Yamunathapablog

Saturday, May 9, 2020

खाली खाली


मलाई तिमीसंग कयौं कुरा गर्न मन रैछ,कति कुराहरु भन्नू रैछ तिमीसंग छुटेपछिको यो समयमा याद आउदैछन्।यो गरेको भए हुन्थ्यो त्यो नगरेको भए हुन्थ्यो यस्तो कति कति ... लाग्छ। सोच्थे जिवनलाई कति धेरै भोगिसके तर अब जान्दैछु मैले भोग्न त कति बाकी रैछ कति। पहिलो पटक लाग्दै छ कि बिना प्रेममा पनि यति धेरै शब्द कोर्न मन लाग्ने रैछ र कोरिने रैछन् पनि

सायद मैले प्रेमलाई हेर्ने दृष्टिकोणलाई बदलेर पो हो कि! म के बदल्न सक्थे खै आफूलाई। कति धेरै चाहन्थे म तिमीलाई।कति तिमीसंगै मन पराउथे आफैलाई तर मैले जान्नै सकिन आफैले चाहेको मान्छे पनि टाढा हुन सक्छ भनेर खै किन हुन्छ यस्तो .. अझ म आफैलाई धेरै समझदार भन्छु तर केहि जान्दिन यस्ता कुराहरु ...।
.. न सवाल अब न जवाफ समयको प्रतीक्षा बाहेक अरु विकल्प छैन मसंग यो समयमा।थाहा छैन भोलीले कस्तो समय बोकेर ल्याउने हो मेरा लागि।टुटेपछी जोडिदैनन् यो कुरा मलाई जति कस्लाई थाहा होला र तैपनि तोडिन पुगे।यति धेरै मर्माहित त म सायद पहिला कहिल्यै भएको थिएन होला जिंदगीमा।

अबका दिनहरुमा तिमीलाई यी शब्दमा सजाएर तिम्रो झल्को मेट्न बाहेक केही गर्न सक्दिन  किनकि अब तिमी मसंग छैनौ । तिमी जानू सायद तिम्रो लागि सहि थियो होला किनकि मलाई समय माथी विश्वास छ भोलि राम्रो समय आउला न आउला तर यो समय अवश्य बितेर जानेछ। अनि तिमी पनि धमिलो हुदैजानेछौ मेरो स्मृतिबाट ....मेरो यादबाट

यो समयमा दुखिरहेको मनलाइ शान्त पार्न म कति कोशिशमा छु यो कुराको तिमी त्यसको अन्दाज पनि लगाउन सक्दैनौं तर समय साक्षी छ यसको, यो पलको । यहि समयको साक्षीमा त म आफुलाई अनिकती भएपनि न्यानो पाउछु नभए म पनि केनै हु र....

समय तिमी त साक्षी छौ नि हैन मेरा हरेक दुखसुखको उतारचढावकोजहिले मान्छेहरु नतिजा हेर्छन् इन्टेन्सनलाई खै किन बुझ्दैनन् अनि यसै यसै दुख्न र दुखाउन पुग्छन्। म त बरु आफू दुखेर अरु हास्नु पर्छ भन्ने मान्छे हु। समय मलाई विश्वस छ कुनै दिन तिम्रो अदालतमा तिम्रो न्यालयमा सहि गलतको छिनोफानो हुनेछ र म पनि त्यहि अदालतको हिस्सा हुनेछु

मैले तिम्रो लागि अन्तिम समयमा कोराका शब्द हुन यि खै किन कोर्न सार्है मन लाग्यो। साच्चै थोरै समयको तिम्रो सानिध्यता साह्रै मीठो लागेको थियो मलाई। तिम्रो बोली तिम्रो व्यवहारले साह्रै छोएको थियो यति त मलाई पहिला कसैले छोएको थिएन। त्यसैले त म तिमीलाई जान्नभन्दा बढी महसुस गर्न चाहन्थे। तिमीसंग जिंदगीका हसिन पल बनाउन चाहन्थे तर मैले फेरि बिर्से चाहदैमा सबै कुरा कहाँ पुरा हुन्छ र यहाँ आवश्यकता पूरा हुदैनन् म चाहाना पूरा गर्ने सपना देख्छु। अहिले लाग्दैछ मैले सहि मान्छेसंग गलत अपेक्षा राखे सायद त्यो  पनि आवश्यकता भन्दा बढी ...... 
तिमीसंग छुटेपछि मनले महसुस गरेका कुरा :-.....

- हरेक पटकको म्यासेजपछिको निष्कर्ष "अब कसलाई म्यासेज गर्दैन तिमीलाई त झनै गर्दिन"।  फेरि भोलिपल्ट सुरु हुन्छ "किन नबोलेको, बेपत्ता..... ......" यस्तै यस्तै।

- न दुख्नुको हिसाब छ न दुखाउनुको .. अनायासै मन दुखेको छ भन्नू पनि कसरी, कारण खोज्ने खोतल्नेहरु कयौं भेटिन्छन्, तिमीले दुखायौ भन्नू पनि बेकार छ गल्ती मेरा पनि कयौं छन्

- साच्चै शब्द कोर्न साह्रै रमाइलो लाग्छ तर कहिलेकाही यी शब्द कोर्दाकोर्दै यी शब्द यति भारी लाग्छन् कि यस्तो लाग्छ यिनको भारले म आफै थिचिदै गइरहेकी छु

- मन जलिरहदा यो सोच्छु, यो आगो म आफैले त लगाएको हो, बल्ल मन जल्न सुरु भएको छ विस्तारै विस्तारै म आफै जल्न थाल्नेछु

- बर्बाद पनि के अलि अलि हुन्छौ बर्बाद नै हुन छ सबथोक सहित बर्बाद हौ, तब पो त बर्बाद हुनुको मज्जा आउछ

- केही सपना छुटे, केही रहर छुटे, कति याद छुटे ... ती साथिसंगी छुटे त्यो हासो त्यो, रोदन सब सब छुट्यो सबैभन्दा प्रीय तिमी छुटेयौ

साच्चै तिमीसंग प्रेम त थिएन तर प्रेमभन्दा कम पनि थिएन । के थियो थाहा छैन तर केहि त पक्कै थियो। किन तिमीलाई मनका सारा कुरा भन्न मन लाग्थ्यो । किन तिमीलाई बेपर्वाह सुनिरहन मन लाग्थ्यो सुनाउन मन लाग्यो । तिम्रो फोनको,तिम्रो म्यासेजको किन यति बेग्र प्रतीक्षा हुन्थ्यो यो सब सब कुरासंग म साच्चै यो समयमा पनि अन्जान छु। र अब अन्जान नै हुन चाहन्छु।जानेर पनि के गरु सब सब कुरा थिएरे बदलिसकेपछी  

थाहा छ जब हातमा बिगत रहदैन बर्तमान पनि खाली खाली लाग्ने रैछ । जस्तै यो समयमा मलाई लागिरहेको छ खाली खाली .......


x

No comments:

Post a Comment

उप्रेतीको “अन्तर्य एक सङ्घर्षशील जीवनको कथा” मा घोत्लिदा

  लामोसमयपछि पुस्तकका बारेमा शब्दहरु कोर्दै छु। कहीलेकाहीँ सोच्छु कैयौं पुस्तकहरु पढिसके। अब होस् पढ्दिन । फेरि जब कुनै नयाँ पुस्तक हातमा र...