Yamunathapablog

Saturday, April 18, 2020

त्यो दिलमा तस्बिर छ मेरो

असिमित प्रेमका भाकासहित यि नजरमा प्रतीक्षा छ तिम्रो
तिम्रा झुकिरहेका नजरमा जवाफ छ त्यो दिलमा तस्बिर छ मेरो,

जमानाको कुन रितमा अल्झियौ तिमि जान्दिन म
बेपर्वाह भन्छु साँच्चै तिमि बिना बेपर्वाह छु म,

तिमिसंग छ बेचैनी त तिमिसंगै छ चैन मेरो
तिम्रा झुकिरहेका नजरमा जवाफ छ त्यो दिलमा तस्बिर छ मेरो,

तिमिले मेरो मनको प्रेम बुझेयौ कहिल्यै 
त्यसैले त हाम्रो प्रेम मात्र मेरो प्रेम भयो सधैं,

केही थिएन म तिम्रो लागी तर दुनियाँ थियौ तिमि मेरो
तिम्रा झुकिरहेका नजरमा जवाफ छ त्यो दिलमा तस्बिर छ मेरो,

कोसिस गरेकै हुंँ मैले फुकाउने सम्बन्धका ती गाठोहरु
तर सकिन भुल्न मैले तिम्रा ती बेमल्तबका इल्जामहरु,

बिर्सेयौ तिमिले तर अझै तिम्रो नाममा धड्किन्छ मुटु मेरो
तिम्रा झुकिरहेका नजरमा जवाफ छ त्यो दिलमा तस्बिर छ मेरो,

कयौं पल बितिसक्दा पनि सोच्छु कतै फर्किन्छौ कि तिमी
फेरि सम्झाउछु मनलाई कहिल्यै साँचो नहुने झुट थियौ तिमी,

असिमित प्रेमका भाकासहित यि नजरमा प्रतीक्षा छ तिम्रो
तिम्रा झुकिरहेका नजरमा जवाफ छ त्यो दिलमा तस्बिर छ मेरो।।

3 comments:

उप्रेतीको “अन्तर्य एक सङ्घर्षशील जीवनको कथा” मा घोत्लिदा

  लामोसमयपछि पुस्तकका बारेमा शब्दहरु कोर्दै छु। कहीलेकाहीँ सोच्छु कैयौं पुस्तकहरु पढिसके। अब होस् पढ्दिन । फेरि जब कुनै नयाँ पुस्तक हातमा र...