छाउसंगको पैठाजोरि
त्यतिबेला यस्तै कक्षा आठमा पढ्थे होला। जब पहिलो पटक महिनावारी भएकी थिए म ।त्यतिबेला धेरै नभएपनी अलि अलि जानकारी थियो महिनावारी स्वास्थ बारे । तैपनी हिन्दु समाज अनि यसको रुढीबादी परम्परासंग कस्ले सकोस् ।मनमा एक किसिमको डर बोकेर साथीलाई भने अनि साथिले घरमा आमालाई । अनि आमाले के सोच्नु भयो त्यतिबेला थाहा भएन । तर अहिले सोच्दा लाग्छ आमालाई लाग्यो होला छोरी ठुलि भई ।अनि आमाले साथी र घर वरपरका काकिहरुलाई भनेर घर बाट केही पर रहेको भैंसी गोठमा मेरो बस्ने ब्यवस्था गरिदिनु भयो । उफ् बालापन मनले के सोच्यो कुन्नि म रुन पो थालेछु साच्चै साह्रै दु:ख अनि नराम्रो लागेको थियो त्यतिबेला कहिल्यै घरबाट टाढा नगएकी म त्यतिबेलाको त्यो क्षण बनबास भन्दा कम लागेको थिएन मलाई । नजिकै जङ्गल अनि न साथीसंगि,स्कुल पनि जान नपाईने त्यो क्षण लाग्यो साह्रै ठुलो पापको सजाय हो महिनावारीको समय महिलाकोलागि । जतिजति महिनावारीका दिनहरु बित्दै जान्थे मेरा दिनहरु कष्टकर बन्दैथिए ।घरको धुरि,सुर्य किरण हेर्न नहुने बाको र भाईको मुख हेर्न नहुने,अनि दूधका परिकार खान नहुने उफ् ती दिन आज पनि कल्पना गर्न सम्म डराउछु म ।
जब एक दिन,दुई दिन हुँदै सात दिन बिते । म त्यतिबेला नै अलि बिद्रोह स्वाभाविकि थिए त्यसैले पनि होला मलाई अति भइसके छ क्यारे म त सात दिन मै घरमा आए ।वरिपरिका मान्छे हेर्न सम्मै आए रमिता भए झै गरेर, र त्यो कुनै रमिता भन्दा कम पनि थिएन। किनकी त्यतिबेला थोरैमा पनि नौ वा एघार दिन त महिनावारी बार्नु नै पर्थ्यो र अझै पनि पर्छ । म घर त्यसरि आएको देखेर आमा हेरेको हेर्यौ हुनु भयो।।बहिनी भने खुशी भइ सायद सानै भएपनी बुझिछ त्यसले मेरो पिडा भन्ने लाग्छ त्यतिबेला,अहिले सोच्दा । आमाले खै के सोच्नु भो कुन्नि रातो टिका लाएर हातमा तेल दिएर भन्नू घर भित्र आइजा अब । त्यो क्षण मेरो जिन्दगीको साच्चै सबैभन्दा खुशिको क्षण थियो। महाभारत भन्दा पनि ठूलो युद्ध जितेकी थिए मैले त्यतिबेला। मैले त्यतिबेला जिते जस्तो लागेको युद्ध आज झन बिकराल रूपमा समाजमा जरा गाडेर बसेको देख्दा साह्रै दुख लाग्छ । यो कस्तो अन्याय हो महिलाहरुलाई । अस्तिभन्दा हिजो अनि हिजोभन्दा आज झन गम्भीर समस्याको रुपमा देखा परिरहेको छ हाम्रो हिन्दु अनि पश्चिमि समाजमा।
सुन्दर सुदुरपश्चिम सुन्दर पश्चिम यहि भनेर सम्बोधन गर्छौ हामी पश्चिम नेपाललाई हाम्रो पश्चिमलाई । हरेक कुरामा पोख्त देखिने पश्चिम किन यति नमिठो र अभद्र सुनिन्छ एउटै कुरा छाउपडिको कुरा आउदा ।जब कि हामि जान्दछौ यो प्राकृतिक प्रक्रिया हो भनेर । प्रकृतिलाई हामी भगवान मान्छौं र पुज्छौ भने हामीले प्रकृतिका हरेक नियम र प्रकृयाहरुको पुजा गर्नु पर्ने हो तर विडम्वना कतिपय ब्यवहारहरुमा प्रकृतिको यस्तो नियम लागु नहुने रहेछ बरु यो त पुजा नभएर पाप तथा अभिशापका रुपमा परिभाषित गरिने रहेछ । जसको ज्वलन्त उदाहरण हो हाम्रो पश्चिम समुदायहरुमा प्रचलित छाउपडी प्रथा । महिलाहरुमा हुने रज्वश्वला अर्थात महिनाबारी प्रक्रिया ।
आज राष्ट्रले महिला सशक्तीकरणको नयाँ आयाम छोइरहेको बेला मध्य पश्चिम र सुदुर पश्चिमका छोरी बुहारीहरु छाउपडी कुडिमा बसि छाउ बार्न बाध्य छन्। छाउपडी जस्तो घिनलाग्दो परम्परामा जीवन मृत्युसंग जोरि खेल्न बाध्य छन् । शरिरमा आउने परिवर्तन र नयाँ जिबनको आरम्भ हो रजस्वला तर यहि कुरालाई हाम्रो समाजले बुझेर पनि बुझ्न नसक्दा र पचाउन नसक्दा सुदुर पश्चिम र मध्यपश्चिमका अधिकांश छोरिबुहारीहरुले अकालमा नै ज्यान गुमाउनु परेको घटना दिन प्रतिदिन आजकालका पत्रपत्रीका तथा रेडियो टेलिभिजनका मसालेदार तर लज्जास्पद समाचार बनिरहेकका छन ।यसतर्फ कहिले र कसरी ध्यान दिने ,समाज भन्न त भन्छ नारी लक्ष्मी हो,देबि दुर्गा अनि देबि सरस्वतीको प्रतीक हो ।
तर महिनावारी जस्तो संबेदनसिल बिषयमाथी समाजको लापरबाही देख्दा लाज लागेर आउँछ समाजदेखि ।देबिदेबता रिसाउछन्, गाईभैसी बौलाउछन भनेर, न त महिनावारीको समयमा घरमा बस्न दिइन्छ ,न त दुध दहि जस्तो प्रोटिन युक्त खाना नै । यो देख्दा अचम्म लाग्छ कि हाम्रो समाजलाई कहिल्यै नदेखेको भगवानको चिन्ता छ,जनावरको चिन्ता छ तर आफ्नै छोरी,बुहारिको ज्यानको चिन्ता छैन। यहाँसम्म कि उनिहरुलाइ नुहाउने र लुगा धुने ठाउसम्म पनि छुट्याइएको हुन्छ समाजको यस्तो रुप देख्दा समाजलाई समाज भन्न पनि रुचाउदिन म कहिलेकाही ।
जब छाउगोठ भत्काउदैमा छाउपडिको अन्त्य हुन्छ भन्ने मानसिकताका साथ गाँउ गाँउ पसि धमाधम छाउगोठ भत्काइरहेका एनजीओहरु देख्छु हासो उठ्छ,महिलाहरुका नाममा फेरि अर्को उपहास गरे झै लाग्छ । जब म मध्य तथा सुदुर पश्चिमलाई आफ्नै नजरबाट निहाल्न खोज्छु किन आज सामान्य रजस्वलाको बिषय त्यहाँको बिकराल समस्या बनेको छ। महिला माथी हुने बिभेद र अन्यायको हद बनेको छ ।तर जवाफमा मौनता शिवाय केही पाउदिन । एकातिर सुन्दर पश्चिमको नारा जोरजोरले घन्किरहेको छ अनि अर्कोतिर हामी जस्ता छोरिहरुको रोदनको आवाज त्यो नाराभित्र गुमनाम भएको छ।
मान्छु म पश्चिम नेपाल हरेक कुरामा पछाडि छ ।अशिक्षित छ,अबिकसित छ,तर त्यहा केही शिक्षित बर्ग पनि त छन्,हुनेखाने बर्ग पनि त छन् ।तिनीहरु बाट नै छाउपडिको अभ्यास धेरै भएको र महिनावारीको समयमा छिछी र दुरदुर गरेको देखेकी छु मैले । जब म पहिले पल्ट महिनावारी भएकी थिए । मलाई छाउगोठसम्म पुर्याउने मेरि आमा थिन् जो संग उच्छ शिक्षाको प्रमाणपत्र थियो । अनि त्यहा म जस्ता धेरै छोरिहरु छाउगोठमा बस्न बाध्य भएका थिए र छन् जबकी हाम्रो समाज त्यहाको शिक्षित र हुनेखाने समाजमा पर्छ। बारम्बार सुन्ने गरेकी छु मैले महिनावारी हुदा यो नगर,त्यो नगर देवाता रिसाउछन् यहाँ नजाउ,त्यहा नजाउ बस अब एकपटक ति देवतासंग भेट्नु छ अनि गर्नु यस बिषयमा सवाल जवाफहरु ।
छाउपडी प्रथालाई पहिलो पटक फौजदारी अपराधको संज्ञासहित 'मुलुकी अपराध संहिता विधेयक, २०७४' पारित गरेको छ राज्यले तर यो लागू हुन हामिले कुन सदिको प्रतीक्षा गर्नुपर्ने हो थाहा छैन । छाउप्रथा जस्तो संबेदनसिल पक्षमा राज्य ले खासै ध्यान दिए जस्तो लाग्दैन यदि दिएकै भए पनि त्यो देखाओटी मात्र लाग्छ । कहिले हुने राज्य यसप्रति पुर्ण सचेत अनि उत्तरदायी ।अझ कहिलेसम्म पश्चिम नेपालका छोरिहरुले छाउसंग जोरि खेल्दै छाउसंग हारिरहनुपर्ने यो प्रश्न म अनि म जस्ता लाखौं छोरिहरुतर्फ बाट समाजप्रति अनि राज्यप्रति ....
No comments:
Post a Comment