ह्यापि साउन
एस.एल.सि. सकेर पल्स
टु पढ्नलाई गाँउबाट सहर आएकी थिए म पहिलो पल्ट यस्तै ५/६ बर्ष पहिले असारको महिना
एस.एल.सि. को रिजल्ट आएको थियो अनि साउनको महिना पहिलो हप्ता तिर म काठमाडौ आएकी
थिए । जब माइजुसंग पहिलो पल्ट पशुपति जाँदै थिए त्यतिबेला हो मैले धेरै केटिहरुले हातभरी
हरिया चुरा र मेहन्दिका थरीथरीका बुट्टाहरुले हात सजाउदै गरेको देखेको । गाउँमा
हुदा त साउनको महिनामा पनि रोपाई राम्रोसंग सकिएकै हुदैन्थ्यो। अनि यस्तो बुट्टा भरेर
मेहन्दी लाउन पनि आउदैनथ्यो, अझ भनौ मेहन्दि लगाउने समय पनि हुदैनथ्यो। हामी धेरैमा
गरे तिउरीका मुन्टाहरु टिप्दै कुट्दै त्यसबाट निस्केको रसलाई मेहन्दी भन्दै
लगाउथियौ ।
बिहे गरेका आमा, काकी
र भाउजुका हातमा त मुस्किलले एउटा दुइटा चुरा हुन्थे भने हामी अविवाहित केटिहरुका
लागि के को चुरा, के को मेहन्दी तर पनि हामी रमाएकै हुन्थ्यौ । साउने संक्रान्तिमा
गाईलाई घाँस खुवाउनु पर्छ भन्ने बिश्वास थियो र छ त्यसैले हामी गाईलाई घाँस खुवाउथेयौ
र खुशि हुन्थयौ । खुशी हुनलाई कुनै ठुलो कुरा नै चाहिदैनथ्यो । माटो, ढुङ्गा, घाँस आदि
आदिसंग खेल्दौ हुर्किए कि म काठमाडौ र यहाँको बिकासक्रमलाई देख्दा अनौठो लाग्नु
स्वाभाविक नै हो । जब म यहाँ हुर्कदै गरेका बच्चाबच्ची देख्छु अनि हातमा मोबाइल
नराखेसम्म खाना नखाने तिनीहरुको जिद्दिपन देख्छु, सोच्छु यिनिहरुको भबिस्य कस्तो
होला? जहाँ खुशि हुन पनि बहाना चाहिन्छ ,कारण चाहिन्छ ।
चुरा मेहन्दीको कुरा
गर्ने हो भने नेपालमा चुराको प्रचलनको इतिहास राजा पृथ्वीनारायण शाहसंग जोडिएको
देखिन्छ । त्यसको प्रसंग यस्तो छ– राजा पृथ्वी नारायण शाह गोरखकालीका भक्त थिए ।
उनलाई एक दिन गोरखकालीले सपना दिइन् । सपनामा पृथ्बीनारायणलाई गोरखकालीले भनिन्– ‘तिम्रो पूजा
आजा बाट म प्रशन्न छु । तर तिम्रो पूजाआजा पूर्ण छैन । किन भने मलाई पूजा गर्दा
चुरा र धागो चढाउनु पर्दछ । भनेपछि पृथ्बीनारायण शाहले आफ्नो ससुराली भारतको बनारस
गएको बेला चार घर चुरा र धागोको ब्यापार गर्ने मुस्लिम समूदायका मानिसहरु ल्याएर
गोरखा बजार नजिक ताप्ले भन्ने गाउँमा बस्ती बसाली चुरा र धागो उपलब्ध गराएको
इतिहास छ । यस बाट के बुझिन्छ भने नेपालमा त्यतिबेला सम्म चुरा र धागो प्रचलनमा
आएको थिएन । यसरी इतिहास पढ्दा त्यती बेला नेपालमा चूराको प्रचलन रहेनछ भन्ने कुरा
बुझिन्छ । हरियो चुरा र पोते लगाउने धार्मीक तथा सास्कृतीक महत्व छैन । तर
सुन्दरता र फेसनको रुपमा यसको प्रयोग भएको छ ।चुराको इतिहास इजिप्ट बाट सुरु भएको
मानिन्छ । नेपालमा भने भारतिय संस्कृती र वजार बाट यसको प्रचलन भएको मान्न सकिन्छ
। आधुनिक यूगमा चुरा श्रृङ्गारको रुपमा नारीहरुले प्रयोग गर्दै आएका छन् ।तर हामी
धेरै जसो अरुको सिको गर्छौ र त्यसलाई पछ्याउँदै जान्छौ । यसका राम्रा नराम्रा
पक्षलाई एकातिर राखेर हामी आँखा बन्द गरेर त्यही चिजलाई प्रेम गरिदिन्छौ बिर्सन्छौ
यो गलत पनि हुन सक्छ भनेर।
जब सम्झिन्छु बालपनका
साना साना रहर अनि ती रहर भित्र लुकेका ठुला ठुला खुशी जसको आजपनी लोभ लाग्छ मलाई
।साउनको महिना साच्चै हरियाली हुन्छ। प्रकृतिले आफ्नो सारा मेहनत छरेर
यसलाई हरियाली बनाउछ, वातावरणलाई नयाँ रुप दिएर सिङ्गारिदिन्छ। किसानको घरमा नयाँ
आशा बनेर आउछ । सारा गाँउलेहरुलाई एकठाँउमा जम्मा गरेर रोपाइको बाहनामा खुशि
साट्ने र छर्ने मौका दिन्छ ।हाम्रो इतिहास जे जस्तो भएपनि साउनको महिनामा हरिया
चुरा हात बजाउनुको मज्जा नै छुट्टै हुन्छ, मेहन्दिको रंगसंग माया
साट्नुको अन्दाज बेग्लै हुन्छ । म जान्दिन मेहन्दिको रंगमा प्रेमको मापन हुन्छ कि
हुदैन तर धेरैको बिश्वास यस्तै हुन्छ र छ । कुनै दिन मेरो हातमा सजिएको मेहन्दिले
मेरो प्रेमको मापन गरेछ भने अब अवश्य म यो कुरा भन्नेछु । र म अवश्य चाहन्छु अर्को
पल्ट मेहन्दिले मेरो प्रेमको मापन गरोस् ।
कहिलेकाही सोच्छु रातो
माटोले प्रत्येक दिन दैलो पोत्ने मेरि आमाको हातमा मेहन्दिको रंग त पलभर पनि
टिक्दैन त्यसोभए के मेरा बाबाले मेरि आमालाई माया नै गर्दैन त ? अनि शहरको उच्च
खानदानमा हुर्के बढेको युवती जसको हातमा मेहन्दिको रंग महिना दिनसम्म टिक्छ तर
तिनीहरुले पनि त डिभोर्सका कागजमा हस्ताक्षर गर्दै गरेको देखेकी छु मैले अनि के
तिनीहरुको हातको मेहन्दिको रंगले झुटो बोलेको हो र ! यस्तै यस्तै प्रस्नले पनि सताउछ मलाई कहिलेकाहि ।आजका धेरै
जसो युवा युबतिहरु आफ्ना संस्कार र मूल्य मान्यतासंग अनबिज्ञ छन् । अरुको
रितितिथिलाई अङ्गाल्नुमा नै राम्रो ठान्छन् । जुन नराम्रो हो ।
काठमाडौमा रहदै बस्तै
गर्दा मैले यस्तै यस्तै चिजहरु धेरै देखेकिछु तर जब म मेरो प्यारो गाउँ अनि त्यहाँका
चिजबिज रितितिथी संस्कारहरु सम्झिन्छु, अङ्गाल्छु ओठ अनायासै मुस्कुराउछ, गाउँको
तस्बिर आखामा संङ्गै यसरी बसेको छ कि जसको सहारामा सारा जिन्दगी पनि काट्न सकिन्छ
। यो शहर यहाँका रितितिथिहरुलाई जति गर्दा पनि अफ्नो बनाउन सकिदैन न अपनाउन नै सकिन्छ
साच्चै भन्नू पर्दा शहरसंग त्यस्तो केही छैन जसले मानिसलाई सधैकालागी लोभाउन सकोस्
। आफ्नो बनाउन सकोस् । जब मान्छे आफ्नो जिन्दगीको उत्तार्धमा पुग्छ उसको अन्तिम
चाहाना यहि हुन्छ कि उ आफ्नो ठाउँ गाउँमा आफ्नो अन्तिम सास फेरोस्।र दुनियाँको रित
पनि यहि छ ।
अन्तत बास्तबिकता जे
जस्तो भएपनि भित्रिदै गरेको साउनले हामि सबैको जिबनमा साउन जस्तै हरियालिपन नयाँ
उमंग, नयाँ जोस भरोस्।हरिया चुरा र मेहन्दि बिकृति हैन सद्भाब बनोस्, साउनको महिना
धर्मको महिना पनि हो त्यसैले सबैको जिबन सत्मार्गमा अघी बढोस् खुशि माया प्रेम र
आफ्नोपनले घर परिवार सजियोस् ।
सबैलाई ह्यापी साउन !!
No comments:
Post a Comment