी त तिमिसंगै छ चैन मेरो
तिम्रा झुकिरहेका नजरमा जवाफ छ त्यो दिलमा तस्बिर छ मेरो,
तिमिले मेरो मनको प्रेम बुझेयौ कहिल्यै
त्यसैले त हाम्रो प्रेम मात्र मेरो प्रेम भयो सधैं,
केही थिएन म तिम्रो लागी तर दुनियाँ
थियौ तिमि मेरो
तिम्रा झुकिरहेका नजरमा जवाफ छ त्यो दिलमा तस्बिर छ मेरो,
कोसिस गरेकै हुंँ मैले फुकाउने सम्बन्धका ती गाठोहरु
तर सकिन भुल्न मैले तिम्रा ती बेमल्तबका इल्जामहरु,
बिर्सेयौ तिमिले तर अझै तिम्रो नाममा धड्किन्छ मुटु
मेरो
तिम्रा झुकिरहेका नजरमा जवाफ छ त्यो दिलमा तस्बिर छ मेरो,
कयौं पल बितिसक्दा पनि सोच्छु कतै फर्किन्छौ कि तिमी
फेरि सम्झाउछु मनलाई कहिल्यै साँचो नहुने झुट थियौ तिमी,
असिमित प्रेमका भाकासहित यि नजरमा प्रतीक्षा छ तिम्रो
तिम्रा झुकिरहेका नजरमा जवाफ छ त्यो दिलमा तस्बिर छ मेरो।।
Wow! Nice lines. ❤️
ReplyDeleteThak u 😊😊
DeleteThis comment has been removed by the author.
ReplyDelete