Yamunathapablog

Tuesday, April 7, 2020

मानव

तिमी त साह्रै मजबुत मान्छे
तिम्रो खाँचो छ यति वेला
ती कमजोर आँखामा साहस भर
ती दुखी मनमा विश्वास भर
ती मर्दै गरेका सपनामा उत्साह भर,

बताऊ उनीहरुलाई
सूर्यको किरण उस्तै छ
फूलहरु उसै गरी मुस्कुराइ रहेका छन्
चराहरु उसै गरी उत्साह बोकेर गाइरहेका छन्,

समय सधैँ उस्तै कहाँ रहन्छ र!
यो समय जसरी आएको छ
उसै गरी बितिजाने छ,

नपत्याए आफैलाई महसुस गरेर हेर
तिमीले देख्ने सपनाको रङ्ग उस्तै छ आज रङ्गीन,
हिजो जस्तै
फूलहरुको सुगन्ध उस्तै छ आज मिठो,
हिजो जस्तै 
चराहरुको गीत उस्तै छ आज मधुर,
हिजो जस्तै

तर नबिर्स!
तिमी मानव हौ अनि 
सङ्घर्ष तिम्रो नियति

यहाँ हार पनि तिमीसँगै छ 
अनि जित पनि तिमीसँगै छ,
समयको यो चुनौतीलाई स्विकार्दै
यो भयावह र विकराल परिस्थितिसँग
धैर्य र विश्वासले लडेर
तिमीले इतिहासलाई नयाँ साक्षी दिन्छौ या दिँदैनौ
त्यो तिम्रो हातमा छ-मानव।।


No comments:

Post a Comment

उप्रेतीको “अन्तर्य एक सङ्घर्षशील जीवनको कथा” मा घोत्लिदा

  लामोसमयपछि पुस्तकका बारेमा शब्दहरु कोर्दै छु। कहीलेकाहीँ सोच्छु कैयौं पुस्तकहरु पढिसके। अब होस् पढ्दिन । फेरि जब कुनै नयाँ पुस्तक हातमा र...