Yamunathapablog

Monday, April 12, 2021

रङ्ग प्रेमको ..

  यी अक्षरहरुमा बाहेक अन्त कहि छैनौ अब तिमी उसका लागी, यी शब्दहरु नै त हुन उसका नितान्त आफ्ना भनेका जसका माध्यमबाट आफुलाई सम्पुर्ण रुपमा पोख्न सक्छे अनि पोखेर तिमिलाई महसुस गर्न सक्छे । तिमिले चाहदैमा प्रेम हुने र तिमीले नचाहदैमा प्रेम नहुने भन्ने हुँदैन, तिम्रो हृदयमा प्रेमले आफ्नो घर बसाइ पो सकेको छ कि एकपटक आफुलाई त्यो प्रेमको आभास सहित महसुस गरेर हेर त !

  सम्झना छ त्यो रातो गुलाफको फूल जुन तिमीले उसलाई प्रेमको उपहार स्वरुप दिएका थियौ । त्यसबेला देखि हो उसले रातो रङ्गसँग प्रेम गर्न थालिकी । तर विडम्बना त्यो रातो गुलाफ ओइलाउनु अघि उसको प्रेम ओइलाइयो तर प्रेमसंगै उसको रातो रंगसंगको मोह हराएन, प्रेम ओइलाएन ।

  उसले सुनेकी थिई "प्रेम गर्नेहरुले सम्झौता गर्दैनन् अनि सम्झौता गर्नेहरुले प्रेम गरेका हुदैनन् .." त्यसैले त आफ्नो जिन्दगीका सबै फैसलाहरु उसले समयमाथि छोडेकी छे ! अब हेर्न यो बाँकी छ कि तिमी के उसको निम्ति त्यो समयलाई उछिनेर उसलाई अनगिन्ती प्रेम गर्छौ भनेर बिश्वास दिलाउन सक्छौ । साँच्चै भन्ने हो भने तिम्रो निम्ति उसको हृदयमा प्रेम अथाह थियो जुन "कति" भनेर ऊ आफैपनी जान्दैन थिई भने कसरि तिमिलाई देखाउन सक्थि बस ऊ त अनुभुती गराउन खोज्थि तिमिले कति अनुभुत गरेयौ र गर्छौ अब जताउने पालो तिम्रो हो । 

  भाग्य भनौ या अरु केही तिमिले दिएको रातो गुलाफ यति छिट्टै फिक्का पर्छ कहाँ सोचेकी थिए र! उसले । थाहा छैन तिमीले आउदा कति वसन्त लिएरका आएका थियौ उसको जिन्दगीमा, तर यत्ती थाहा छ जाँदा भएको सबै बहार पनि लिएर गएका थियौ तिमिले उसको जिन्दगीबाट। मैले सुनेको "उसले आवाद गरिसकी रे तिमीलाई  उसको प्रेमको अङ्गालोबाट किनकि ऊ चाहादिन रे अब उहीँ र उस्तै सम्बन्ध फेरि उसै गरि तिमी र ऊ बिच रहिरहोस् भनेर"। मलाई लाग्छ यी दिनहरुले उसलाई यत्ती त अनुभव गराए कि सम्बन्धमा सम्बन्ध भन्दा ठूलो कुरा आत्मसम्मान हो। आत्मसम्मान बिनाका सम्बन्धहरु निर्जीव हुन्छन्, बेरङ्ग र बेस्वादका हुन्छन् । 

समय पनि कस्तो कस्तो है ...

जति टाढा भाग्छौ हामी आफ्नो नियतसंग 

त्यति नै धेरै ठोक्किन पुग्छौ हामी उहिसंग ..।

  त्यसैले अब बहिस्कार गरि सके कि छ उसले प्रेमका प्रेमिल पलहरु, आदर्श भएका प्रेमिल बातहरु  किनकि उसले बुझन्थालि सकेकी छे यहाँ आदर्श बोक्नेहरु नै सबैभन्दा ठुला ढोङ्गि हुन्छन्। 

 कहिलेकाही म आफै पनि सोच्छु- उसले मात्र तिमिलाई नपाएकी भन्न कहाँ मिल्छ र! तिमिले पनि त उसलाई गुमायौ हैन र !

   साँच्चै भन्ने हो भने बस ऊ चाहान्थी कि बिश्वासको धागोमा गासिएर, तिमिसंग अनन्त यात्राको सुरुवात गर्न सकोस्, प्रेमको प्रेमिल वसन्त छर्न सकोस् जहाँ शिशिर कहिल्यै उदाउने छैन .. जहाँ जगमगाउने छन् त केबल प्रेमका सुन्दर नीला आभाहरु तर अपशोच उसको जिबनमा प्रेम त्यहाँ भयो जहाँ प्रेमको कुनै गुन्जाएस थिएन । उसको मन तिमिलाई हरतर्फबाट स्वीकार्न थाल्यो जहाँ मन स्वयमले बिश्वास गरेको थिएन। सायद त्यसैले पनि होला उसको तिमिसंग साथ पनि त्यही छुट्यो जहाँ कुनै दोबाटो थिएन। 

   हुनात प्रेम प्राप्ती मात्र हैन प्रेममा जिउनु पर्छ, प्रेममा बाँच्नु पर्छ बचाउनु पर्छ प्रेमलाई तिनीहरुले बुझ्छन् जसले प्रेमलाई बाँचे तिनिहरु प्रेमलाई कहिल्यै बुझ्दैनन् जसले प्रेमलाई मात्र प्राप्ती सोचे यो उसको भोगाइ थियो । थाहा छ तिमीलाई फेरि एकपटक ऊ तिमिसंग प्रेम बाँच्न चाहन्थि। यी उजाड बस्तिहरुमा प्रेमको रंगिन वसन्त छर्न चाहन्थि । तर यी सबै कुरा उसको जीवनमा सपना मात्र बनेर रहे हकिकत कहिल्यै बन्न सकेनन् । मैले उसलाई बारम्बार भन्ने गरेकी थिए ऊ आफैलाई पनि दुखाउने हैसियत राख्दिन भनेर किनकि तिमीलाई उसले आफ्नो मनमा राखेकी थिइ र मनको गल्तिमा मस्तिष्क भागिदार कदापी हुन सक्दैन। मनको अगाडि ऊ स्वयम् पनि मजबुर हुन पाउदिन किनकि तबाइ ल्याउने प्रेम प्रेम हैन बर्बादी हो यस्तो मलाई लाग्छ ।

   भन्ने कुरा त कति थिए, ऊ अझ कति कुरा बताउन चाहान्थी। बताएकी पनि थिइ सबै त मलाई याद भएन तर जति याद भए मैले तिमीलाई लेखिदिएकी छु । अन्तमा उसलाई तिमिसंग कुनै गुनासो छैन न हिजो दिनमा कुनै गुनासो थियो, न आज नै गुनासो छ बस उ त तिमिबाट हराउन चाहान्थि यसरि कि जसरी पहिला कहिल्यै नभेट नभएको होस, न जान पहिचान भएको होस् । तिम्रा धोकाले उसलाई यी दिनहरुमा चोट दिरहेका होलान् तर म तिमीलाई आफ्नो तर्फबाट यत्ती भन्छु कि तिमीले आफैले उसलाई दिएको धोकाले  कुनै दिन तिमिलाई पिरोल्नेछ यतिसम्म कि तिमीलाई पश्चयाताबको लायक पनि छोड्ने छैन । किनकि यो सत्य हो जिन्दगी जति रहस्यमय छ त्यति नै भ्रमित पनि छ, हामी कर्मको कुरा गरिरहेका हुन्छौं भाग्यले हाम्रै अगाडिबाट आफु हुनुको प्रमाण छोडेर गइसकेको हुन्छ ।

( यि शब्दहरु अहिलेसमम मेरा थिए अब हजुरकाहरु भए  .... )

1 comment:

उप्रेतीको “अन्तर्य एक सङ्घर्षशील जीवनको कथा” मा घोत्लिदा

  लामोसमयपछि पुस्तकका बारेमा शब्दहरु कोर्दै छु। कहीलेकाहीँ सोच्छु कैयौं पुस्तकहरु पढिसके। अब होस् पढ्दिन । फेरि जब कुनै नयाँ पुस्तक हातमा र...