धागोमा उनेर गलामा
पहिरिने पनि मान्छे नै हो
पैतालाले कुल्चेर धुजा धुजा
बनाउने पनि मान्छे नै हो
म फूल,
सुकोमल फूल
कहिले मलाई मन्दिरमा पुर्याउछ यो मान्छे
कहिले मलाई चितामाथी राखेर आफैसँग जलाउछ
यो मान्छे
यसले कहिल्यै अरु पीडा बुझ्दैन
अरुको रोदन सुन्दैन
सुन्छ त आफ्नै खुशी
सुन्छ त आफ्नै रोदन
मलाई पनि दुख्छ
म पनि रुन्छु
यो कहिल्यै देख्दैन मान्छे
देेेख्छ त केेेवल आफ्नै पिडा
केेेवल आफ्नैै दुुुख
साँच्चै मान्छे त साह्रै स्वार्थी छन् । (विश्व कविता दिवस)

No comments:
Post a Comment