उसँग रङ्गसगँ रङ्ग साटिएको त्यो होलि, खुशीसंग खुशी साटिएको त्यो फागु अनि गालाभरि रङ्ग दल्दै अङ्कमाल गरेर ह्यापी होलि प्यारी भनेको त्यो क्षण भर्खर जस्तो लाग्छ। रङ्गसँग साह्रै नजिन थियो उ । फागु आएपछि त झन के नै चाहियो र उसलाई ! मलाई रङ्गसँग खेल्न त्यति मन पर्दैन थियो तर उसको अगाडि हार्थे म र रङ्गिन पुग्थे रङ्गहरुमा यसैपनि उसका प्रेमका रङ्गमा त म रङ्गिएकै थिए,फागुमा रङ्गिनु कुन ठूलो कुरा भयो र तर म कहिलेकाही साह्रै दिक्क हुन्थे ।उसको जबर्जस्ति रंगयाउने बानिले। उ साह्रै भाबुक थियो त्यसैले पनि सानो सानो कुरा जिन्दगीसंग दाज्थ्यो अनि भन्थ्यो प्यारि जिन्दगी साह्रै कठिन छ, काडेदार छ,जुन काँडा न तिमी न म नाङ्गो आखाले देख्न सक्छौ। र समय पनि साह्रै बिचित्रको छ। म अबाक हुन्थे उसका सवालहरु सुनेर अझ भनौ हैरान हुन्थे म उसका सोचहरु देखेर ।
उ चञ्चल पनि थियो । अनि उसको रङ्ग लगाउने तरिका पनि बेग्लै थियो।उ रङ्ग यसरी लगाउथ्यो कि मान्नै सानो बच्चालाई प्रेमले सुम्सुमाइ रहेछ,मायाले खेलाइरहेको छ।उसको यहि व्यवहारमा यति लठ्ठ हुन्थे कि,म सबथोक बिर्सेर उसको त्यो स्पर्समा हराउँथे । उसका हातहरु गालाबाट मुस्मुमाउदै कहाँ कहाँ सम्म पुगिसक्दा पनि म होस पाउदिनथे साँच्चै उसको स्पर्सले बेग्लै आनन्द दिन्थ्यो,बेग्लै खुशी दिन्थ्यो । त्यतिबेलाको त्यो खुशी उसले फेरि दिन सायद सक्थ्यो सक्थेन म अनुमान लाउन सक्दिन। तर यदि उ हुन्थ्यो भने खुशि र आनन्दकाे अर्कै शिखरमा जरुर पुराउथ्यो हाेला ।
मलाई अझै याद छ त्यो होलिको दिन जहाँ म उसको रङ्गगमा,फागुको रङ्गगमा चुर्लुम्म डुबेकी थिए। सेतो सारिमा उसले छरेको रातो रङ्ग,खाली सिउदोमा रातो रङ्ग भर्ने उसको हट। ओहो !कम्ती सकसमा पारेको हैन मलाई उसले त्यो दिन। रंगले भरिएको पोखरी बिहेको मण्डप रे, अनि रङ्ग खेल्दै गरेका मान्छे उसका जन्ती रे अनि दुलही त म भइनै हाले उ साह्रै प्रेमिल पनि थियो । जहाँकहि एउटा प्रेमिल र भावुक संसार बनाई हाल्थ्यो र त्यो संसारमा बस्नलाई म छदै थिए । न बसे पनि उ जबरजस्ती बसाई हाल्थ्यो यसैपनि म नाई कहाँ भन्थेर ।
ति दिनहरुमा उसको प्रेमले मलाई उन्माद खुशी दिएको थियो,अर्कै दुनियाँमा बसाई सारेको थियो।म बिर्सिन्थे कहिलेकाही उसको र मेरो मिलन असम्भव छ।सबैभन्दा ठूलो कुरा उ र म बीच आधी उमेरको फरक छ। उ भन्थो तिमी त मेरि प्रेमिका हौ र प्रेमिकामा सबैभन्दा बढी प्रेमिको हक हुन्छ त्यसैले तिमिमा म जति हक अरु कसैको छैन,हुन दिन्न म तिमिलाई अरु कसैको तर नियतिको खेल उ आज आफै अरु कसैको भएर गयो ।
उ उमेरमा म भन्दा सानो थियो तर कुरामा उसलाई कसैले जित्न सक्दैनथ्यो । म मानबाधिकार कर्मी।त्यसैले उ संगको भेट एउटा सानो प्रशिक्षण कार्यक्रममा भएको थियो । उसलाई नयाँ मान्छेसँग बोल्न नयाँ साथी बनाउन साह्रै मन पर्ने रे त्यसैले उ त्यसै दिनदेखी मसंग जोडिएको थियो र कहिलेकाही टुइटरको डिममा हुने कुरा अनि मेन्सनहरुले मसँग नजिकिएको थियो ।उसका कुरा र व्यवाहार कुनै परिपक्क मान्छेका भन्दा कम थिएन्न त्यसैले पनि उसका सामु कमजोर पढ्दै गएकी थिए म। बेलाबेलामा सम्मालिन्थे तर उसलाई सम्मालन निकै गाह्रो हुन्थ्यो उ ज्यादै हठी थियो कहिलेकाही त बच्चा जस्तै हठ गर्थ्यो अनि म उसका सामु लाचार हुन्थे उसका मागहरु पूरा गर्न।

उसका माग पनि के नै हुन्थेर आखिर त्यही एकपटक उससंग भेटेर टेबल सेयर गर्रि कफि पिउनु पर्ने उफ! धेरै समयदेखिको उसको साह्रै हठ पछि मैले उसको भेट्ने प्रस्ताव स्वीकारि बानेश्वरको एउटा क्याफेमा छिरे । यस्तै साझ पख होला उसले नरमाइलो मुद्रामा भन्यो प्यारी मलाई घरबाट बिहेको दबाब आइरहेको छ मैले बिहे गर्नुपर्छ अब केटिपनी घरकाले नै खोज्दिएका छन् । अनि उ भन्दै गयो केटि पनि घरका कै करले हेरेको मैले । उसका कुराले मलाई दुख त हैन तर कता कता डाहा लागेर आयो त्यो केटिसंग उसंग छुट्टिनु पर्छ भन्ने कुराले मन कता कता चसक्क दुख्यो तर उसका सामु मैले आफुलाई जाहिर हुन दिन,म सम्मालिए आफैभित्र ।
अनि फेरि उसले भन्यो तिमिसंग यो अन्तिम भेट हुनपनी सक्छ प्यारि तर तिमी मेरो पहिलो प्रेमिका है जोसंग म हठ गर्थे,रिसाउथे र माया पनि धेरै गर्थे । त्यसैले पनि तिमी मेरो बिहेमा आउ है जसरि भए पनि रातो सारिमा रातै चुरासंग । म अन्तिम पटक भए पनि तिमिलाई हेर्न चाहन्छु र कल्पना गर्न चाहन्छु तिमी कस्ति देखिन्थेयौ होला मेरि दुलही बनेकि भए उसले साउती गरेर भन्यो ।अनि फेरि भन्यो तिमी मेरि दुलही हेर्नू थाहा छ मैले उसलाई किन मन पराएको किनकी उ ठ्याक्कै तिमी जस्तै छे,तिमी जस्तै बोल्छे,तिमी जस्तै हास्छे अनि कुरा पनि तिम्रा जस्तै गर्छे मिठामिठा उफ! उसको म प्रतिको यो प्रेमले ,आसक्तिले म रन्थिन थाले र भने हुन्छ ।उसले त कार्ड पनि संगै ल्याएको रहेछ मेरो हातमा थमायो यो दृश्यले म झन आहत भए भित्रभित्रै र त्यतिबेला लाग्यो सायद मैले उसलाई पहिल्यै भेटेकी भए,सायद हामिबिच यो उमेर फासला नभएको भए साँच्चै उसको सपना जस्तै म बास्तबिकता उसकी दुलही हुने थिए होला।तर म केही बोल्नै सकिन र हतार हतार कार्ड लिएर भने तिम्रो बिहेमा उपहार सहित तिमिलाई शुभकामना दिन आउनेछु र म त्यहाँ बाट निस्के कफिको बिल पनि न तिरि सायद उ अझै चाहन्थ्यो मसंग समय बिताउन।

उसको बिहेमा म आफ्नै काम बिशेषले जान पाइन ।उ किन नआएको भनेर गुनासो गर्थ्यो र अलिअलि संम्बात हुन्थ्यो तर पछि पछि उ आफ्नै जिन्दगीमा ब्यस्त भयो सायद र कुरा पनि हुन छाड्यो ।उसंंगको संम्बात टुटेको धेरै भयो तर उसका यादहरु आजपनि मस्तिष्कमा ताजै रहेछन् क्यारे त्यसैले पनि होला। यो होलिसंगै उसका यादहरुलाइ अझ ताजा भएर आए ।तिमी जहाँ छौ,जस्तो छौ खुशी हुनु,सुखी रहनु तिमिलाई तिम्रो मन पर्ने फागु पुर्णिामा अर्थात होलिको शुभकामना .......... !!

Sad , tara dami
ReplyDelete