Yamunathapablog

Thursday, December 29, 2016

साथी

साथी
साथी यो शब्द सुन्नलाइ त मात्र दुई शब्दको छ तर यसमा जिन्दगी बसेको छ। चाहे हामी संसारमा जसको जति नजिक किन नहु तर साथीको जति नजिक र साथि जति नजिकको कोहि हुदैन हाम्रो लागि।हाम्रो जिन्दगीमा हाम्रा धेरै किसिमका साथि हुन्छन् बाल्यकालका साथी,युवाअवस्थाका साथी,स्कुल,कलेजका साथी,जिबनको सहयात्री जिनब साथी तर पनि यी मध्य कोहि एक खास साथि हुन्छ जसलाइ हामी बेस्ट फ्रेन्ड भन्छौ जो लाखौंमा एक हुन्छ ।
आस्था र रेस्मा पनि एकाअर्काका मिल्ने साथी हुन। उनिहरु प्राय एकाअर्कासंगै हुन्छन् हुन त उनीहरुको भेट केही दिनअगाडि मात्र केलेजमा भएको हो नया कलेज,नया साथिबिच उनीहरुले एकाअर्का साथी बनाएका हुन । दुबैजना एकदम रमाइला छन्,एकाअर्काका भाबनालाइ बुझ्छन्,दुखलाइ बुझ्छन् साच्चै यिनिहरुको मित्रता थोरै दिनमा धेरै घनिष्ठ बनेकोछ ।
चिसो महिनाको दिन आस्था र रेस्मा चिया पिउनलाइ नजिकको सानो चिया पसलमा पसे। यसैपनि चिसो दिनमा तातो तातो चियाको मज्जा बेग्लै हुन्छ। यसको आनन्द उठाउनमा उनीहरु पनि के कम थिए र ! चिया पसलमा पुग्ना बित्तिकै उनीहरुको भेट एक जना युवकसंग भयो । तर अचम्मको कुरा के थियो भने रेस्मा र त्यो युवक पहिले देखिनै एकाअर्का साथी रहेछन् अनि रेस्माले त्यो युबकलाइ आस्थासंग परिचत गराइ आस्था उ विशाल,विशाल उ आस्था ।आस्था नया मान्छेसंग छिटै घुलमिल हुने र धेरै बोल्ने मान्छे त हैन तर पनि त्यो युवकसंग छिट्टै नजिकी र घुलमिल भइ मत्लब अरु नौलो मान्छेसंग भन्दा छिटो ।
केहि समयपछि चिया पिएर उनिहरु तिनै जना त्यहाबाट छुटिए । बेलुका कोठामा पुगेर सब काम सकि आस्था जब आफ्नो बेडमा पुगि उसलाई त्यो चिया पसलको युबक याद आयो।हुन त उसले त्यो युवकलाई पहिलो पटक भेटेकी हो तर कताकता उसलाई त्यो युबकसंग बर्सौ छुटेर भेटेको जस्तो आभास भैरहेको थियो । उसको बोली उसको कुरा गराइ,उसको हाउभाउ देख्दा उसलाई लागिरहेको थियो उसले यी सब कुरा पहिले कतै महसुस गरिकेकी छे।
उसले सम्झी ती दिन जतिबेला उ मात्र आठ बर्ष कि थिइ । उ र उसको साथि घण्टाै माटोसंग खेल्दै रमाउथे,संगै स्कुल जान्थे,आउथे,उसलाई थेरैमात्र चोट लाग्दा पनि उसको साथिलाइ कति धेरै दुख्थ्यो अनि उसको साथिलाइ कसैले नराम्रो भन्दा आस्था कति धेरै रुन्थी ! देख्नेहरु भन्थे उनीहरु त जन्मजन्म देखिका साथि हुन कहिल्यै नछुट्टिने,हुनपनी उनीहरु यति मिल्थेकी एक छिन छुटिदैनथे,साच्चै रात हुदैनथ्यो भने उनिहरु त्यो समय पनिसंगै हुन्थेहोला । तर नियतिको लेखा ती दिन आज उसको सम्झनामा मात्र सिमित छन् । उस्ले अझै भुलेकी छैन त्यो दिन जुन दिन उ र उसको साथी स्कुल जान भनी गएर दिन भर जंगलमा लुकामारी खेल्दै बसेका थिए उनिहरुले घर पनि जान बिर्सेका थिए धन्न घर नजिकका काका उनिहरु नजिक आउदै गरेको उनिहरुले टाढैबाट देखे, त्यहा त्यसरि खेलेको देखेर काकाले स्कुल नएको कुरा थाहा पाउँछन् र गाली गर्छ्न भन्ने डरले उनिहरु काकाबाट लुक्दै साझमा घर पुगेकाथिए । उनीहरु कति दिन त बनबन लालिगुरास टिप्दै बिताउथे,लुकामारी खेल्दै गर्दा उ उसको साथिलाइ नभेटेर कति रोएकी पनि थिइ । उफ आजपनी ती दिन याद गर्दा उसका ओठहरु अनायासै मुस्कुराउछन् ।भन्छन् ओठले मुस्कान धेरै बेर सहन सक्दैन रे जब उसलाइ उनीहरुले एकाअर्कासंग कहिल्यै नछुटिने भनि हातको बुढी औला छोएर जिन्दगीभर भनी खाएको कसम दुईदिन नहुदै टुटेको याद आउँछ उसको मुस्कानले अनायासै उसका ओठसंग नाता तोड्छ,आज त बस उनीहरुले खाएकि ती कसम कसमै सिमित भएर रहेकाछन ।
समय भनौ या भाग्य उसको साथी को आर्थिक स्थिर उ भन्दा धेरै राम्रो थियो त्यसैले पनि उसको साथिको सहपरिवार त्यो गाउबाट बसाइ सरि गए र उनिहरुसंगौ साथी पनि गयो त्यस दिनदेखि उसको साथी मात्र उसको सम्झनामा मीठो याद बनेर सिमित भएको छ ।
उसलाई यत्तिचाही थाहा थियो ।उसको साथी यहि सहरको कुनै ठूलो घरमा बस्छ तर कहा कुन घर?यो सहरमा त ठुला घर कति छन् कति ! उसलाई लाग्थ्यो सामाजिक संजालमा हराएकालाइ खोज्न सकिन्छ, त्यसैले पनि उसले अनुहार पुस्तिकाको पन्ना पन्नामा खोजेकी थिइ। उसको हराएको साथिलाइ तर उसको मेहनत सब खेर गइरहेको थियो। त्यसैले पनि आजभोलि त उसलाइ सामाजिक संजाल पनि मिथ्या लाग्न थालेको छ ।
तर जब उसले त्यो चिया पसलमा नौलो युबकसंग भेटेर आएकि थिइ कताकता उसलाई आफ्नो बाल्यकालमा हराएको साथी भेटिएको जस्तो आभास भइरहेको थियो। त्यसैले पनि उसले सोची भोलि फेरि उ त्यही चिया पसलमा जानेछ र त्यो युबकलाइ भेट्ने छे अनि उ त्यो युवक आफ्नो बाल्यकालको साथी हो कि हैन भन्ने पक्का गर्नेछे ........

No comments:

Post a Comment

उप्रेतीको “अन्तर्य एक सङ्घर्षशील जीवनको कथा” मा घोत्लिदा

  लामोसमयपछि पुस्तकका बारेमा शब्दहरु कोर्दै छु। कहीलेकाहीँ सोच्छु कैयौं पुस्तकहरु पढिसके। अब होस् पढ्दिन । फेरि जब कुनै नयाँ पुस्तक हातमा र...