सभ्य समाज
हाम्रो देश नेपाल
संसार कै सुन्दर देशमध्य एकमा पर्दछ। यहाँका संस्कार र संस्कृति पनि त्यति नै
राम्रा र प्यारा छन् तर बाहिर हेर्नलाई जति राम्रा र सुन्दर देखिए पनि यहाँ भित्रको
समाज र संस्कार कुसंस्कृती भित्र नराम्रो तरिकाले जकटिएको छ । हेर्नलाइ जति सभ्य र
भलादमी देखिन्छ त्यही नै फोहोरी र हिंस्रक पनि छ । यो कुरा बुझ्नलाई र देख्न लाई
धेरै टाढा जानै पर्दैन। हाम्रो देशको तराइ मधेसलाई नजिक बाट हेर्ने हो भने त्यहाँ
प्रत्येक दिन दाइजो नल्याएको आरोपमा एउटि बुहारि घरपरिवारबाट आगोमा जलाइएर मर्छे
या त परिवारको कुटपिट अनि दिन प्रतिदिनको मानसिक यातनालाई सहन नसकेर आत्महत्या
गर्न बाध्य हुन्छे।उ यस्तो समाजमा बस्न बाध्य भएकी हुन्छे,जहाँ महिलाको
स्थान घरमा पालेको पशु सहर पनि छैन ।त्यस्तो छ हाम्रो सुन्दर देखिने समाजको
बास्तबिकता ।
अनि अर्कोतिर मध्य
पश्चिम र सुदुर पश्चिमका समाजलाई हेर्ने हो भने त्यहाँ हरेक महिना एउटि छोरी, एउटि बुहारी
छाउ बार्नु पर्ने र छाउगोठको घिनलाग्दो परम्पराले मर्न बाध्य हुन्छे । शरिरमा आउने
परिवर्तन र नयाँ जिबनको आरम्भ हो, रजस्वला तर यहि कुरालाइ हाम्रो समाजले बुझेर
पनि बुझ्न नसक्दा र पचाउन नसक्दा सुदुर पश्चिमका अधिकांश छोरि बुहारिहरुले अकालमा
नै ज्यान गुमाउनु परेको घटना दिन प्रतिदिन आजका पत्रपत्रीकाको मसालेदार तर
लज्जास्पद समाचार बनिरहेको छन्।यसतर्फ हामी कहिले सतर्क हुने अनि यस्ता कुरालाई
कसरी न्युनिकरण गर्ने। हुदाँहुदाँ अब त हाम्रो समाजमा छुवाछुतको प्रभाब पनि यति
धेरै बढेको छ कि छुवाछुतको कारण आमा सरि महिलाको ज्यान लिन पनि पछि पर्दैन समाज ।हामी
भन्न त भन्छौ नारी लक्ष्मी हो,देबि दुर्गा अनि देबि सरस्वतीको प्रतीक हो तर यहि समाजमा
महिलालाई बोक्सिको आरोप लगाएर मलमुत्र खुवाइन्छ। अझ नपुगेर आगोले जलाइन्छ अनि
कुटपिट गरेर उसको हत्या गरिन्छ र चौराहमा फालिन्छ । यस्ता घटनाको जिम्मेवार को ? के यहि हो
महिलालाई गरिने सम्मान ? महिलालाई दिइने इज्जत ?
आज देशले जति नै
प्रगती गरे पनि दुईचार जना महिला राष्ट्रको उच्च तहमा पुगेपनि बदलिएको छैन हाम्रो
नेपाली समाज, अनि हाम्रो सोच ति अधिकाशं महिलाप्रति। हामीले एक दुई वटा घर र
मान्छे बदलिएको देख्दैमा सिङ्गो नेपाली समाज नै बदलियो भनेर सोच्नु मुर्खता शिवाय
केही हैन । आफुलाई एक्काइस औ शताब्दिको आधुनिक मानब हु भन्नेहरु बाट नै यस्ता ब्यावहार
भैरहेका छन् । समाजको रोल मोडल हु भन्दै महिला र महिलाका बिषयमा ठुला र चर्को नारा
लाउनेहरुले नै यस्ता घटानालाई नजर अन्दाज गरेका कयौं उदारण हाम्रा सामु प्रत्येक्ष
छन् । समाज बदल्छु र बदल्नु पर्छ भनेर मात्र केहि हुदैन। जबसम्म सुरुवात आफुबाट
हुदैन । हाम्रो समाजमा गर्नुपर्छ भनेर भन्नेहरु धेरै छन् तर गर्ने मानिसहरु मात्र
औलामा सिमित छन् । नेपाली समाजको रुपरेखा फेर्नेले र फेर्न चाहनाले समाजमा भएका स-साना
कुसंस्कारलाई हटाउदै जानू पर्छ ।
आज विश्व समाजले नयाँ
इतिहास रचेको बेलामा हाम्रो समाज बुहारीले दाइजो कम ल्याएको कुरामा अड्किएर बसेको
छ।रजस्वला शारीरिक बनावट हो भनेर जाँन्दाजाँन्दै छाउ बार्नै पर्ने कुरालाई
पछ्याउँदै बसेको छ। आज महिलाले संसार हल्लाएको बेला हाम्रो समाजमा महिलालाई
बोक्सीको आरोप लगाएर कुटपिट गर्न ठिक्क छ। यस्तो छ हाम्रो सुन्दर देखीने समाजको
बास्तबक चरीत्र ।
अब त हाम्रो समाजले
राम्रो नराम्रो पनि छुट्टाउन नसक्ने भैसकेको छ। अझ भनौ अन्धो भैसकेको छ।आफ्नो
यौनको हवस बुझाउन साना साना नानिको अस्तित्वसंग खेलवाड गर्न पनि पछि पर्दैन। कहिले
पुर्ब, कहिले पश्चिम बलात्कारका घटना दिनप्रतिदिन बढिरहेको छन् ।कतिको त
ज्यान पनि गएको छ बलात्कारकै कारण।यहाँ त महिलाको ज्यानको कुनै पर्वाह नै छैन। बरु
पशुको स्थान उच्च होला यहाँ तर खै कहाँ छ महिलाको अस्तित्वको रक्षा। न बलात्कारिलाई
उचित दण्ड नै मिल्छ।कहिलेकाही त लाग्छ
कानुन अन्धो मात्र हैन बहिरो पनि छ महिलाका सवालमा । एकातिर अस्तित्व लुटिएको पिडा
अनि अर्कोतिर उचित न्यान नपाएको दुख यस्तो अवस्था के गरोस् ? एउटि
महिलाइले अनि उसको विकल्पको बाटो बन्छ आत्महत्या।
हो यसरि नदेखिदो
पाराले अनि सब जना अन्जान भएको नाटक गर्नाले महिलाको अस्तित्व दिन प्रतिदिन खतरामा
पर्दै गएको छ। हरेक पल हरेक समय एउटि महिला नजानिदो डरले बाच्न बाध्य भएकी हुन्छे
।अझ भनौ मरेर बाच्दै छे।कहिले छोरा नजन्माएको आरोप, त कहिले दाइजो कम भएको
कारण, कहिले बोक्सिको आरोप, कहिले बलत्कृत भएर, त कहिले
छाउका कारण हरपल हर समय महिला नै समाजको कुसंस्कारको कठघरामा उभिन बाध्य छे हाम्रो
राम्रो भनिने समाजमा ।
महिलाको निम्ति कहिले
बदलिने समाज अनि महिलाप्रतिको मानशिकतामा कहिले आउने सकारात्मक परिबर्तन समाजलाई
तब कस्तो हुन्छ होला त्यो समाज जहाँ महिलालाई हरेकको कुराको स्वतन्त्रता हुन्छ ।जहाँ
महिला जहाँतहिँ हल पल सुरक्षित हुन्छे अनि अश देखि बशंसम्म महिलाको अधिकार हुन्छ
.....।
No comments:
Post a Comment