Yamunathapablog

Thursday, February 9, 2017

त्रीबि र स्ववियु

त्रीबि र स्ववियु
बिगत लामो समयदेखि स्ववियु चुनाब हुन नसकिरहेको अवस्थामा त्रीबिले स्ववियु निर्वाचनको कार्यतालिका सार्वजनिक गर्नु आफैमा स्वागतयोग्य रहेकोे छ। र यसमाथि उमेर हदबन्दी पनि तोकिदिएको छ जसले गर्दा अब नया विद्यार्थीहरुको हातमा नेतृत्व पुग्दैछ।त्यसैले पनि बिद्यार्थीहरु माझ अझ उत्साह थपिएको छ ।
तर कता कता नया बिद्यार्थीहरुमा लामो समय पछि हुन लागि रहेको यस स्ववियु निर्वाचनले अपेक्षा गरे जस्तो नेतृत्व प्रदान गर्ला कि नगर्ला भन्ने सवाल उठिरहेको छ किनकि स्ववियु चुनाबको नतिजाले बिद्यार्थीमा प्रत्येक्ष रूपमा प्रभाब पार्ने भएकाले पनि यो चुनाव बिद्यार्थीका लागि अझ चासोको बिषय भएको छ ।
कलेज क्याम्पसहरुमा स्ववियुको लहर छाइरहेको छ त्यो देख्दा डर लाग्छ कहि अब पनि समर्थन चिया,चुरोट र पेट्रोलमा बिक्ने त हैन यतिका समयपछि हुन लागिरहेको स्ववियु चुनाबको नतिजा भ्रष्ट त हुने हैन ।यस्ता बिषयहरुमा त्रीबी र क्याम्पस प्रशासनको ध्यान जान जरुरी छ ।
त्रीबिले चुनावको कार्यतालिका सार्वजनिक गरेपनि त्यति ध्यान दिएको जस्तो लाग्दैन यसतर्फ पनि त्रीबी सचेत होस ताकि चुनाब निष्पक्ष होस् ।
स्ववियु निर्वाचन मात्र निर्वाचन हैन यो त बिद्यार्थी आन्दोलनको अर्को नाम पनि हो ।यसमा हाम्रा अग्रजहरुको रगत र पसिना बगेको छ ताकी आउदा पिडिहरुले शैक्षिक क्षेत्रमा दुख भोग्न नपरोस् भनेर त्यसैले पनि यो धरोहरलाई बचाएर स्वच्छ र निस्कलङ्क स्ववियुको निर्माण गर्ने दायित्व अब हाम्रो हो ।
आफ्नो व्यक्तिगत स्वर्थकोलागी विभिन्न राजनीति दल र अन्य निकायले स्ववियुलाइ कमजोर बनाउन खोजेको कुरा हामी माझ जगजाहेर नै छ जसको उदाहरण आजसम्म पनि स्ववियु चुनाब हुन नसक्नु पनि हो । त्यसैले पनि अब सुन्दर र स्वच्छ स्ववियुको भबिस्य हाम्रो हातमा रहेको छ हामी जिम्मेवार बन्नुपर्छ स्ववियुलाई बलियो बनाउनु पर्छ ताकी भोलिका पिडिले सवाल गर्दा हामी हिच्किचाउनु नपरोस्।
स्ववियु निर्वाचनको पुर्बसंध्यामा उभिरहदा हाम्रा सामु हजारौं सवाल र चुनौती खडा छन् के आउदा पिडिले अपेक्षा गरे अनुरुप नेतृत्व दिनसकिएला ? स्ववियुको त्यो गर्विलो इतिहासलाई कायम गर्दै स्वच्छ स्ववियु निर्माण गर्न सकिएला ? के अबको नेतृत्व विसंगति र बिकृती रहित होला यस्तै यस्तै सवाल जसको जवाब खोज्न जरुरी छ ।
समस्याहरु धेरै छन चुनौती कडा छ,लामो समयपछि स्ववियु निर्वाचनको मिति सार्वजनिक भएको छ त्यसैले पनि हिजो भन्दा आजको समय एक कदम भएपनी अगाडि छ सोच,समाज र समय बदलिएको छ बिद्यार्थी माझ बिद्यार्थी राजनीतिको चरीत्र कतै धमिलिएको छ त्यसैले पनि के यो स्ववियुले बास्तबमै नया सोच र उत्साह बिकास गर्ला त नया विद्यार्थीमा नया उर्जाका साथ धमिलिएको बिद्यार्थी राजनीतिको चरीत्रलाई सफा गर्ला त यस्ता प्रस्हरु धेरै छन ।
यसैले अब हामी सबै एकजुट भएर अराजकता र भ्रष्ट चुनाबको अन्त्य गरि आम बिद्यार्थीको रुचिलाइ मध्य नजर गरेर असल नेतृत्वको चयन गर्नुपर्छ चाहे जित जो कोहिको होस तर नेतृत्व भने असल हातमा जानू पर्छ यसकोलागी हामि सबै आआफ्नो तर्फबाट लाग्नुपर्छ ।

No comments:

Post a Comment

उप्रेतीको “अन्तर्य एक सङ्घर्षशील जीवनको कथा” मा घोत्लिदा

  लामोसमयपछि पुस्तकका बारेमा शब्दहरु कोर्दै छु। कहीलेकाहीँ सोच्छु कैयौं पुस्तकहरु पढिसके। अब होस् पढ्दिन । फेरि जब कुनै नयाँ पुस्तक हातमा र...