Yamunathapablog

Thursday, May 21, 2020

सम्झना कलिला मनहरुलाई


जिंदगीको सन्तको रंग ओढ्दै गरेर आखामा सुनौला सपना बोकेर हिडेका नानिहरु तिम्रो यो उमेरसंग साह्रै डाहा लाग्छ अनि माया त्यो भन्दा कति हो कति लाग्छ।यो तिम्रो उमेरलाई बाच्ने समय हो,संसारका सारा दुख एकातिर पन्छाएर तिमी मात्र तिमी भएर नाच, गा, उफ्र अनेक सपना देख सपनामा रंग भर, रंग यसरी भर कि बेपर्वाह भएर भर।के थाहा कुन रंग कहाँ सुहाइजाने हो।जब सुहाउने रंग पाउछौ त्यसलाई भने न छोड नि फेरि, त्यसलाई सम्मालेर राख ताकी त्यो रंगले तिम्रो आउने जिंदगीलाई मीठो हुने गरि रंगाओस्। प्यारा नानिहरु जब जब म तिमिलाई देख्छुयो समयमा म आफुलाई तिम्रो उमेरमा राखेर सोच्छु म केके सोच्थे त्यो उमेरमा।के के रहर थिए मेरा त्यो समयमा यस्तै यस्तै। प्यारा नानिहरु जब म तिमिहरुको उमेरमा थिए, थिएनन् मसंग खेल्नलाई यी अनेक प्रकारका खेलौका र गुडिया न थिए मोबाइल र ल्यापटप नैन थियो नेट र ईन्टरनेट नै।हो मलाई यत्ती याद छ बाबाको सानो मोबाइल थियो जसमा रेडियो बज्थ्यो त्यसलाई सुन्न पाउँदा छुन पाउँदा संसारको ठुलै कुरा पाएको जस्तो लाग्थ्यो ।

अहिलेको जस्तो त्यतिबेला बजारमा यति धेरै जंङ फुड कहाँ पाइन्थे र अनि विध्यालयले क्यान्टिन कहाँ खोलेक थि र थाहा छ विध्यालय जादा आमाले कहिले कसो मकै र भटमास भुटिदिनु हुन्थ्यो, त्यही बोकेर म बिध्यालय जान्थे, साथिसंग बाडेर खादा त्यो जति मीठो केही लाग्दैन्थ्यो।आजभोलि पनि सम्झिदा त्यो मिठासले मुख मिठाउछ।अनि सरकारले सरकारी बिध्यालयमा हलुवा दिन्थ्यो हाम्रो लागि मोमो पनि चाउमिन पनि त्यही हलुवा थियो।साच्चै कति मीठो लाग्थ्यो त्यो हलुवा।अझ त्यो हलुवा थाप्नलाई हामी घर देखि नै प्लेट लिएर जान्थियौ ।

कहाँ अहिलेको जस्तो अनुशासनमा निगरानी राख्थे र त्यतिबेला शिक्षकले न ड्रेममा कडाइ नै गर्थे तर पनि हामीमा शिक्षकप्रती छुटै आदर थियो। शिक्षकलाई भगवान मानेर आदर गर्न मन देखि नै आउथ्यो।आमाले दुई चुल्ठी बाटिदिदा यसै यसै गमक्क परेर विध्यालय जानुको आनन्द नै छुट्टै थियोविध्यालय कुनै मन्दिरभन्दा कम कहिल्यै लागेन। विध्यालाय जाने रहर कहिल्यै सकिएन।विध्यालय सकिएको आज कयौं वर्ष हुदा पनि विध्यालय देख्दा लाग्छ फेरि त्यही उमेरमा जाउ र तिनै कक्षा बसु, पढु। विध्यालयको जस्तो मीठो सुगन्ध म संसारमा अन्त कहि पाउदिन।त्यसैले त त्यसै भनेका हैनन् होला विद्धवाहरुले संसरको पबित्र ठाउ भनेकै विध्यालय हो भनेर।

प्यारा नानिहरु मलाई तिमिहरुको तिम्रो उमेरको सम्झना यसकारण पनि अझ बढी आउँछ कि म त्यो अवस्थामा तिमिहरु जस्तै थिए।ठिक तिमी जस्तै न ठूलोमा न सानोमा गाभिन सक्ने।एउटा व्यक्तित्व जो शरीर ठूलो भइसक्छ, तरुणी भइसक्छ र जहाँ आफुभित्र मन नलागी नलागी भाग्न लागेका केटा- केटिले भात पकाइ खेल्ने रहर, पुतलीको पछि भाग्ने रहर यस्तै यस्तै रहरले समेटिएको हुन्छ।

थाहा छ यहि उमेरमा नै हो हामीले सबै कुरा सिक्दै जाने मेहनत र पसिनाको मूल्य थाहा पाउने। मिहिनेत र पसिनाको मूल्य थाहा पाउनु पनि कम उपलब्धि हैन जिंदगीको बरु यो त एउटा कठोर सत्य हो जुन तिमीलेहरु एकदिन स्विकार्ने छौ।एक जना महान दार्शनिकले भनेका छ "जसले काम गर्दैन, उसलाई खाने अधिकार छैन"।

तिमीले खेलेको देख्दा खेल्न मन लाग्दा।तिमीले पढेको देख्दा के पढ्दै छौ भनेर जान्न मन लाग्छ।चित्रमा रंग भर्दै गरेको देख्दा तिमीहरुसंगै बसे ती चित्रमा रंग भर्न मन लाग्छ।साच्चै मलाई जान्न मन लाग्छ तिमीहरुले के सिक्दै छौ कस्तो सिक्दैछौ कतै मोबाइल र ईन्टरनेटको दुनियामा त हराएनौ कतै मोबाएर ईन्टरनेटको आदि त भएनौ।कहि बिर्सियौ कि आफुलाई आफ्नालाई अनि सबैभन्दा ठूलो कुरा आफ्नो देशलाई। मोबाइल र ईन्टरनेटमा संसारलाई चाहार्दा चार्दै कतै तिमीले आफ्नै अस्तित्व त भरापमा पारिरहेका छैन।तिम्रो मोबाइल र ईन्टरनेटसंगको यो मोह देख्दा साह्रै दुख लाग्छ।अब त तिमी बिस्तारै ठूलो हुँदै छौ तिमीमा समबेदनाको विकास हुनुपर्छ।तिमी अल्झिनु हुदैन कसैको ललाई पकाईमा।दया र मायाको  कदर हुनुपर्छ तिम्रो मनमा।

थाहा छ यो संसारमा एकथरी यस्ता मान्छे हुन्छन् जो थोरै दिएर धेरै पाउन खोज्छन्।अर्को थरी यस्ता मान्छे हुन्छन् जोसंग दिएर पनि  पाउने चाहाना न्युन हुन्छ।तिमी कस्तो मान्छे बन्ने त्यो तिम्रो हातको कुरा हुन आउँछ।

तिमी भबिस्यमा के बन्ने कस्तो बन्ने त्यो तिम्रो निजी विचार हो।बस कुनै पेशाप्रती हीनताको दृष्टि नराख।तिमी कल्पना गर्दै जाऊ डाक्टर नर्स बन्नु, डोजर रेल, पानीजहाज, जहाज चलाउनु, आधुकिन कृषि गर्नु .. जुनै काम गर्नु तर पसिनाको मुल्यको मान गर्नु किनकि संसारले कदर गर्ने भनेकै पसिनाको हो अनि पसिनाको कमाई सेतो हुन्छ कालो रंग र धन यहाँ कसैले मन पराउदैनन्।अर्को कुरा तिमीले तिम्रा बाबाआमासंग सिक्ने ठुलो कुरा भनेको दुखको,संघर्ष हो।सोच त तिमीलाई यति ठूलो बनाउनको निम्ति तिम्रा बाबाआमाले कति दुख गर्नु भयो होला, कति संघर्ष गर्नु भयो होला।

प्यारा नानिहरु तिमी झुट कहिल्यै नबोल्नु बाबाआमाको अनादर कहिल्यै नगर्नु देशलाई गाली नगर्नु आफुभन्दा सानलाई माया गर्नु अनि परिश्रम र पसिनामा विश्वास गर्नु तिमीहरुले यी कुरा कहिल्यै नबिर्सिनु।

मेरा मायालु नानिहरु मैले बाढेका अनुभुतिहरु तिमीलाई कथा लाग्न सक्छ तर तिमिले जान्नु पर्छ कथाहरु कसै न कसैका वास्तविकता नै हुन्छ्न्। बस मलाई यति आशा तिमिहरुबाट तिमीहरु यो देशको सुन्दर वसन्त बन्ने छौ।इन्द्रेणीको रंग बनेर र यो उजाड देशको क्यानभासमा आफ्नो हातले सुनौलो भविष्य कोर्नेछौ।बस मलाई यहि भबिस्यको रंगलाई कल्पना गरेर आत्मविभोर हुन मन लाग्छ


No comments:

Post a Comment

उप्रेतीको “अन्तर्य एक सङ्घर्षशील जीवनको कथा” मा घोत्लिदा

  लामोसमयपछि पुस्तकका बारेमा शब्दहरु कोर्दै छु। कहीलेकाहीँ सोच्छु कैयौं पुस्तकहरु पढिसके। अब होस् पढ्दिन । फेरि जब कुनै नयाँ पुस्तक हातमा र...