Yamunathapablog

Tuesday, December 28, 2021

"तिम्रो" बनाउन

गहिरो मौनता

भावयुक्त आँखाहरु 

रसयुक्त भावना 

अनि 

ती भित्र नजर आउने

समर्पण युक्त तिम्रो प्रेम,


बस 

यहि काफी छ मलाई 

"तिम्रो" बनाउन 

अनि 

तिमीलाई आफूमा समाहित 

गरी प्रेम गरिराख्न,


तिमीले चुमेका 

-यी औलाहरु

तिमीले पुजेका

-यी पाउहरु 

तिमीले गुनगुनाएका 

-यी भाकाहरु 

तिमीले छोएका 

-यी आँखाहरु 

बस यिनै काफी छन् मलाई 

"तिम्रो" बनाउन 

अनि 

तिमीलाई आफूमा समाहित 

गरी प्रेम गरिराख्न,


तिम्रो निम्ति 

-हृदयले गरेको आभास

तिमीसँग बिताएका 

-ती अनमोल पलहरु

तिमीसँग गरेका 

-ती बातहरु

तिम्रो सानिध्यताले 

महसुस गराएको 

त्यो 

-आफ्नोपन 

बस यहि काफी छ मलाई 

"तिम्रो" बनाउन 

अनि

तिमीलाई आफूमा समाहित 

गरी प्रेम गरिराख्न ।।



No comments:

Post a Comment

उप्रेतीको “अन्तर्य एक सङ्घर्षशील जीवनको कथा” मा घोत्लिदा

  लामोसमयपछि पुस्तकका बारेमा शब्दहरु कोर्दै छु। कहीलेकाहीँ सोच्छु कैयौं पुस्तकहरु पढिसके। अब होस् पढ्दिन । फेरि जब कुनै नयाँ पुस्तक हातमा र...