उफ्फ ! यो कलंकीको जाम कस्ले बयान गरि सकोस् । गाडी
कुर्दा कुर्दा हैरान भैसकेकी थिए म। धन्न अफिसबाट अलि छिटो निस्किएकि थिए र गाडि मा सिट पाए। म संगैको सिटमा एकजना युवती पनि बसेकी थिइन । उनिसंगैको सिटमा बसेकाले मेरो नजर उनले हातमा समाती रहेको खाम मा पर्यो । मान्नौ त्यो उनको लागि धेरै महत्त्वपूर्ण चिज थियो ।त्यसैले त खाम ब्यागमा सम्म नराखी हातमा समाएकी थिइन । कालिमाटी टेकुको जाम त्यसमाथी गुन्द्रुक खादे झै कोचिएका मान्छे ! साच्चै छोटो दुरिको भएपनि साह्रै मुस्किलको यो यात्राले उनिप्रतिको मेरो कौतुहल्तालाई असहज बनाइ दिएको थियो। सिट पाउँदा त यति सकस छ झन उभिएर यात्रा गर्नु परेको भए के हाल हुन्थ्यो होला । म यस्तै सोच्दै थिए। गाडी कतिबेला कालिमाटी, टेकु अनि थापाथलीको जाम छिचोल्दै बानेश्वर आइपुगेछ पत्तै भएन ।,बानेश्वर आइपुग्ना साथ ती युवती गाडिबाट हतार हतात निस्किन् मानौ उनको प्लेन नै छुट्दैछ तर हतार हतारमा उनिले त्यति माया गरेको त्यो खाम त्यही गाडीको सिटमा नै बिर्सेर गइन ।
कुर्दा कुर्दा हैरान भैसकेकी थिए म। धन्न अफिसबाट अलि छिटो निस्किएकि थिए र गाडि मा सिट पाए। म संगैको सिटमा एकजना युवती पनि बसेकी थिइन । उनिसंगैको सिटमा बसेकाले मेरो नजर उनले हातमा समाती रहेको खाम मा पर्यो । मान्नौ त्यो उनको लागि धेरै महत्त्वपूर्ण चिज थियो ।त्यसैले त खाम ब्यागमा सम्म नराखी हातमा समाएकी थिइन । कालिमाटी टेकुको जाम त्यसमाथी गुन्द्रुक खादे झै कोचिएका मान्छे ! साच्चै छोटो दुरिको भएपनि साह्रै मुस्किलको यो यात्राले उनिप्रतिको मेरो कौतुहल्तालाई असहज बनाइ दिएको थियो। सिट पाउँदा त यति सकस छ झन उभिएर यात्रा गर्नु परेको भए के हाल हुन्थ्यो होला । म यस्तै सोच्दै थिए। गाडी कतिबेला कालिमाटी, टेकु अनि थापाथलीको जाम छिचोल्दै बानेश्वर आइपुगेछ पत्तै भएन ।,बानेश्वर आइपुग्ना साथ ती युवती गाडिबाट हतार हतात निस्किन् मानौ उनको प्लेन नै छुट्दैछ तर हतार हतारमा उनिले त्यति माया गरेको त्यो खाम त्यही गाडीको सिटमा नै बिर्सेर गइन ।
मैले बोलाए पनि सायद उनिले सुनिन्न । गाडी पनि अगाडी बडिहाल्यो । त्यो खाम मा के होला कसो होला मलाइ कौतुहल्ता त लागिरहेको थियो तर त्यो चिठी उठाउ कि न उठाउ ? एकछिन को अलमल पछि खाम उठाए मैले । गाडीबाट झरेर सरासर आफ्नो रुम तिर लागे । रुममा पुग्ने बित्तिकै ब्याग टेबलमा राखे र फ्रेस भए । यो धुवाधुलो, अफिसको काम अनि गाडिको जामले शरीर थाकेको थियो । खाना बनाउने समेत जागर थिएन्न ।तर भोकले सतायेको थियो खाना त बनाउनै पर्यो ।त्यसैले पनि खाना बनाएर खाए अनि फेसबुक खोले ।फुसबुक पनि कत्ती हेर्नू। आज यो गरे, आज यस्तो भयो,मेरो यो चिज यस्तो भन्दै राखेका साथिहरुका पोस्ट बाहेक केही हुन्न। दिक्क लाग्यो फेसबुक चलाउन पनि,अनि बन्द गरे मोबाइल,एक हप्ता अगाडि मात्र अनाबरण भएको पुस्तक माङ्गेनाले टेबलबाट चिहाइरहेको थियो सोचे होस यहि पढ्छु एकछिन र माङ्गेना हातमा लिए। माङ्गेना हातमा मात्र के लिएकी थिए।अघिको त्यो खामको याद आयो अनि खाम ब्यागबाट निकालेर ओल्टाइपल्टाइ ठेगाना हेरे । खाम त बेनामी थियो । अनि खोलेर हेरे धन्न रित्तो रहेनछ। त्यहा भित्र एउटा चिठी थियो जुन अलि अधुरो अधुरो जस्तो थियो । अक्षरमा डिका पनि हालिएका थिएन्न तर पनि चिठी खोलिसके कि थिए । त्यसैले पनि बुझी नबुझी पनि पढ्ने कोशिस गरे । किन पढ्नु अरुको चिठि जस्तो नलागेको पनि हैन तर खोलिसके पछि मन कहाँ मान्दोरैछ र ! अनि मैले चिठी पढ्न सुरु गरे ।
चिठी लेखेको देखेर तिमीलाई अचम्म लाग्ला न कुनै सम्बोधन, न हाल खबर,न सन्चो बिसन्चो केही छैन । एकै चोटि यसरी लेखिएको छ। पहिला त म तिमिलाइ शुभकामना भन्छु। आफ्ना नयनमा सजाएका सुन्दर सपना पुरा गर्न अर्कै देश जो जान्दैछौ। हुन त यो सब मैले भेटमा पनि भन्न सक्थे । तर सकिन भन्न साह्रै गाह्रो हुदोरहेछ । तिमी पो नया सपनाका तर्फ उडान भर्दै थियौ तर मेरा सपनाहरू त एकएक गरेर टुट्दै थिए, सिसा जस्तै किनकि मेरो सपना भन्नू नै तिमी जो थियौ । तिमिसंग हुदा, तिमी साथ हुदा मैले मेरो प्रेम कहिल्यै अभिव्यक्त गर्न सकिन अझ भनौ मैले आभास नै गर्न सकिन ,किन तिमिसंग हुदा मौसम रंगिन लाग्छ, किन तिमीसंग कुरा गर्न,जिस्किन रिसाउन मन लाग्छ बुझ्नै सकिन । जब बुझे, जब आभास पाए,व्यक्त गर्न सकिन साहस बटुलेर तिमीलाई भन्छु भनेको दिन त तिमिसंगको आखिरि दिन रहेछ। तिमीले धेरै समय देखि कोसिस गरेको तिम्रो अस्ट्रेलिया जाने दिन पक्का भएछ | मत्लब तिम्रो भिजा आएको रहेछ। तिमी साह्रै खुशी थियौ सबैसँग खुशी बाड्दै थियौ जहाँ म पनि सामेल थिए । तिम्रो खुशी देखेर म तिम्रो खुशिमा नै भुले, भुले आफ्नो कुरा भन्न आफ्नो प्रेम अभिव्यक्त गर्न । अझ भनौ चाहिन मैले भन्न,कतै मेरो प्रेम तिम्रो सपनामा बाधा त बन्ने हैन भनेर ।
तिमीलाई लाग्ला फेसबुकको जमानामा चिठी किन लेख्नु परेको होला कस्तो पागल केटि तर कलमले यो कागजमा आफुलाइ अभिव्यक्त गर्नु जतिको मज्जा कहाँ त्यो फेसबुकको किबोर्डमा हुन्छ र ! मनलाइ यो कागजले जति के त्यो किबोर्डले बुझ्ला र खै ! तिमीसंगको पहिले भेट नै जिबनको सुरुवात हुन्छ होला कहिल्यै सोचेको थिएन मैले ।सायद तिमि नै यस्तो ब्यक्ती थियौ जाे हजारौं को भिडमा बेग्लै लागेको थियो मलाई,जसलाई मेरा नजरले बारम्बार खोजिरहन्थे,पछ्याइरहन्थे । तर तिमिले यसको आभास सम्म पाएनौ, अझ भनौ मैले तिमिलाइ आभास गर्नै दिन। साच्चै भन्छु तिमिसंगका प्रत्येक पल मेरो मानसपटलमा छर्लङ्ग र मेरा नयनमा कैद भएका छन । मसंग हुदा तिमी कस्तो अनुभुती गर्थेयौ थाहा छैन तर तिमिसंग हुदा म आफुलाइ बिर्सन्थे संसार तिमिमा देख्थे। सोच्थे यो पल,यो समय यहि रोकियोस् सदासदाको लागि । यो प्रेम भन्ने चिज नै अनौठो हुदोरहेछ जसलाई प्रेम गरिन्छ उसैलाई अभिव्यक्ति गर्न नसकिने रहेछ न माया नगरी बस्न नै सकिने रहेछ ।
तिमीलाई याद छ एकदिन हामी केहिछिन लाई भनेर बानेश्वरको एउटा क्याफेमा भेटेका थियौ तिमीलाई कुनै केटि साथिको फोन आएको थियौ तिमी उसंग जिस्की जिस्की कुरा गरिरहेका थियौ । अनि मैले रिसाएर फोन काटिदिएकी थिए। तिमी साह्रै रिसाएका थियौ । मैले कति सरि भन्दा पनि मानेका थिएनौ । अनि तिमीले किन त्यसो गरेको भन्दा म मौन बसेकि थिए तर आज तिमीले सबै कुरा बुझेयौ होला। थाहा छ जुन दिन मैले तिमीसंग प्रेम भएको आभास पाए । त्यो दिन म सबैभन्दा बढी खुशी भएकी थिए । किनकि मलाइ कसैसंग प्रेम भएको थियो। हो,कोहि मलाई मन पर्न थालेको थियो साच्चै त्यो पल मेरो जिबनको साह्रै सुन्दर पल थियो । तर जसलाई म प्रेम गर्न थालेकी थिए, उसलाई यो बारेमा त पत्तो तिएन बरु उसको सपना त अरु नै थियो। म सानोसानो कुरा रमाउने मान्छे उसलाई संसारका ठुलाठुला महल चुम्नुपर्ने, सागरको गहिराइ नाप्नु पर्ने । भन्छन् जिन्दगीमा खुशिका पल थोरै र दुखका पल धेरै भोग्नुपर्छ रे,दुख त भोग्नु नै छ । त्यसैले मैले खुशिका पल रोजे रमाए केहिछिनलाई र छोडिदिए मनलाई बेपर्बाह, त्यसैपनी मन कहाँ आफ्नो बसमा हुनथालेको थियो र त्यतिबेला ।
एकदिन अचानक तिमीले बोलायौ म सजिए खुशीले,सजिए केही शृङ्गारिक बस्तुले सोचेको थिए तिमीलाई आफ्नो मनको कुरा भन्छु । तिमी साह्रै खुशी थियौ त्यो दिन तर तिम्रो खुशिमा म निकैबेर खुशी रहन सकिन । जब तिमिले अस्ट्रेलियाको भिजा आएको कुरा सुनायौ त्यहि नै आफ्नो सबैभन्दा ठुलो खुशी भनेयौ र अब छिटै नै नेपाल छाडेर जाने कुरा गरेयौ म त छागां बाट खसे झै भए जुन मान्छेलाइ म आफ्नो सोच्थे,आफ्नो बनाउछु भन्थे, उसलाई मेरो त के देशको समेस मत्लब थिएन उ त देश छोडेर जाने कुरामा रमाउदै थियो। उफ्फ ! म केही नबोली कोठामा आए अब छिटै नै एअरपोर्टमा भेट्ने बाचा सहित । तिमीसंग छुटेर त आए तर मन कहाँ सम्मालिदो रहेछ र कति बेर रोए । अनि तिम्रो खुशि नै आफ्नो खुशि सम्झेर चित्त बुझाए र अन्त्यमा सोचे एकपटक जसरी भएपनी आफ्नो मनको कुरा तिमिलाइ भन्छु तिम्रो जवाफ जस्तो होस ठिक छ । त्यसैले मैले तिमिलाइ यो पत्र लेखेकी दृश्य । सायद यो पत्र तिम्रो हातमा पर्दा हामी कोसौ टाढा हुन्छौ होला तर मलाई आशा छ तिमी मलाइ बुझ्नेछौ,मेरो प्रेमलाइ बुझ्नेछौ, अनि मेरा भाबनलाइ बुझ्नेछौ ।भन्छन् समय चक्र हो तिमी पनि फर्कनेछौ एकदिन अवश्य। र म तिमीलाई कुरिरहेकी हुनेछु चाहे तिम्रो जवाफ जे होस तिमीलाई माया गर्ने नेहा ।
उफ! जब चिठी पढे मेरा आँखा भरिए, मन भारी भयो सोचे आज पनि संसारमा प्रेम जिउदो छ,साचो प्रेम गर्ने मान्छे छन ,त्यसैले यो चिठी यसरी कथामा उतारेकी हु ताकी यो दृश्य सम्म पुगोस । आशा छ उसले नेहाको प्रेमलाइ अनि उसको प्रतीक्षालाई बुझ्नेछ । मेरो पनि अनुरोध छ दृश्य साचो माया र साचो माया गर्ने मान्छे संसारमा कमै पाइन्छन् । यो चिठी पाउनु भयो भने अवश्य पढ्नु होला। नेहाको लागि उसको प्रेमको लागि अवश्य नेपाल फर्कनु होला र उसको प्रेम र प्रतीक्षालाई पुर्णता दिनुहोला ।

ramro story
ReplyDeleteThank u dear !!
ReplyDelete