Yamunathapablog

Saturday, February 24, 2018

फागु पुर्णिामा

फागु पुर्णिामा अर्थात रंगको पर्व 
होलिको पुर्ब सध्यामा 
एउटा आकास वाणी झै सुने,

अलाप बिलाप गर्दै एउटि बुढी आमा
जो समयभन्दा पहिले बुढी देखिन्थिन,
उमेर भन्दा पहिले रंग उडेकी झै देखिन्थिन,


उनि भन्दै थिन,
धेरै भयो रगतको होलि
बिद्रोहको होलि,मनमुटावको होलि,


कोहि खुशी होलि ल्याइदेउ,
कोहि सद्भावको होलि ल्याइदेउ,
कोहि एकताको होलि ल्याइदेउ,

म झस्के जब उनले मेरो हात समाउदै भनिन 
मेरा अधुरा सपनालाई पूरा गरिदेऊ,

उनको यो बेदनाले म मा खै कहाँबाट साहस भरिएछ कुन्नि मैले छुट्दै गरेको उनको हात समाउदै भने,

"आमा म गर्छु तिम्रो सपना पुरा
 म फैलाउछु सद्भाव होलि,खुशिको होलि 
अनि रंगको होलि",

र अब तराईले पहाडसंग खेल्नेछ खुसीको होलि,
मधेसले खाल्डाबासिसंग खेल्ने छ सद्भावको होलि,
र नेपालिहरुले एकाअर्कासंग अंकमाल गर्दै खेल्नेछन रंगको होलि अर्थात् खुशिको होलि,

र रंगसंग रंग साट्दै खुशिसंग खुशी साट्दै भन्ने छन एकाअर्कालाई ह्यापी होलि! ह्यापी होलि!! ह्यापी होलि !!!

2 comments:

उप्रेतीको “अन्तर्य एक सङ्घर्षशील जीवनको कथा” मा घोत्लिदा

  लामोसमयपछि पुस्तकका बारेमा शब्दहरु कोर्दै छु। कहीलेकाहीँ सोच्छु कैयौं पुस्तकहरु पढिसके। अब होस् पढ्दिन । फेरि जब कुनै नयाँ पुस्तक हातमा र...