Yamunathapablog

Friday, October 22, 2021

केही आफ्ना कुरा ....

प्रीयतम 
तिमीसंगको सम्बन्ध सकिएपछि मैले कहिल्यै तिमीलाई अथवा

सम्बन्धलाई दोष दिने गरीन किनकि जति तिमी त्यो सम्बन्धमा थियौ त्यति म पनि थिए, जति समय मैले त्यो सम्बन्धमा खर्चेकि थियौ त्यति तिमीले पनि खर्चेका थियौ, सँगै हुन्जेल राम्रो, नभए पछि नराम्रो भन्ने कुरा मेरा लागि गौण हो र आसा छ तिमी पनि त्यसरी नै सोच्नेछौ । थाहा छ कहिलेकाही सोच्छु ती आँखा बन्द गरेर अस्वीकार गरेका प्रस्तावहरुको बारेमा जुन कयौं वसन्तहरु बितिसक्दा पनि यादका तरेलिमा अझ संग्लो भएर नजर आउछन् र मलाई ति अस्वीकार भएका प्रस्तावहरुसंग अझ अझ धेरै प्रेम हुँदै जान्छ र म त्यो प्रेमको गहिराईमा अझ अझ डुब्दै जान्छु ..... ।

तिमी र तिमीसँगको प्रेमले जति महत्त्व राख्थ्यो जिन्दगीमा त्यही नै महत्त्व स्वयम् जिन्दगीले पनि राख्छ जिन्दगीमा । मनले गरेको प्रेम हो छुट्दा दुख्नु, टुट्दा मन छट्पटीनु स्वाभाविक हो यो कुरा तर आँखाहरुमा आँसु पारेर कस्लाई देखाउनु छ दु:ख, कसलाई जताउनु र पिडा ...... 

र त प्रेममा कहिल्यै गुमान भएन कि त्यो मेरो प्रेम मेरो कहिल्यै भएन अनि मैले त्यो प्रेमसँग गुनासो पनि कहिल्यै गरिएन किनकि त्यसमा कमि पनि कहिल्यै नजर आएन । त्यसैले त म मान्ने गर्थे प्रेम गुलाफको फूलमा हैन मनमा फूल्नु पर्छ, प्रेम गर्छु भनेर दावा गर्नेहरुले प्रेममा न कुनै भ्रम,न कुनै शर्त बस प्रेमसहित प्रेम जगाउन सक्नुपर्छ किनकि यो सहरमा तनसंग प्रेम गर्नेहरु हजारौं भेटिन्छन् मन त सदा मनसंग प्रेम गर्नेको प्रतीक्षामा हुन्छ । साँच्चै कसैले ठिकै भनेको हो "जिन्दगीमा सुख र दु:खका पलहरु बराबर हुन्छन् तर सुखको पल छोटो जस्तो लाग्छ अनि दु:खको पल धेरै जस्तो लाग्छ ।" 

हिजो सँगै हुदा जति तिम्रो लागि जति इज्जत थियो मनमा आज पनि त्यति नै छ किनकि जिन्दगीमा जति मान्छेहरु जोडिन्छन् ति सबै मनसम्म पुग्दैनन् त्यसैले मनसम्म पुग्नेहरु खास नै हुन्छन् । हामीमा ठूलो भ्रम छ प्रेम गरेपछि बिबाह गर्नै पर्छ, प्रेमी/प्रेमिकासंगै हुनैपर्छ । तर कसले सम्झाउओस् यो समाजलाई प्रेम गर्नु र बिबाह गर्नु नितान्त फरक कुरा हुन भनेर अझ मनसँगको प्रेम, जुन धेरै कम भोग्न पाइन्छ, अझ धेरै कम देख्न पाइन्छ । मैले तिमीलाई भूल्नको लागि कहिल्यै प्रेम गरिन त्यसैले तिमी आज पनि उस्तै छौ मेरो प्रेमको संसारमा .... .....

तिमीलाई थाहा छ हिजोआज प्रेमको बगैंचामा गुलाफहरु फूल्दैनन्, बस वासना र हबसको नमिठो गन्ध मात्र नजर आउछ, प्रेमिहरु प्रेमिकाभन्दा बढी रात बिताउने खेलौनाहरु खोज्न थालेका छन् त्यसैले त हेर प्रेमको बगैंचामा क्याक्टस उम्रेको छ प्रेम रसाउने मन पत्थर हुँदैछन् अनि प्रेमको कतै नामनिशान छैन। 

तिमीले आँखा बन्द गर्न लगाएर हातमा राखिदिएको एक थुङ्गा फूल अझै छ मसँग अनि हरपल पवनमा मिसिएर बहन तिम्रो प्रेम हरक्षण महसुस हुन्छ मलाई ........ यो मेरो प्रेमप्रतिको प्रेम हो, प्रेमप्रतिको भक्ति हो । र आज पनि मैले यो प्रेमलाई आफूभित्रै समाहित गरेकी छु किनकि यो मेरो प्रेम हौ र मैले प्रेम गर्न नै यसैबाट सिकेकी हुँ ।

हो मलाई तिम्रो हुनु थियो, तिम्रो सानिध्यताकि म कायल थिए तर मैले होस भने गुमाएकी थिएन, मैले तिमीसँग प्रेम पनि होसमा नै गरेकी हुँ, तिमीसँग छुटेर जाने निर्णय पनि होसमा नै गरेकी हुँ । मेरो नजरमा प्रेमको आफ्नै ठाउँ छ, आफ्नै अस्तित्व र गरिमा छ । मलाई सम्बन्धहरु त्यतिबेलासम्मका सुन्दर लाग्छन् जतिबेलासम्म तिनमा होस् बाकीँ रहन्छ इज्जत र गरिमा बाकीँ रहन्छ ... हामी सोच्छै हामीले जिन्दगीका फैसलाहरु गर्छौ तर हामी भ्रममा छौ किनकि हाम्रोलागि फैसला जिन्दगीले गरेको हुन्छ, हामीले त बस त्यो फैसलालाई होसमा रहेर अमल गर्दै जाने मात्र हो ।

हामी सधैँ प्रेममा मापन मात्र किन गर्छौ के कहिल्यै एकै हुन्छ, हुन सक्छ र आमाको प्रेम र प्रेमी/प्रेमिकाको प्रेमी । 

कहिल्यै सोचेको छ कसैले ... .....

तिमीलाई एउटा कुरा बताउ रङ्गहरुको मात्र सहि भयो भने मात्र हो सुन्दर इन्द्रधनुश बन्ने नभए त त्यो मात्र रङ्गहरुको मिश्रण बन्छ कालो दाग बन्छ जुन साह्रै कुरुप हुन्छ ।

यि दिनहरुमा तिमी कहाँ छौ , कोसँग छौ ? यो जान्ने पटक्कै चाहाना रहेन, प्रेमको उपस्तिथि तिमीमा कति छ त्यो जान्ने चाहाना पनि छैन । किनकि खुसीका लागि छुटेकाहरु खुसी नै होलान् यस्तो मनले मानी दिएको छ । 

तर मैले भने यसरी बुझ्न थालेकी छु .... 

रङ्गहरुमा प्रेम भेटिदैनन्, प्रेममा रङ्गहरु भेटिन्छन् जुन निश्छल, निर्मल र सुन्दर हुन्छन्, कसैलाई पाएर खुसी मनाउनु, कसैलाई गुमाएर दुखी हुनु यो प्रेमको स्वाभाव हैन, न आउनेहरुले प्रभावित गर्न सकुन, न जानेहरुले दुखी नबाउनु सकुन म त्यस्तो प्रेमको आदि हुन थालेकी छु किनकि हिजोआज म प्रेममा पर्न हैन, प्रेममा हुन सिकिरहेकी छु, जहाँ प्रेमको कुनै सिमा नहोस्, प्रेमको कुनै बार बन्धन नहोस् प्रेमको कुनै उमेर नहोस् प्रेमको कुनै भेद नहोस्, प्रेमको कुनै हद नहोस् बस होस् त प्रेम नै प्रेम, वर्षियोस् त प्रेम नै प्रेम सबै सबैको लागि ।


1 comment:

उप्रेतीको “अन्तर्य एक सङ्घर्षशील जीवनको कथा” मा घोत्लिदा

  लामोसमयपछि पुस्तकका बारेमा शब्दहरु कोर्दै छु। कहीलेकाहीँ सोच्छु कैयौं पुस्तकहरु पढिसके। अब होस् पढ्दिन । फेरि जब कुनै नयाँ पुस्तक हातमा र...