Yamunathapablog

Tuesday, May 26, 2020

कुरा महिनावारिका



सामान्यतय महिनावारीको समय भनेको बाह्र तेह्र वर्षको उमेर हो।यो समयमा सबै जसो युतिहरुमा महिनावरी हुन्छ।महिनावरीलाई हाम्रो गाँउले ठेट भाषामा छुई, पर सर्नु, पाखा लाग्नु आदि भाषामा सम्बोधन गरिन्छ।हामी सबैले बुझेको कुरो हो महिनावारी हरेक महिलाको मासिक चक्र हो जो महिना दिन विराएर हुने गर्छ ।विश्व समाजले मे २८ अर्थात जेठ १५ लाई महिनावारि दिवस घोषण गरेको छ र यसलाई विश्व भर नै महत्वपूर्ण दिनको रुपमा मनाउने गर्दछ।तर यसरि विश्व समाजमा यसलाई महत्वपूर्ण दिनको रुपमा मनाइ रहदा हाम्रो नेपाली समाजमा भने महिनावारी सजाए र श्राप जस्तै  भएर जरा गाडेको छ।हामी विश्वको नै पुर्वीया समाजमा बस्छौ, जसलाई प्रकासको आगमन हुने ठाँउ मानिन्छ।आज पश्चिममाहरु विज्ञान र प्रविधिको हिसाबमा हामी भन्दा कोषौ अगि पुगिसके।हामी आफुलाई खुब पुर्वीया भन्छौ, तर हाम्रो सोच हाम्रो ब्यवहार कयौं कोष पछाडि नै छ भन्ने हो भने हामि हुनु पर्ने जसरी विकास भएकै छैन


महिनावारी जस्तो संबेदनसिल विषय पनि हाम्रो लागि उपहास झै बनेको छ।चाहे परिवार जति नै शिक्षित, दिक्षित किन नहोस् तर महिनावारी र महिलाका समस्यालाई गम्भिरताका साथ सोच्नुपर्ने कुरामा जहिल्यै पछाडी नै रहन्छ।जति नै पढेलेखेका परिवार हुन महिनावारीका बारेमा खुलेर कुरा गर्न नै मान्दैनन्।यहि डरले कि उनीहरुलाई लाज हुन्छ रे, उनिहरुको इज्जतमा दाग लाग्छ रे।उनीहरुको सो कल्ड समाजले राम्रो मान्दैन रे।यस्तो समाज देख्दा यहि भन्न मन लाग्छ वा रे! शिक्षित वर्ग .....विश्वको पश्चिमा समाज जति जति अगाडि बढ्दै छ, हाम्रो पश्चिमा समाज त्यतै नि रोग, भोग र अन्धविश्वासको खाडलमा गाडिदै छ।महिनावारीको समस्याले जरा गाडेको धेरै हाम्रै मध्य पश्चिम र सुदुरपश्चिम कै समाजमा हो।तर यसो भन्दै गर्दा शहर शहरीकरण भएका गाउमा यो समस्या छैन भन्नू गलत हुन्छ।

म आफू पनि मध्यपश्चिमको समाजलाई प्रतिनिधित्व गर्ने भएकाले त्यहाको महिनावारीको समयमा महिलालाई गरिने व्यवहारप्रती राम्रोसंग अबगत छु।एकातिर महिनावारी जो आफैमा निकै कष्टदायी र पिडादायी हुन्छ नै तर अर्कोतर्फ त्यहाको अन्धविश्वास, देउता रिसाउछन् र अनिष्ट गर्छन् भन्ने विश्वास जसले गर्दा महिनावारी हुनात महिलाका लागि वरदान हो तर त्यो समाजमा श्राप सरि बनेको छ। छाउ गोठमा वर्षेनी ज्यान गुमाउन बाध्य भएका महिलाको कथा एकातिर त छदै छ तर महिनावारीको समयमा हुने नमिठो र कहालीलाग्दो ब्यवहारले पनि मन कट्कै खान्छ। भन्छन् नि "मान्छे विषले भन्दा अमानवताको विषले छिटो मर्छ"। त्यस्तप्रकारको ब्यवहार महिनावारिको समयमा हाम्रो समाजले महिलाप्रती गरिदिन्छ।

शहरमा महिनावारी बारिदैन।छुवाछूत गरिदैन जस्तो लाग्थ्यो। काठमाडौ आएपछि यहाँका केटि साथिसंग हिमचिम बढ्यो साथि बनियो बनाईयो यसपछि उनिहरुको घर कहिले कसो जान थालियो त्यसै क्रममा एकपल्ट एकजना साथिको घर जादा उनी महिनावारि भएकि रहेछिन्। यस्तो बेलामा उनले बारेको देखेर एकपटक फेरि सोच्न बाध्य बनायो माघको चिसो महीनामा पनि चिसो भुइमा सुत्नुपर्ने हरेकदिन चिसो, तातो, बिरामी केही नभनी नुहाउनु पर्ने घरका अरु सदस्यलाई छुन नहुने छोइहाले सुनपानी छर्कनु पर्ने जस्ता ब्यवहार देखेपछि मनमनै सोचे हामी शिक्षित अशिक्षित हुदैमा केही फरक नपर्ने रैछ, महिनावारिको सवालमा गाउ सहर केही नहुने रैछ बस हाम्रो मानसिकताको कुरा रैछ अनि मानसिकता उहीँ पुरानो ढुङे युगमा अड्केपछी जति नै पढेलेखे पनि शरमा बसेपनी केही फरक नपर्ने रैछ।


जब म आफू पहिलो पटक महिनावारी हुदाँका, छाउगोठको कहालीलाग्दो दिनहरुलाई सम्झिन्छु, आफैलाई आफ्नै माया लागेर आउछ। विद्यालय जान न पाउनुको पीडा, खेल्नलाई, कुरा गर्नलाई साथिसंग नहुदाक त्यो क्षण, घरको धुरी हेर्नू हुदैन, बाबाको भाईको अनुहार हेर्नू हुदैन जस्ता रुढीबादी मान्यता सुर्यको पहिलो किरण पर्नु हुदैन, ऐना हेर्नू हुदैन दुधजन्य परिकारहरु खानु हुदैन यस्तै यस्तै धेरै परम्पराले मलाई पनि छोडेको थिएन।आफुले यस्तो समाजलाई र समस्यालाई भोगीसकेको भएर होला मलाई लाग्छ मैले भोगेको जस्तो समस्या र व्यवहार मेरा बहिनिहरु भोग्नु हुदैन अब आउने कुनै पनि छोरीले भोग्नु हुदैन।महिनावारिको केही समयपछि मेरा आमाबाबुले यस्तो कुरा महसुस पनि गरेर होला मलाई घरला ल्याउनु भयो र मलाई घरमा नै राख्नु भयो जुन त्यो समाजको लागि एक प्रकारको विद्रोह नै थियो यसमा म आफैले पनि विद्रोह गरेकि थिए जसको परिणाम आगामिक दिनहरुमा मेरा बहिनिहरु यस्तो समस्यालाई भोग्नु परेन यसलाई म मेरा आमाबाबुको सकारात्मक बुझाए नै भन्छु। तर सवै बाबुआमाले यति सजिल्यै यो कुरा स्विकार गर्छन् भन्ने छैन, न समाजलाई चुनैती नै दिन सक्छन् भन्ने नै छ।किनभने यो समस्या अझै पनि हाम्रो समाजमा जरा गाडेर बसेको छ।



सोच्ने हो भने केहि हैन महिनावारी, यो त छोरी बयस्क हुनुको र छोरी आमा बन्ने प्रक्रियाको एउटा पाटो हो।तर यो किन हाम्रो समाजको लागि  यति अप्रीय छ किन यहि बेस्वादिलो छ यसले हरकसैलाई सोच्न बाध्य बनाउछ। जबसम्म हामीले महिनावारीका विषयमा खुलेर कुरा गर्दैनौ यसलाई घरघरको हिस्सा बनाउदैनौ। तब सम्म महिनावारी हाम्रो समाजको लागि एउटा यस्तो विष बन्छ जसले हामिलाई नै बिस्तारै बिस्तारै नष्ट गर्दै जानेछ।


कहिलेकाही सोच्छु महिनावारी सम्बन्धि मानसिकतालाई लिएर हामी कहाँ चुक्यौ,हाम्रो समाज किन पछाडि रहयो अनि हाम्रो सरकारले किन यो सब टुलुटुलु हेरेर बस्न बाध्य रहयो। यस्ता सवाल मेरा मात्र हैन मजस्ता कयौं युवतिका, महिलाका सवाल हुन।केही समय पहिला सुनेको थिए स्कटल्यान्डको संसदले राज्यका तर्फबाट महिनावारीका क्रममा महिलाले प्रयोग गर्ने प्याड र टेम्पोन (महिनावारीको रगतलाई योनिमार्गमै भरेर बाहिर निकाली फ्याँक्न मिल्ने साधन) निःशुल्क गर्ने प्रस्ताव पारित गरेको उत्साहजनक खबर आएको थियो।यो अनुमोदनबाट स्कटिस संसदले स्यानिटरी प्याड र टेम्पोनलाई अन्य लक्जरी आइटमकै हाराहारी कर लगाउने विश्वव्यापी प्रणालीलाई चुनौती मात्रै दिएको थिएन, स्कटल्यान्ड महिलाको मानव अधिकारको सम्मानका खातिर मर्यादित महिनावारीको नारा व्यवहारमै स्थापित गर्ने पहिलो देशसमेत बनेको थियो। विश्व समाजले आफ्नो देशाका युवतिका लागी महिलाका लागि यति संबेदनसिल भएर सोचिरहदा काम गरिरहदा हाम्रो देशमा हाम्रो समाजमा भने अझै पनि महिनावारीको समय केटिहरु विद्यालय जानबाट बन्चित छन्, उहीँ गोठ छाउगोठमा बस्न बाध्य छन्, देउताको नाममा बलि चढिरहेका छन्।आफ्नैको दुर्ववहार सहन बाध्य छन्।यस विषयमा सरकार र सरोकारवाला गम्भीर भएर कहिले सोच्ने होलान् खै ?

अन्तर्राष्ट्रिय जगतमा प्याड र टेम्पोन निशुल्क हुदा हाम्रो देशामा प्याडको मुल्य आकाशिदो छ।एउटा केटिको लागि चालीस रुपैकै सामान्य प्याडको हिसाब गर्ने हो भने पनि वार्षिक दर तीन हजार पर्न आउँछ अनि गरिब देशका महिलाले प्याड प्रयोग गर्न सक्ने अवस्था कतिसम्म होला सोच्नै पर्छ। कहिलेकाही सोच्छु ढाल निशुल्क गर्न सक्ने सरकाले प्याड किन निशुल्क गर्न नसकेको होला।यो गम्भीर सवाल मेरो मात्र हैन जस्ता लाखौ युवतिहरुको हो

पहिलो पटकको महिनावारी मात्र सकसको विषय हैन हाम्रो समाजमा यो हरेक पटकको महिनावारीको समयको सकसको विषय हो।तल्लो पेट दुख्नु, ढाड दुख्नु, भोमिट हुनु, हातखुट्टा गल्नु, खान मन नलाग्नु चिढचिढ हुनु यी हरेक पटक महिनावारी हुदाका समस्या हुन। अनि यि समस्यालाई हाम्रो समाजले यति हल्का रुपमा लिदिन्छ्की मानौ केही भएकै छैन, केही भएकै हैन।र दुखको कुरो त यो कि यती धेरै मानसिक र शारीरिक पिडाको सामान गर्नु पर्दाको क्षणलाई एकपटक हाम्रो समाजले कहिल्यै गहिरिएर मनन गरिदिदैन।

सुनिन्छ महिनावारीको सवालमा धेरै नीति नियम बन्दैछ्न्, बनेका छन् सरकारले कडा आचार संहिता बनाउदैछ रे।सरकार तिमीले बनाएका नितीनियम कहिल्यै ती कुनाकन्दराका गाउँ समाजमा पुग्ने, कहिले ती आम मान्छेले बुझ्न बरु सरकार सक्छौ भने जनचेतनामुलक कार्यक्रम चलाउ प्याड निशुल्क बनाउ छोरिहरुलाई विद्यालय जान सक्ने वातावरणको विकास गर वर्षेनि छोरिहरुको ज्यान नजाओस् यसतर्फ सचेत हौ र बनायौ यति भन्दै गर्दा यी कुरा सरकारका जिम्मेवारी मात्र हैनन् हामि सबैका जिम्मेवारी हुन्।त्यसैले तपाई, हामि, सबैले महिनावारीक बारेमा खुलेर कुरा गर्यौ समस्यालाई समस्या तर्फ हैन समाधान तर्फ उन्मुख गर्यौ र महिनावारि विवेद मुक्त नेपालि समाजको विकास गर्यौ ।।



No comments:

Post a Comment

उप्रेतीको “अन्तर्य एक सङ्घर्षशील जीवनको कथा” मा घोत्लिदा

  लामोसमयपछि पुस्तकका बारेमा शब्दहरु कोर्दै छु। कहीलेकाहीँ सोच्छु कैयौं पुस्तकहरु पढिसके। अब होस् पढ्दिन । फेरि जब कुनै नयाँ पुस्तक हातमा र...