भो फेरि न आउनु तिमी फूूष्प गुच्छाहरु बोकेर
पत्र पत्र बनाएर मेरो बाटो सजाउने अभिलाषा बोकेर,
हिजो सपना र उमंगमा हराउने नयनमा आज बिरान झाङिएको छ
हिजो फूल, पात र पंछिको पछि भाग्ने मन आज पत्थर भएको छ,
कसैको दुखमा आँसु रोक्न नसक्ने यी नयन
कसैको पीडा आफ्नो खुशी बलिदान गर्ने यो मन,
आज कोमलतासंग नात छुटेको झै गर्छ
हिजो फूल फूल्ने बगैंचा
आज पत्झर भएका छन्
हिजो सपना नाच्ने नयन आज केबल खोबिल्टा भएका छन्,
समयसंगै मेरो बदलापलाई,
मेरो निरश र उजाडपनलाई
के तिमि आत्मसात गर्न सक्छौ र फेरि
यी सबैको दोषी आफुलाई माथि
पुन रंग छर्न सक्छौ र म माथी
तिमि
यदि सक्छौ भने मात्र आउनु तिमी
उहीँ हृदयको बाटो गरि ... !!

No comments:
Post a Comment