"फेरि भेटौला" भन्नू व्यर्थ छ
किनकि समयको पर्दा बन्द,
"आज" तिम्रो हो यसमा कुनै शंका छैन
एकपल पछि "के हुन्छ" समयले बताउदैन,
"हिजो" तिम्रा यादहरु हुन
चाहे सुन्दर हुन, चाहे कुरुप हुन,
किनकि समय न फर्किन्छ
समय न बदल्न सकिन्छ,
सकिन्छ त बस कर्म गर्न
सत्कर्म या दुष्कर्म
फेरि निर्णय मात्र "तिम्रो हुनेछ",
समयले त बस कर्मको फल दिन्छ
तर फल कस्तो मिल्छ ?
त्यो तिम्रो कर्मले निर्धारण गर्नेछ ।

No comments:
Post a Comment