कोरिदै जाँदा शब्दहरु
रित्तो हुनु पर्ने हैन र मन
किन शब्दहरु यति छिटो दौडिन खोज्छन्
तिम्रो सम्बोधनमा ...
किन अल्झिन्छ मन तिम्रो सम्झनामा
शब्दहरु छान्दा छान्दै समयको गएको
पत्तो पाउदिन ..
तिमी अगाडिबाट अपल भइसक्छौ
नजर तिमी बाट हट्न मान्दैन
सोचेयौ होला तिमीले आफ्नो मुक्कदर मलाई
म त सोच्थे आफ्नो तक्दिर तिमीलाई
मानेर नियती सम्झाए पनि आफूलाई
मनको हो बहकि दिन्छ कहिलेकाही
सम्मालन खोजे पनि
चिच्याइ दिन्छ कहिलेकाही
रोइदिन्छ कहिलेकाही ...
No comments:
Post a Comment