उ म र मनसुन
सुबिन भट्टराईको मनसुन केहिदिन मै हामिबिच आउदै थियो जसलाई हामी सबैजनाले एकदमै धेरै पर्खिरहेका थियौ!! तिनै दिनहरु मध्य एकदिनको कुरा हो अनुहार पुस्तिकाको भित्तामा कुरै कुराको शिलशिलामा उसले भन्यो
" तिमी त बुक पढिरहने मान्छे मनसुन आउदैछ त्यो पनि पढ्छौ होला हैन"!!
अनि मैले भने
"तिमिलाइ पनि त मन पर्छ सुबिन भट्टराई तिमी चाहिँ नपढ्ने हो र मनसुन"!!
अनि जवाफमा उसले भन्यो किनेर त पढिदैन कसैले दियो भने बेग्लै कुरा !!
यस्तै यस्तै कुराहरूमा
त्यसदिन हाम्रो कुरा सकियो ।
त्यसैको केहि दिन पछि मनसुनको बिमोचन दिन सार्बजनिक
भयो मत्लब मैले पढ्न चाहेको पुस्तक हामी माझ आउने भयो । एकदम खुशी र उत्साहितका साथ म मनसुन लिन गए मत्लब मनसुनको बिमोचनमा प्रज्ञा भबनको डबलिमा अनि मनसुन लिएर फर्के त्यो पनि लेखको हस्ताक्षर सहित कम्ती खुशी थिए म त्यो दिन । कोठामा आउने बित्तिकै खाना समेत नखाएर करिब 5 घण्टाको बसाइमा मनसुन सके कहि सुभानका कुराले कहि आँखा भिजे कहि मनसुनको हर्कतले रिस उठ्यो कहि हजुरबुबा र नातिको सम्बन्धले मन छोयो जे होस पढुन जेल मनसुनले मनसुन जसरी भिजायो !!
तर जब एकाएक मनसुनका पात्रहरु खेलाउन थाले तब मनसुनको स्वार्थी चरीत्र देखेर रिस उठेर आयो अरु कसैलाई भुलाउन कसैको मन र भावना संग नराम्रो संग खेलेको देखेर भित्र देखि रिस उठेर आयो र के गर्ने मनसुन एउटा बुककी फगत मात्र न थिइ अनि अर्कोतिर सुभान जो कसैलाइ चोखो माया गर्छ उसकोलागी जे पनि गर्न तयार छ जतिजती सुभानलाइ पढ्दै गए उतिउती सुभानले मलाइ छुदै गयो र उसको माया लागेर आउन थाल्यो र उसले यति कुराको एहिसास गरायो कि कसैलाई आफ्नो जिन्दगीमा ठाउमा दिनु भनेको आफैले आफैलाइ पीडा दिनु हो,आफुलाइ कमजोर बनाउनु हो ।
साच्चिकै म आफू केटि भएर पनि सुभानको चरित्रले मलाई प्रभाव पार्यो । मनसुन सकेको केहिदिन पछि को कुरा हो अनुहार पुस्तिकालाइ
पल्टाउदै जादा थाहा पाए उसको जन्मदिन नजिकिदै गरेको कुरा अनि जन्मदिनको
दिन भेट्ने कुरा पनि भयो ! भेट्ने त भने तर उपहार के लिउ, बिना उपहार जाउ उसको जन्मदिन न जाउ भेट्ने कुरा आफैले गरेकी छु उफ अनि याद आयो सुबिन भट्टराईको मनसुन, मनसुन बोकेर गए उसलाइ भेट्न अनि उपहार स्वरुप मनसुन दिएर फर्के।
जब कोठामा आएर एकाएक मनसुनको कहानी सम्झे साह्रै अत्यास लाग्यो किनकि मनसुन जो एकतर्फी प्रेमकथा थियो जुन मैले उसलाई दिएको त्यो पनि त्यो पनि जन्मदिनको अवसरमा साथी बनेपछिको पहिलो उपहार थियो !! अनि सोचे एकतर्फी प्रेमकथा उपहार बाट सुरु भएको हाम्रो सम्बन्धको
भबिस्य कस्तो होला ??
|
Yamunathapablog
Saturday, December 17, 2016
उ म र मनसुन
Subscribe to:
Post Comments (Atom)
उप्रेतीको “अन्तर्य एक सङ्घर्षशील जीवनको कथा” मा घोत्लिदा
लामोसमयपछि पुस्तकका बारेमा शब्दहरु कोर्दै छु। कहीलेकाहीँ सोच्छु कैयौं पुस्तकहरु पढिसके। अब होस् पढ्दिन । फेरि जब कुनै नयाँ पुस्तक हातमा र...
-
प्रीयतम आज संसारभर नारी दिवस मनाइदै छ , अझ भनौ महिला श्रमिक दिबस त्यो पनि ११२औ महिला श्रमिक दिवस । यो पटक पनि हरेक वर्ष जस्तै आज पनि ...
-
उसको नाममा कोरेका यी अनगिन्ती पत्रहरु अझ प्रेमपत्रहरु ऊ कोर्दै र फाल्दै गरिरहेकी छे यसै गर्दागर्दै कतिबेला उसको कोठकाे सानो डस्बिन भरिन्...
-
लामो समयको बाहिर बसाई पछि म यतिबेला आफ्नो गाउँमा आइपुगेगिछु । अझै भनौ नेपालमा चलिरहेको दोस्रो लकडाउनमा म आफ्नो घर आगनमा छु । लकडाउनले सहर ब...
nice Yamuna ji, wish to read more..
ReplyDeleteThis comment has been removed by the author.
ReplyDeletethank u sadikshya ji ..
ReplyDelete