हाम्रो
नेपाली समाजमा जब छोरिहरुको उमेरले बिसौ वसन्त पार गर्छ।अनि सुरु हुन्छ छरछिमेक, आफन्त नातागोता सबैको चियो चर्चो।हिजोसम्म को हो? के हो ? कसको छोरि हो
? भन्ने केही थाहा नहुने छरछिमेकलाई
सुरु हुन्छ खसखस।भन्न थाल्छन् “हेर हेर फलानोको छोरी कस्ति हल्लक बढेकी।बिहे गर्ने उमेर पनि ठिक्क भएको रहेछ”।उता केटिलाई भने यसको
बारेमा केहि थाहा हुदैन।न उसलाई यो थाहा हुन्छ कि अब उसको बिहे हुने उमेर भएको छ।उ
त आफ्नै दुनियाँमा मस्त हुन्छे, उड्न चाहान्छे, उड्नलाई पखेटा फिजाएकि हुन्छे। तर
उसलाई के थाहा यता समाज उसका पखेटा काट्नलाई तयार भएर बसेको छ भनेर।आफन्तहरु,
छिमेकिहरु घरमा आएर बाबुआमासंग कुरा गर्न थाल्छन्।“यो मेरो फलानोको छोरा हेर्नू त
कस्तो राम्रो छ अमेरिकामा बस्छ।फेरि अर्को भन्न थाल्छे हैन
यो राम्रो छ यो अष्ट्रेलियामा बस्छ योसंग बिहे भयो भने त हजुरकी छोरिको
त भाग्यनै चम्किछ” भन्दै धमाधम बिहेको कुरा ल्याउन
थाल्छन्।केटिका बाउआमालाई दबाब दिन
थाल्छन्।अनि केटिका बाबुआमा केटिलाई दबाब दिन थाल्छन् र यसरि एउटि केटि दबाब नै
दबाबमा आएर बिहेको आगोमा आहुति हुन पुग्छे।
हाम्रै
समाजले, हाम्रा आफ्नतले हामिलाई यतिसम्म विवस बनाई दिन्छन् कि मान्नौ हामिलाई नै लाग्न
थाल्छ बीस वर्षको उमेर भनेको छोरिको बिहेको मापदण्डको
परिधी हो यदि त्यो उमेर ढल्क्यो भने फेरि विबाह कहिल्यै हुन सक्दैन र हुने पनि छैन।बिस्तारै बिस्तारै
त्यो उमेर नै छोरिहरुको लागि अभिसाप जस्तै बन्न जान्छ। अझ पढ्छु, केही गर्छु भन्ने छोरिहरुका लागि त यो साह्रै सकसको कुरा
बनिदिन्छ ।
यस्तो समाज,यस्ता आफन्तलाई देखिरहदा, भोगीरहदा कहिलेकाही सोच्छु के साच्चै विवाहलाई उमेरले नै हो
त निर्धारण गर्ने के साच्चै विवाहको उमेर नै हुन्छ त? फेरि यस्तो बेला झट्ट याद आउँछ सीमोन द बोउवार
कुरा विहेलाई उमेरले नै आत्मनिर्भरताले निर्धारण गर्छ। उनी भन्छिन् "विवाह यस्तो बन्धन हो जसले सबथोक दिए जस्तो गरि हामी महिलाको जीवनबाट सबैथोक बिस्तारै बिस्तारै खोस्दै जान्छ।र त्यो
खोसिने कुरामध्ये प्रमुख कुरा
हो हाम्रो व्यक्तिगत स्वतन्त्रता।यदि हामी विहे पछि पनि आफ्नो स्वतन्त्रतालाई जीउदो राख्न चाहन्छौ भने पहिला
हामी आत्मनिर्भर बन्नुपर्छ।" तर हाम्रो समजाले कहाँ दिन्छ र आत्मनिर्भर हुनलाई समय। जति सक्दो छिटो
बाबुआमालाई हतार हुन्छ छोरी अन्माएर, बुहारी
भित्राउन।अझ समाज र आफ्नतको त कुरै नगरौ कुरा काटेरै हैरान पार्छन्।
हुना त मैले
नदेखेकी पनि हैन मेरा कयौं साथिहरुले आफै कति प्रेम विवाह गरेका छन्।बोल्दा हास्दा
खुशी नै देखिन्छन्, आफु जति स्वतन्त्र कोहि छैनन् झै कुरा गर्छन्।तर वास्तवमा कति खुशी छन्, कति स्वतन्त्र छन् त्यो उनीहरु नै जानुन्।मैले कहिल्यै गहिरिएर सोधेकी पनि
छैन। एक पटक प्रेम विवाह गरेर गएकी एक जना साथिलाई भनेकि थिए "किन हतारमा बिहे गरेको, समय थियो पढ्दै थियौ पढाइ सकेर आत्मनिर्भर भएर विहे गरे अझ राम्रो
हुन्थ्यो।थाहा छ नि रहरले भान्सामा काम गर्नु र
बाध्यताले काम गर्नु फरक हुन्छ भन्दा उनिले भनिन्।“ जागीर खानेले पनि भाडा माझे कै हुन्छन् ...यस्तै यस्तै”।
त्यसपछि मैले
उनिलाई केही भनिन।तर रहर बाध्यता
अहिले उनिले कति बुझिनन् थाहा छैन त्यसपछि उनिसंग मेरो भेट पनि भएको छैन।
हाम्रो समाजमा एकतर्फी केटिहरु यस्ता छन् जसले जान्दाजान्दै पनि
बुझ पचार दुख पाइरहेका छन् भने अर्को थरी यस्ता छन् जो घरपरिवार र समाजको दबाबमा
आएर दुख पाइरहेका छन् ।
विहेलाई
चुनौती दिदै समाजको सामना गर्ने केटिहरु पनि नभएका हैनन् समाजमा तर विहेको क्षणिक
प्रलोभनमा परेर पारेर आफुलाई बर्बाद गर्ने केटिहरु मैले धेरै देखेकी छु समाजमा।अनि केटिहरुलाई यस्तो
प्रलोभनमा पार्ने धेरै त उनिहरु कै आफन्त र घरपरिवार हुन्छन् ।
सोची आउदा
लाग्छ छोरिलाई डाक्टर इन्जिनियर मास्टर्ससम्म पढाउन सक्ने त्यो उमेर सम्म पर्खन
सक्ने बाबुआमाले किन छोरी आत्मनिर्भर हुन्जेलसम्म कुर्न्न सक्दैनन् किन हतार हुन्छ उनीहरुलाई छोरिको बिहे गर्नलाई, ज्वाइँ खोज्नलाई।के छोराको विषयमा कहिल्यै बाबुआमा समाज
यसरी चिन्तित देखिन्छन्, हात धोएरै उनिहरुको पछाडि पर्छ त खै मैले त आजसम्म यस्तो देखेकी छैन।
हुना त
हाम्रो समाज पितृसत्ताको भुक्तभोगी भएर होला केटिहरु बिहे पछिको जिवनलाई आरमदायी
मान्छन्। यतिसम्म कि उनिहरु आफ्नो स्वतन्त्रताको बाजि लगाएर पुँजिको दास बन्न पनि हासि हासि स्वीकार गरि दिन्छिन्। सिमोन
फेरि पनि भन्छिन् - “विवाह यस्तो हतियार हो जसले पुरुषको लागि फ्रीमा सन्तान उत्पादन गर्ने मेसिन दिन्छ, उसलाई रात बिताउनलाई बाहिर पैसा खर्च गर्नु पर्दैन बस त्यसको बदलमा विवाह गरे पुग्छ।अनि महिलाहरुलाई सुनचादीले
जडित गहना अनि ऐस आराम भए पुग्छ तर जब महिलाले यो बुझ्छिन् कि विबाह आफुलाई हार्ने
बाजि रहेछ तब धेरै ढिला भइसकेको हुन्छ।"
के यस्तै
भइहरेको छैन र हाम्रो समाजमा यसको प्रमाण खोज्न किन टाढा जानू पर्यो अदालतमा लाइन
लागेर बसेका डिभोर्सका केशहरु हेरे पुग्दैन र! अझ सम्पन्नशाली महिलाहरु जसलाई हेर्दा सबथोक पुगे झै लाग्छ तर उनिहरु नै आफ्ना श्रीमानबाट डिभोर्स खोजिरहेका हुन्छन्।
कहिल्यै सोच्नु भएको छ जब “हजुर बिरामी
हुनुहुन्छ अस्पतालमा हुनुहुन्छ। हजुरलाई धेरै डाक्टर नर्सहरुले सेवा दिरहेका छन् र हजुरको
श्रीमतिले पनि हजुरलाई उत्तिकै सेवा दिरहेकि छिन् तर
जब हजुर ठिक भएर घर फर्किनु हुन्छ हजुरले अस्पतालका तमाम
डाक्टर नर्सलाई धन्यवाद भन्नू हुन्छ तर के त्यसैले गरि हजुरलाई माया र सेवा दिने
आफ्नो श्रीमतीलाई कहिले धन्यवाद भन्नू भएको छ”।छैन भने अब भन्ने गर्नु होला।
किनकि उनको पनि भावना हुन्छ।विहे गर्दैमा हासिल गरेको हुदैन।विहेमा त समझदारी, विश्वास, माया प्रेम र
एकाअर्काप्रती समर्पण हुन्छ र चाहिन्छ।
हुना त म आफै पनि जिंदगीको चौबीसै वसन्तमा छु।भाग्यबस भनौ या समय! विवाहलाई लिएर मैले जति आफ्न्त र
समाजबाट दबाब झेलेकी छु त्यति दबाब
घरपरिवारबाट महसुस गर्नुपरेको छैन।सायद म
घरबाट टाढा
भएर पनि होला। घर गएको बेला यस्तो कुरा नसुने भने दिन हुदैन।कोहि
न कोहिले त सुनाए कै हुन्छन्
सोधिरहेकै हुन्छन्।“हामीले भोज कहिले खाने।अब उमेर पनि ढल्किने बेला भइसक्यो ..यस्तै यस्तै”।ओहो! यस्तो लाग्छ मेरो विहे मेरो भन्दा धेरै मेराको आफ्नहरुको व्यक्तिगत कुरा हो झै उनिहरुको चासोको विषय बनिरहेको हुन्छ।
यस्तै बेला एक पटक नजिकको आफन्तले सोध्दा आमाले भन्नू भएछ - “भर्खर
त पढाइ सक्दै छे”।
अनि सुरु भयो आफन्तको चासो -“के पढ्छे, कति पढ्छे।
आमाबाबुको ख्याल छैन त्यसलाई। उमेर ढल्केपछी कहाँ भनेको जस्तो केटा पाइन्छ र। बिहे
भनेको त उमेरमा नै हुनुपर्छ।बरु केटा नपाइए हामी खोज्छौ”।उनिहरुको
कुरा
सुन्दा यस्तो लाग्छ उनिहरुको बस
चल्थ्यो
भने त मलाई अहिले नै डोलि चढाएर पठाउथे होला ।
पहिला पहिला यस्तो कुरा सुन्दा म पनि दिक्क हुन्थे अहिले बानी हुदै गयो।अन्टिले पनि भन्नू भयो "सबैकुरा
सुन्नी पर्छ तर मनमा लिनु हुदैन।" त्यसपछि मैले पनि सुन्ने मात्र गरेकी छु।
मलाई लाग्छ यी र यस्ता कुरा मेरा मात्र पक्कै हैनन्
होला। समाजको दबादलाई मेरा आमाबाबुले मसम्म पुग्न दिनु भएको छैन यो बेग्लै कुरा हो
तर हाम्रो समाजमा सबै आमाबाबुले सबै दबादलाई
आफुसम्म राख्न सक्छन् भन्ने हुदैन तर आमाबाबुले छोरिहरुको विषय अलिकति लचक भएर सोच्नु पर्छ।उनिहरुको ढाल भएर उभिनुपर्छ।छोरिलाई छोरिजस्तै बनेर बाच्नु
दिनुपर्छ।भन्छन् "आमाबाबु भगवान हुन्"। छोरिको विषयमा सबै आमाबुबालाई आग्रह भगवान बनेर देखाउनुहोस् ।
विवाह बोझ
हैन, जिम्मेवार बन्नु पर्छ।आदर र सम्मान
बन्नु पर्छ तब मात्र म त म जस्ता तमाम केटिहरु विवाहलाई हाउगुजी मानेर बस्ने छैनन्।विवाहको नामसंग पर
भाग्ने छैनन् बरु विवाहको लागि
शारीरिक र मानसिक दुबै रुपले तयार हुनेछन् र आफुलाई त्यही अनुरुप
तयार गर्दै जानेछन्।र यो पनि बुझ्नेछन् कि विविहले
जीवन सकिदैन बरु यसले जीवनलाई नयां आरम्भतर्फ डोहोराउछ जसको वर्तमान र भविष्य
साच्चै नै सोचेजस्तै सुनौलो हुन्छ।

����
ReplyDelete😊😊
DeleteSo nice
ReplyDeleteThank u !
Deleteआजको समाजमा हुने एथार्थपरक लेख 😊
ReplyDeleteThank u !!
DeleteNice one
ReplyDeletenice
ReplyDelete