परिबर्तन
भन्छन् सम्बन्ध दुई ब्यक्तिबाट सुरु भएर अन्न्त अन्न्त काल सम्म चल्छ र चलिरहन्छ।
तर उ त्यसो मान्दिन किनकि उ उसंग जोडिने हरेक सम्बन्धलाई घृणा गर्छे। अरुसंग उसलाई
कुनै मत्लब छैन अरुका सम्बन्धसंग पनि कुनै मत्लब छैन,अरुका
सम्बन्धलाइ त उ यति सम्मान गर्छे कि सायद दुनियाँ नै पछाडि पछि पर्छ होला उसका
अगाडि । बस उसलाई घृणा छ आफूसंग जोडिएका र आफ्नो वरपर आफुलाइ घेरेका सम्बन्धसंग ।
यसै त उसलाइ अजन्वीहरुसंग बोल्न त्यति मन पर्दैन र उ त्यती बोल्दा पनि बोल्दिन
। उसलाइ आफ्नै साथी नै ठिक्क छ्न बोल्नलाइ। उसलाई प्राय एकान्त धेरै मन पर्छ उ
एकान्त पाईभने त्यही एकान्तमा आफुलाइ पनि भुलाइ दिन्छे । एकदिनको कुरा हो उ
त्यस्तै एकान्तमा आफुलाइ भुलेर रमाउदै थिइ त्यति नै बेला उसको एकान्तलाइ
खल्बल्याउन एकाएक एक अज्नबी युवक आइपुग्यो। आफ्नो एकान्तलाई यसरी खल्बल्याएको
देखेर उसलाइ त्यो अज्नबी युवकसंग कम्ति रिस उठेको हैन तर के गर्नु एकाएक त्यसरी
रिस पनि देखाउने नमिल्ने उ चुपचाप त्यही बसिरही । अज्नबि मान्छेले उसंग भन्यो
"मैले तिम्रो एकान्त लाई भंङ्ग गरेकोमा माफ पाउ" उसको आवाज यति नरम र
मीठो थियो कि एकछिन अघिसम्म उठेको रिस पनि मारिदिएको थियो । अनि उसले भनी
"केही छैन केही काम थियो कि ? उसले सोधी"।काम केही थिएन तिमि यसरी
बसेको देखेर तिमिसंग कुरा गर्न मन लाग्यो म यहाँ नया हु मलाई एक्लै बस्न पनि दिक्क
लाग्छ यसैले।
यसपछी उनिहरु हेर्दाहेर्दै कुरा गर्दैजादा एकाएक बर्सौ छुटिएर भेटेका साथी
जस्ता भए एकअर्का बारेमा एकअर्कालाइ भने एकअर्काका कुरा एकअर्काले सुने ।
कुरैकुराको सिलसिलामा अज्नबी युबकले भन्यो म मेरो बाबाआमालाइ धेरै माया गर्छु
उहाहरुले मेरा हरेक चाहिने नचाहिने सबै इच्छालाई पूरा गर्नु हुन्छ र पूरा
गर्नुभएको छ म त चाहान्छु मेरो उहाहरुसंगको सम्बन्ध जन्मजन्मसम्म पनि यसरि नै
रहिहोस । म हरेक जन्ममा उहाकै सन्तान रहिरन पाउ यस्तो सम्बन्ध भगवान हर कसैलाइ
दिउन ।त्यो अज्नबी युबकको कुरा सकिन नपाउदै उ त्यहा बाट एकाएक फर्किएर कोठा आइ उसलाइ जान्छु पनि नभनि अनि सोच्न थाली उसका कुरालाइ आमा त ल
ठिक छ,आमा हरेक सन्तानलागि प्यरी हुन्छिन तर बाउ उफ अनि उ आफ्नो आजबाट बिगत तर्फ
हराइ।
एकदिनको कुरा उ सानि थिइ र धेरै रोइरहेकी थिइ परबाट कोहि आकृती आइरहेको थियो
हातभरी चक्लेट र खेलौना बोकेर, उ जति जति उसको नजिक
हुँदै जान्थ्यो उ उतिउती आफ्नो बाबालाइ कल्पना गर्थी तर त्यो आकृती अरु कसैको
हुन्थ्यो र उ खिन्न हुन्थी यसरी नै उसको बाल्यकाल बित्दै गयो उ बिस्तारै ठुली
हुँदै गइ । उसकी आमाले उसलाई खुब माया गर्थिन उनी चाहान्थिन छोरी सहि गलत छुट्याउन
सिकोस भबिस्यमा राम्रो गरोस त्यसैले पनि उनीले उसलाइ बिध्यालय पठाएकि थिइन। पहिला
पहिला त उ कुरा बुझ्दैन थिइ किन बाबाले उसलाइ माया गर्दैनन किन बाबा र आमा बिच
जहिले झगडा र कलह मात्र हुन्छ तर जब उ ठुली भइ सहि ज्ञानको फरक छुट्याउन सक्ने भइ
अनि उसले थाहा पाई ।
उसको बाबुको चाहाना छोरा हो उसलाई पनि छोरा भनेर जन्माएका रे उसका बाउले जब उ
छोरा हैन छोरी भएर यो संसारमा आइ उसका बाउले उसकि आमासंग दिनहुँ छोरा कै लागि
किचकिच गर्न थाले र बाबू आमाको सम्बन्धमा यति धेरै फरक आयो कि यसको असर उमाथी पनि
प्रत्यक्ष पर्न थाल्यो ।
जुन दिन उसका बाउ उसकी आमासंग किचकिच गर्दै उ छोरी भएर जन्मेकोले उसका बाउको
इज्जत समाजमा घटेको कुरा भन्दै गरेको सुनी त्यो दिनदेखि बाउ भन्ने शब्दैलाइ नै
उसले घृणा गर्न थाली र बाउसंग जोडिएको उसको सम्बन्धसंग पनि घृणा गर्न थाली
उसकोलागी उसको बाउ मात्र एउटा त्यस्तो पात्र हुन जसलाइ समाजले पुरुषको नाम दिएको छ
। उसले जहिले बाउ र बाउसंग जोएको सम्बन्धलाई घृणा गर्थी तर उसकी आमा जहिले उसलाई
सम्बन्धलाई सम्मान गर्न भन्थिन र सिकाउथिन । उ आमाका कुरा काट्न त सक्दैन थिइ तर
बाउलाइ सजिलै माफ पनि गर्न सक्दैन थिइ न बाउसंग जोडिएको सम्बन्धलाई सम्मान नै गर्न
सक्थी जुन दिन देखि उसले गाउँ छोडेकी थिइ उसले आफ्नो बाउ र उनिसंग जोडिने रहेक
सम्बन्धलाई भुलिसके कि थिइ उसको वरिपरी कोहि थिएन, थिए त केबल उसकी आमा अनि उसका केही साथी बस।
आज त्यो अज्नबि युबकको कुराले उसलाई नचाहेर पनि उसलाई उसको बिगतसंग सामाना
गराइदिएको छ । सोच्न बाध्य भएकी छ उ जुन बाबुलाइ उ एउटा पुरुष बाहेक केही देख्दिन, जसकालागि
सम्बन्ध मात्र भन्नलाइ हुन्छन् के ती बास्तबमा नै त्यो युबकले
भनेका जस्तो प्यारो र पबित्र र आत्मीय हुन्छ त । उसले सोचे जस्तै सम्बन्धको डोर
बलियो हुन्छ त,जसले अन्न्त कालसम्म एकअर्कासंग बाधेर राख्ने सकोस।
अनि उसले निर्णय गर्छे उ फेरि त्यो अजन्बी युबनसंग भेट्नेछे र उसंग आफ्ना सारा
कुरा साट्ने छे के थाहा त्यसपछि उसको बाउलाइ र बाउसंग
जोडिएको सम्बन्धलाई हेर्ने नजर परिबर्तन पो हुन्छ कि !!!
मीठो प्रस्तुति । राम्रो लाग्यो ।
ReplyDeletethank u so much !!
ReplyDeleteArticle ramrai cha......keep on writing!
ReplyDeletethank u !!
Delete