Yamunathapablog

Wednesday, April 14, 2021

सुकुन भरीएका मुस्कानहरु

कालो बादल वर्षेर धर्तिले मुहार फेरे सरी


फाटेर सुनौलो विहानीछाए सरी 


म आव्हान गर्छु तिमीलाई 

ए उत्साहका किरणहरु 

उमंग र उर्जाका लहरहरु 


यो नयाँ वर्षसँगै 

छरिदेऊ तिमी सम्पूर्ण नेपालीहरुमा 

भरिपूर्ण  उत्साह 

अनगिन्ती उर्जा,


देख्न पाऊ मैले 

जन जन नेपालीका 

मुहारमा खुसीका नूरहरु

सुन्न पाउ मैले 

जन जन नेपालीका 

भाकाहरुमा प्रीतिका गीतहरु,


अनि 

महसुस गर्न पाऊ मैले

थाकेको मनमा अनौठो विश्वास 

सुकेका ओठमा जिन्दगीको गीत

लोलाएका आँखामा चम्किला आभाहरु 


किनकि म जान्दछु 

ए नव वर्ष 

अन्त्य नै आरम्भको हो

आरम्भ नै सुनौलो गन्तव्यको

बाटो हो,


बस यही त चाहन्छन् मेरा नेपाली 

आमाबाबा, दाजुभाई, दिदिबहिनीहरु 

एउटा सुन्दर आरम्भ 

एउटा सुनौलो बिहानी 

विश्वासिलो भविस्य 

अनि सुकुन भरिएका मुस्कानहरु।

#२०७८ बैशाख १  

No comments:

Post a Comment

उप्रेतीको “अन्तर्य एक सङ्घर्षशील जीवनको कथा” मा घोत्लिदा

  लामोसमयपछि पुस्तकका बारेमा शब्दहरु कोर्दै छु। कहीलेकाहीँ सोच्छु कैयौं पुस्तकहरु पढिसके। अब होस् पढ्दिन । फेरि जब कुनै नयाँ पुस्तक हातमा र...