
हुन्छहोला सधैँ सोच्थे, बल्ल बुझ्दैछु यसको मर्म आफ्नै सुरु नभएको अधुरो प्रेम कहानीलाई भोगेर। इज्जतलाई ज्यानभन्दा बढी सम्मालेर राख्ने म इज्जत गरेर जस्तो गरेर बेइज्जत भएको धक्का महसुस गरिरहेकी छु प्रीय संगीनी, म कसरी भनु तिमीलाई प्रेम मेरो निम्ति हैन भनेर, प्रेमले मलाई चुनेको छैन भनेर, आँसु गहबाट बग्दासम्म पनि म चुपचाप छु। के मैले प्रेम खोज्नु गलत हो?, के मैले प्रेमको चाह गर्नु गलत हो?, जवाफ दिने त कोहि छैनन् यहाँ तर पनि जान्न मन छ गलत कहाँनेर हो भनेर।
किन यस्ता मान्छेहरु जिन्दगीमा ठोकिन पुग्छन्? जसले अकारण नै सजाय तोक्छन्, अनि फैसला सुनाउछन्।कसरी आउँछ उनीहरूमा यतिधेरै आत्मविश्वास, यतिधेरै आत्मबल किन मान्छेहरु यति निर्दयी र मानवताहिन भएका छन् किन मान्छेको हृदय पाषाण हुँदैछ। सवाल नै सवाल छन् खै जवाफ ...?
आज सृष्टि पनि हैरान भएको छ मान्छेको यस्तो विध्वंस रुप
देखेर, स्वयम् ब्रहमा जी लज्जित छन् आफ्नो सृष्टि देखेर। मलाई
प्रेमसंग खेलेको कत्ती मन पर्दैन तर मान्छेहरुलाई किन यति धेरै प्रीय लाग्छ
प्रेमसंग खेल्न, मनसँग खेलवाड गर्न।
मैले धेरै भयो सपनामा रंग भर्न छोडेको, अरुको त कुरा के म प्रेमलाई लिएर पनि कुनै सपना देख्दिन। होला प्रेम संसारको
सुन्दर कुरा तर प्रेमले सबैको जिन्दगीमा खुशी नै दिन्छ भन्ने हुँदै न खुशी
भरिदिन्छ भन्ने नै हुन्छ ।संसारका धेरै मान्छेहरु प्रेम बिना बर्बाद भएका छैनन्, तर
कतिपय मान्छेहरु प्रेमले गर्दा बर्बाद भएका छन्। मान्छेका विवशता र कमजोरीलाई निःशुल्क किन्ने हतियारको हो प्रेम जसले
मान्छेलाई कहिको पनि बाँकी राख्दैन।आँसुको किमत साह्रै महंगो पर्छ चुकाउनु पर्दा
तर पनि मान्छेहरु वेपर्वाह आँसुको मूल्य लगाउदै हिड्न्छ। मैले सोचेको थिए तिमीसंग
मिलेर प्रेमको नयाँ रंग कोर्छु तर कहानी अर्कै भयो समयलाई अरु नै कुनै कुरा मन्जुर
थियो त्यसैले त यहाँ बर्बादी लेखियो । यो बर्बादी कसको हुनेछ त्यो समयले बताउने छ।भन्छन् नि "पर्ख र हेर" अबको प्रतीक्षा त्यसैको छ।
धेरै भएको थियो शब्द कोर्न बिर्सेको त्यसैले पनि एकमनले त तिमीलाई
मुरीमुरी धन्यवाद भन्छु कि म फेरि शब्द कोर्दैछु उसै गरि जसरी कोर्ने गर्थे तर माफ
भने म गर्न सक्दिन किनकि आँसुको मूल्य यती सस्तो छैन। अनि इज्जत इलामको लागि हैन।
तिमी यो भ्रममा नहुनु कि मैले तिमीसंग प्रेम गरेकी थिए। र तिम्रो मेरो
साथलाई लिएर तिमी दुखी पनि नहुनु, र मलाई पनि कुनै खुशी छनै किनकि
तिम्रो र मेरो साथ अस्ताउदै गरेको घाम र रात पर्दै गरेको साझ जस्तै हो जुन
एकाअर्काका लागि जरुरी त हुन्छन् तर एकाअर्कालागि हुँदैनन्।
बस म त मेरो इज्जतसंग प्रेम गर्थे जसलाई तिमीले बेइज्जत गर्ने कोसिस
गर्यौ। इज्जतमाथि बेइमानी गर्यौ त्यसैको प्रतिफल हो। तिमीसंगको घृणा जुन अब सास
नसकिउन्जेल सम्म सकिने छैन। आफैलाई बिर्सिएको दिन सायद यो अपमान बिर्सिन्छु कि म।त्यो
पनि मुस्किल छ।
यसको बदलामा म बदला चाहन्न। म त बस न्याय चाहन्छु। बिना कारण हत्या
गरिएको मेरो प्रेमप्रति न्याय, मेरो इज्जतप्रति न्याय, मेरा
आँसुहरुप्रति न्याय ..तिमीलाई थाहा नै छ इज्जत र प्रतिष्ठाको निम्ति द्रोपतिले
महाभारत रचेकी थिइन् र म आफ्नो
न्यायकोलागि जे पनि गर्न तयार छु त्यसको लागी चाहे फेरि अर्को महाभारत नै किन
रच्नु नपरोस् म तयार छु, फेरि द्रौपती बन्न फेरि महाभारत रच्न।
थाहा छैन यो सबको
पछाडि को थियो तर उनको मन साच्चै नै रोएको थियो।मन दुखेको प्रष्ट महसुस हुन्थ्यो। म आफूले त कहिल्यै प्रेम
गरिन तर जब उनलाई बुझ्दै गइ प्रेम गर्ने हिम्मत ममा पनि बाँकी रहेन।जब प्रीय
संगिनी भनेर उनीले यी सबै
कुरा एक सास भनेर सकिन यस्तो लाग्यो उनी म मा आफ्नै संगिनी देखिरहेकि थिन् र
आफूलाई पोखिरहेकी थिन्। म भने उनको अगाडि चुपचाप थिए बोलु पनि के? यस्ता कुनै शब्द नै थिएनन् जसले उनलाई
सान्त्वना दिन सकोस् उनको दुखी रहेको मुटुमा मलम लगाउन सकोस् । बस मैले उनलाई
अन्तिममा यति भने समयको अगाडि कसको केही लाग्दैन त्यसैले तिमी पनि समयको प्रतीक्षा
गर सहि समयको प्रतीक्षा ...
यति भनेर म आफ्नो बाटो लागे ।
No comments:
Post a Comment