यति धेरै स्वर,
फेरि पनि म शून्यताको यात्रामा सयर गर्दैछु
आफूदेखि आफूसम्मको यात्रा,
आफ्नो मनदेखी आफ्नै मनसम्मको यात्रा
सायद पहिलो पटक,
यहाँ केही छैन न सुन्दरता, न कुरुपता
न झुट, न सत्य, न भ्रम, न वास्तविकता,
मात्र उज्यालो! यस्तो उज्यालो जो
मेरो कल्पनाभन्दा बिल्कुलै भिन्न छ,
यस्तो खाली कि जो आफैमा भरीपूर्ण छ,
म कसरी बयान गरु- यो यात्रा
यो कति रोमान्चित छ
यो कति आनन्दमय छ,
सारा संसारको सुख एकातिर
यसको एकपलको आनन्द एकातिर,
यस्तो लाग्छ दौडिएर जाऊ
र यसको आनन्द सबैलाई बताउ
तर फेरि सोच्छु "यहाँ विश्वास कसले गर्छ।"
त्यसैले म यी दिनहरुमा
बस यो यात्रा स्वयम महसुस गरिरहेक छु
मलाई यो यात्रामा अझ अगाडि पुग्नुछ
र भेट्नु छ यस्तो आँचल
जहाँ म निदाउन सकु एउटा मीठो निन्द्रा ।।

No comments:
Post a Comment