Yamunathapablog

Sunday, March 21, 2021

फूल

धागोमा उनेर गलामा


पहिरिने पनि मान्छे नै हो
पैतालाले कुल्चेर धुजा धुजा
बनाउने पनि मान्छे नै हो

म फूल,
सुकोमल फूल
कहिले मलाई मन्दिरमा पुर्‍याउछ यो मान्छे
कहिले मलाई चितामाथी राखेर आफैसँग जलाउछ
यो मान्छे

यसले कहिल्यै अरु पीडा बुझ्दैन
अरुको रोदन सुन्दैन
सुन्छ त आफ्नै खुशी
सुन्छ त आफ्नै रोदन

मलाई पनि दुख्छ 
म पनि रुन्छु
यो कहिल्यै देख्दैन मान्छे
देेेख्छ त केेेवल आफ्नै पिडा 
केेेवल आफ्नैै दुुुख 

साँच्चै मान्छे त साह्रै स्वार्थी छन् । (विश्व कविता दिवस)

No comments:

Post a Comment

उप्रेतीको “अन्तर्य एक सङ्घर्षशील जीवनको कथा” मा घोत्लिदा

  लामोसमयपछि पुस्तकका बारेमा शब्दहरु कोर्दै छु। कहीलेकाहीँ सोच्छु कैयौं पुस्तकहरु पढिसके। अब होस् पढ्दिन । फेरि जब कुनै नयाँ पुस्तक हातमा र...