Yamunathapablog

Sunday, October 3, 2021

"मनसँग मनको मिलन परमसत्य हो"

कहिले चाहाना हुदाहुदै 

भेट्न सकिएन 
कहिले दुरीले भेटे चाहा
पूरा हुन दिएन,

वर्षादलाई के दोष दिऊ 
ऊ स्वयम् अडिन सकेन 
घामलाई के दोष दिऊ 
ऊ स्वयम् जलिरहेको छ, 

प्रेमको मामिलामा मन
केवल प्रेम खोज्छ 
तनको स्पर्शको यहाँ 
सवाल नै भएन,

तिमीले प्रेम मिसायौ 
पवनका झोकामा 
तिमीले प्रेम वर्षायौ 
नदिका बहाबमा, 

त्यसैले होला आज 
पवनले अधर चुमेर गयो 
त्यसैले होला आज 
नदि उन्माद सुसायो,

हो त्यही समय आफ्नै वरिपरि 

पवन बोले जस्तो लाग्यो 
"भेट तनको बाकीँ हो"
नदिले जिस्काएको जस्तो लाग्यो 
"मनसँग मनको मिलन परमसत्य हो" ।

No comments:

Post a Comment

उप्रेतीको “अन्तर्य एक सङ्घर्षशील जीवनको कथा” मा घोत्लिदा

  लामोसमयपछि पुस्तकका बारेमा शब्दहरु कोर्दै छु। कहीलेकाहीँ सोच्छु कैयौं पुस्तकहरु पढिसके। अब होस् पढ्दिन । फेरि जब कुनै नयाँ पुस्तक हातमा र...