बालदिबस र रिता
एकाबिहानै साउको घरमा
रेडियो बज्छ र भन्छ
आज बालदिबस देशभर विभिन्न कार्यक्रम
गरेर मनाइदै छ,
अनि साएब कराउछ
ए का मरिस ! छिटो चिया लिएर आ
मलाइ बाल अधिकारको कार्यक्रममा
जान ढिला भैसक्यो,
उ हतार हतार चिया टक्राउछे साउको अगाडि
र साएब भन्छ आज बाल दिबस
मैले घरमा मान्छे बोलाएको छु छलफलको लागि
घर र भाडा राम्ररी सफा गर्नु
अनि खाना राम्रो बनाउनु,
घरमा छलफल हुन्छ
,बेलुन उडाइन्छ बाल अधिकारका नाउमा,
र
उ १३ बर्सकी रिता घरी झुठा भाडा घरी
उडिरहेको बेलुन तिर हेर्दै
तप्प आसुका थोपा झुठा भाडामा खसाल्दै भन्छे
आज बाल दिबस,बाल दिबस,बाल दिबस !!!
Yamunathapablog
Thursday, September 14, 2017
Subscribe to:
Post Comments (Atom)
प्रेमको झरी
सागर भेट्न आकास छोडेका यि पानीका थोपाहरु कयौं जीवनमा जीवन थप्दै हिडेका छन् फेरि कयौं जीवन आफैमा सिमित गरिदिएका छन म यी पानीका थोपामा जी...
-
हाम्रो नेपाली समाजमा जब छोरिहरुको उमेरले बिसौ वसन्त पार गर्छ।अनि सुरु हुन्छ छरछिमेक , आफन्त नातागोता सबैको चियो चर्चो।हिजोसम्म को हो ?...
-
लामो समयको बाहिर बसाई पछि म यतिबेला आफ्नो गाउँमा आइपुगेगिछु । अझै भनौ नेपालमा चलिरहेको दोस्रो लकडाउनमा म आफ्नो घर आगनमा छु । लकडाउनले सहर ब...
No comments:
Post a Comment