Yamunathapablog

Saturday, January 7, 2017

परिक्षाभित्रको जिन्दगी


                                                      परिक्षाभित्रको जिन्दगी

       "कस्ले भन्छ बिश्वबिद्धालयका सटिफिकेटमा टप गरेर सफलता हासिल गर्दैमा जिन्दगीका सम्बन्धहरुमा पनि सफलता हासिल गर्न सकिन्छ भनेर"।पायल मेरो घर नजिककी साथी एउटै गाउँ,एउटै ठाउँ,एउटै स्कुल एउटै कक्षा तरपनि हामी मिल्ले साथी भने कहिल्यै भएनौ।उ कक्षाकि टपर गर्ल हामी मध्यस्थरका बिध्यार्थी कसरी मिल्नु,त्यतिबेला टपरका सान नै छुट्टै,गाउलेले शिक्षकले,र अरुले उसलाई र हामिलाइ हेर्ने नजर नै फरक। त्यसैले पनि होला मलाई जहिले टपर बन्ने रहर लाग्थ्यो मैले मेहनत नगरेको पनि कहाँ हो र तर खै कहाँ कहाँ के कमि रहन्थ्यो रहन्थ्यो। टपर बन्न नसके पनि कक्षामा मेरो पढाइ भने ठिकै थियो। समयसंगै हामी ठुला हुदै गयौ,कक्षा चढ्दै गयौ र हुदाहुदा प्रवेसिका परिक्षा पनि सकियो। केहि समयपछि प्रबेसिका परिक्षाको रिजल्ट प्रकाशित भयो ।पायलले प्रबेशिका परिक्षा पनि टप गरि,म र अरु सबै साथिहरुको परिक्षाफल संतोषजनक नै आयो। सबै जना खुशी थियौ एकाअर्काको परिक्षाफल देखेर। मिठाई बाडेयौ,चक्लेट बाडेयौ सबैले सबैलाइ र एकाअर्काको खुशिसाटासाट गयौ। त्यतिबेला प्रबेसिका परिक्षामा पास हुनु मात्र पनि कति ठूलो कुरा थियो।झन हाम्रो रिजल्ट त संतोषजनक थियो खुशी नहुने त कुरै थिएन। प्रबेसिका परिक्षाको रिजल्ट बोकेर सबै साथी उच्च शिक्षाको गन्तव्य तिर लागे कोहि सहर आए,कोहि गाउमै पढे र हामि सबै एकाअर्कासंग छुटेयौ।

मामामाइजु हुनुहुन्थ्यो सहरमा त्यसैले पनि म सहर आए कलेज पढ्न थाले । +2 सकियो ब्याचलर सकिन आटेको थियो तर मेरा गाउका साथी कोहिसंग पनि खासै मेरो भेट भएको थिएन ।अझ बिशेष गरेर पायलसंग म सोच्थे पायल त टपल गर्ल सहरको कुनै राम्रो कलेजमा राम्रो बिषय लिएर पढ्दै होले,सफल र सुन्दर जिन्दगीको रचना गर्दै होले । गाउमा जादा पनि उसका बारेमा मैले जहिले राम्रो मात्र सुने,कहिल्यै नराम्रो सुनिन। त्यसैले पनि किन किन उसंग एकपल्ट भेट्न मन लाग्थ्यो ।

बेलुकाको समय काठमाडौको जाम अनि सानो माइक्रोबसमा कोचाकोच मान्छे अनि उभिनु पर्दा उफ कम्ती सकस हुदैन सफर गर्न। धन्न एउटा केटिले भनी "म यहि नजिक झर्ने हो अनि मेरो सिटमा बसन"। मैले हुन्छ भनेर त्यो केटीको नजिक गएर उभिएर तर त्यो केटीको आवाज कता कता सुनेको जस्तो लाग्यो र नजिक गएर निहाल्दा त्यो केटीलाई देखेको जस्तो पनि लाग्यो अनि मैले भने "तिमि पायल हैन म निशा गाउमा तिमिसंगै पढ्को साथि"। उसले एकछिन सोचेर ए ए भनि । अनि मैले एकै चोटि उसको अगाडि प्रश्नको चाङ राख्न थाले के पढ्दै छौ,कहाँ बस्दैछौ आदि आदि । तर उसले यत्ती भनी आज म हतारमा छु र अलि ढिला पनि भएको छ । मलाइ कल गर कुनैदिन बसेर कुरा गरौंला अनि उ माइक्रोबस बाट ओर्लि ।

म पनि रुम फर्के।उसलाई भेटेको केही दिनपछीको कुरा हो मलाई फोन बज्यो नम्बर पायल कै थियो अचम्म लाग्यो । कक्षामा संगै पढ्दा कहिल्यै नबोल्ने केटि आज एकै भेटपछि आफै कल गरेर मलाई समय छ भने भेटौन भन्छे बा!अनि मलाई पनि उसंग भेट्न मन नलागेको कहाँ हो र मैले हुन्छ भन्दै साझ बानेश्वर चोकमा भेटौन भनेर फोन राखे ।

फोनमा कुरा भए अनुसारको समयमा हामी बानेश्वर चोकमा भेटेयौ,भेट्दा मभन्दा पनि बढी खुशी उ देखिन्थी । हामिले स्कुलका,गाउका र सहर आएपछी के के भयो सबै कुरा गरेयौ । उसंग भेट्दा मलाई यस्तो महसुस भैरहेको कि मान्नौ म उसको स्कुलदेखिको बेस्ट प्रेण्ड थिए । जेसुकै होस मलाई उसलाई भेट्दा खुशी नै लागिरहेको थियो । अनि मैले भने "पायल तिमी त टपर गर्ल जिन्दगी पनि मज्जैले चल्दै होला राम्रो बिषय पनि पढ्दैछौ फेरि" ।
मैले यत्ती के भनेकी थिए उसले सुरु गरि आफ्नो कथा - जब म प्रबेशिका परिक्षाको रिजल्ट बोकेर उच्चशिक्षाको लागि सहर आए। बाआमाले साइनो पर्ने दिदिसंग मेरो बस्ने व्यवस्था गरिदिनु भयो अनि म उहासंगै बसेर पढ्न थाले । सब कुरा सहि चलिरहेको थियो,पढाइ राम्रो थियो।त्यसै समयमा प्रेम भन्ने एकजना केटासंग मेरो प्रेम सम्बन्ध सुरु भयो । उसले मलाइ धेरै माया गर्थे।मेरा साना साना कुराको केयर गर्यो । मलाइ कक्षा देखि लिएर हरेक ठाउमा मलाइ मद्दत गर्थ्यो साच्चै त्यति धेरै माया त मलाई संसारमा नै कसैले गर्दैनथ्यो होला । तर म भने उसले मलाई माया गर्छ कि गर्दैन होला भनेर सोच्दै बसे,उसलाई टाइमपासको माध्यम बनाउदै गए । तर उभने मलाई अझ माया गर्दै गयो । मेरो हरेक खुशिको ख्याल गर्थ्यो उ ।

त्यसैबेला अनुहार पुस्तिकामा मेरो भेट बिबेकसंग भयो । बिबेक हेर्नलाइ राम्रो थियो मभन्दा म्याचुएर थियो।प्रतिष्ठित कम्पनीमा जब गर्थो र मलाई समय पनि दिन्थ्यो मलाई स्पेसल फिल गराउथेयो । अनि बिस्तारै बिस्तारै म मा बिबेक नशा छाउदै गयो अनि प्रेमको प्रेम मलाइ फिक्का लाग्दै गयो। बिबेक नै मेरोलागी सहि छ जस्तो लागेर मैले प्रेमलाइ बाहानामा नै ब्रेकअप दिए। बस अन्तिम पटक प्रेमले यत्ती भन्यो तिमी म बाहेक अरु कसैसँग खुशी हुन्छौ भने ठिक छ । तिमी जान सक्छौ तर त्यतिबेला मलाई प्रेमको कुराले केही छोएन तर जब अहिले सोच्छु लाग्छ उसले मलाई कतिसम्म माया गर्दोरहेछ ।

जब एक साझ बिबेकसंग केही समय बिताएर म फर्किदै थिए उसले भन्यो "पायल आउदो शुक्रबार मेरो घरमा पाटी छ तिमिलाइ निम्तो आउहै,बिबेकले पहिले पटक आफ्नो घर बोलाएको थियो त्यसैले पनि म चाहन्थे उसको परिवारमा मेरो प्रभाब राम्रो परोस्।त्यसैले पनि म राम्रोसंग तयार भएर उसको घर गए।उसको घरको रोनक बेग्लै थियो मानौ कुनै विशेष नै छ।बिबेक पनि यसरी तयार भएको थियो मानौ उसको बिहे नै छ।पाटी सुरु  भयो,समयसंगै पाटिको रोनक पनि सुरु भयो।अनि पाटिमा एक अनाउसमेट भयो जसले मलाइ भित्रै देखि हल्ल्याइ दियो।त्यो थियो बिबेकको अरु कुनै केटिसंग इन्गेजमेन्ट। त्यो अनाउसमेट सकिन नपाउदै मैले बिबेकलाइ उसको र आफ्नो सम्बन्ध बारे कुरा भने तर जवाफमा उसले भन्यो "मलाई तिमी मन मात्र पर्छ म तिमिलाइ प्रेम गर्छु भनेर सोच्नु त्यो तिम्रो भुल हो पायल । म अरु कसैलाई प्रेम गर्छु"।

उसको कुरा सुनेर म सपनाबाट बिउझे जस्तै भए । मैले साचो प्रेमको अर्थ त्यो दिन सम्झे जुन दिन म आकर्षणको दुनियाँमा छिरेर बाहिर निस्के । प्रेमलाइ कति सम्झे तर पछुताउने ठाउँ थिएन।जिन्दगीमा कहिल्यै कहि हारिन सबथोक पाउछु जस्तो लागेको थियो,साचो प्रेमको मूल्य बुझिन। त्यसैले कलास,कलेजमा अरुलाइ उछिन्दा उछिन्दै म आफैले आफैलाई पछाडि पार्दै गए। जिन्दगीको परिक्षामा जित्दाजित्दै म आफैसंग नराम्रोगरि हारे।
उसको कुरा सुनेर मेरा आँखा अनायासै भरिए।मेरा आँखा भरिएको देखेर केहिबेरसम्म उ पनि केही बोलिन र म पनि केही बोलिन ।

अन्तमा उसले सोधी निसा म आफैले छोडेको आफुलाइ खोज्यौ कि नखोज्यौ, खोज्यौ त कसरी खोज्यौ,के मैले खोजेर पाउनु सक्छु होला त। उसका प्रस्नका अगाडि म नाजबाफ भए र मैले भने पायल तिमी फेरि एकपटक आफै सोच अनि म उसंग छुटेर रुमतिर लागे।




















No comments:

Post a Comment

उप्रेतीको “अन्तर्य एक सङ्घर्षशील जीवनको कथा” मा घोत्लिदा

  लामोसमयपछि पुस्तकका बारेमा शब्दहरु कोर्दै छु। कहीलेकाहीँ सोच्छु कैयौं पुस्तकहरु पढिसके। अब होस् पढ्दिन । फेरि जब कुनै नयाँ पुस्तक हातमा र...