बाहिर देखि
भित्रसम्म अस्तव्यस्त छ,सामानहरु यत्रतत्र छरिएका छन्।घरमा कसैलाई मतलब छैन।हुन त घरमा को नै छ र! ऊ र
उसको श्रीमान राजिब न हो ।त्यसमाथि राजीबको स्वास्थ अवस्था पनि राम्रो छैन।भित्र
गरोस् त पनि ऊ आफै हो बाहिर गरोस् त पनि ऊ आफै हो।एक्लो ज्यानले कति नै भ्याओस्
उसले पनि।तर जे होस् दिनभरको काम सकाई उसले।जसै साझ भयो उसले खाना बनाई, राजीबलाई
खाना बोलाई राजीबले पनि खासै खान मन गरेन तर औषधि खानकालागि खानै पर्ने करले खाए जस्तो
गर्यो ।उसलाई झन के खान मन लाग्थ्यो ऊ भाग बसि मात्र।तर राजीब र उ “उ” अर्थात सारा उनिहरु, थाहा छैन
कहिलेसम्मको लागि हो अन्तिम पल्ट साझको खाना संगै खादै थिए।के थाहा यो समय,यो क्षण
भाग्यले समयले फेरि फेरि जुराउने हो कि हैन।त्यसैले पनि उनिहरु दुबैको लागि आजको
दिन बिशेष गरेर यो साझ अझ बिशेष छ।साझको घरधन्दा सकेर सारा बिस्तारामा गई राजीब सुतेको
जस्तो गरिरहेको थियो।राजीबलाई उठाउदै औषधि खान भनि।राजीबले आफुलाई सम्हाल्दै भन्यो
“नजादा हुन्न र”! उ चुपचाप भएर नजर बाहिरतिर
डुलाउन थालि । एकछिनपछि भनि “सामान किनि सकेको छ।टिकटको पैसा तिरिसकेको छ।अनि सबैभन्दा
मुख्य कुरा तिम्रो उपचार गर्नु छ।हाम्रा सन्तानलाई सुन्दर सुखको भबिष्य दिनु छ
केहि समयको लागि त हो नि ।समय कटिहाल्छ बस तिमि आफ्नो ख्याल राख्नु, गाउँमा बुढा बाआमाको
साथि बन्नु”।फेरि राजीबले भन्यो “तिमि कसरि यति निष्ठुरि हुनसक्छौ
? तिमिले सोचिकि छौ तिमि बिना म कसरि एक्लै बाच्छु होला भनेर”! उसले भनि “तिमिबिना म बाच्छु तिमिले कसरि
सोच्यौ! तर बाच्नु पर्छ राजीब भोलिको लागि आजलाई आहुति दिनैपर्छ यहि तिम्रो र मेरो
नियति हो अनि भाग्यले हाम्रो लागि तय गरेको आगमिक बाटो”। थाहा छैन आज कहाँबाट ऊ यति
गहकिला र बजनदार शब्द बोलिरहेकि छे बस बोलिरहेकि छे अनि उसको यो बोलिको अगाडि राजीब
चुपचाप हुन बाध्य भइरहेको छ।उसका कुरा सुन्दासुन्दै राजीब कतिबेला निदाई सकेछ उसले
पत्तै पाईन।
बाहिर हेरि
साझ झम्मक परेको थियो।गहिरिदै गरेको रातमा आकाश नौ लाख ताराले चकमक्क चम्केको
थियो।चिसो हावा चलेको थियो।कोठातिर फेरि एक नजर फालि ठुलो लगेज गमक्क परेर
बसिरहेको थियो अरु सामान आ-आफ्ना ठाउमा यथावत् नै थिए।
उसले सुनेकि
थिई बिछोडपछिको मिलन संसार कै सुन्दर पल हो,प्रेम गर्ने कुरा मात्र हैन निभाउने कुरा पनि हो भनेर।त्यसैले त उसले यति ठुलो फैसला एक झट्कामा गरेकि थिई। ऊ जे गरिरहेकि छे जस्तो गरिरहेकी छे सबै राजिबको र उसको प्रेमको खातिर गरिरहेकी
छे। ऊ संसारलाई प्रमाणित
गर्न चाहन्छे प्रेमले मर्ने मात्र हैन बाँच्ने र बचाउने दुबै हौसला दिन्छ।प्रेमको ताकत र प्रेमको शक्ति कतिसम्म हुन्छ भन्ने कुरा राजिबले त उसलाई सिकाएको हो । यो संसारमा
उसको राजिब शिवाए आफ्नो भन्नू नै को छ र! भोलि साझको ठिक आठ बजे दुबैको फ्लाइट छ
।राजिबलाई छोड्नु, घर छोड्नु,देश छोड्नु छ। यि सबैमा उसका आफ्नै बाध्यता छन्। ती बाध्यता मध्य पहिलो बाध्यता हो, “गरिबी” अनि अर्को हो “सुखद र स्वस्थ भबिस्यको आशा”।मनभरी राजिबको माया संगालेर,आखाभरी बिश्वास बोकेर उ भोलि ठिक आठ बजे नेपाल छोड्दै थिई। उसको प्रीयसिलाई छोड्दै थिई अनि
उसले माया गर्ने उसको देश
उसको मातृभुमिलाई छोड्दै थिई। सजिलो हुदैन आफुले माया गरेको मान्छेलाई छोड्न, आफ्नो प्रेमलाई छोड्न ।उसका
बाध्यताले यी सबै कुरालाई कसरी हो कसरी सहज बनाई दिएका थिए ।फेरि उसले उसैगरि झ्यालबाट बाहिर चिहाई रात गहिरिदै थियो, आकास अझ ताराहरुले चम्किरहेको थियो। राजिबतिर एकटक हेरिरहि राजिब आनन्दले निदाई रहेको थियो तर उसलाई
निन्द्रा कहाँ बाट आओस्।उसलाई त अझ घरको माया, राजिबको माया, देशको माया संगाल्नु
थियो। आचलमा अटेभन्दा बढी संगाल्नु थियो।अनि उसले सम्झी आज भन्दा ठिक तिन बर्ष अघि माझिखेतको रोपाईमा भएको त्यो
राजिबसंगको पहिलो भेट ..
असारको महिना हरियाली मौसममा अनि दिदिको घरको रोपाई, सारा त्यो रोपाईमा दिदिलाई सघाउन गएकि थिई ।सारा राम्रो रोपार त थिइ नै गीत पनि मीठो गाउथी। त्यहि रोपाइमा हो उसका आँखा राजिबसंग जुधेर चार भएका।अनि त्यतिबेला देखि हो सारा र राजीबको माया बसेको।सारा बिछट्टै
राम्रि त हैन तर नाक चुच्चो परेकि राम्रि थिई।अनि राजीब पनि नराम्रो कहाँ थियो र? सारा बेला मौकामा दिदिको घर गइरहन्थी राजिब पनि कामको बहाना पारी साराको गाउँ आइरहन्थ्यो।साराकि दिदिले जब
सारा र राजीबको बिषयमा चाल पाईन सारालाई नसम्झाएकि हैनन् तर मायाको अगाडि कस्को
जोर चल्छ र! राजीब एउटा खाईलाग्दो पढलेखेको युवक हो जसको घर पल्लो गाउँको मगर
टोलको बिचैमा थियो।सारा बिस वर्षकी गहुगोरो वर्ण कि,चटक्क ज्यान मिलेको धेरै अग्लि
पनि हैन ठिक्क कि मिजासको व्यवहार भएकि भलादमि केटि थिई जो गैरिगाउँमा नाम चलेका
पण्डित छोरि थिई।यि दुबैजनाको जोडि खुब मिलेको थियो।तर यिनिहरुलाई डर थियो कहि
यिनिहरुको प्रेमको बिचमा यिनिहरुको जात बाधा नबनिदियोस् भनेर।तर सबै कुरा सोचेको
जस्तो कहाँ हुन्छर। अनि प्रेम पनि लुकाएर कहाँ लुक्छ र।
बिस्तारै बिस्तारै उनिहरुको प्रेमको हावा वल्लो गाउँ देखि पल्लो गाँउसम्म चल्न थाल्यो र बिस्तारै साराका बाबाआमाले पनि यो कुरा थाहा पाए अनि सुरु
भयो महाभारत।कुरुक्षेत्रको महाभारत त धर्मको पक्षमा थियो तर साराको घरमा चलेको
महाभारत प्रेमको बिरुद्दमा थियो प्रेमको बिरुद्दमा अर्थात धर्मको बिरुद्दमा किनकि “प्रेम भन्नु नै धर्म हो अनि धर्म भन्नु नै प्रेम”। उता राजिबको घरमा भने उनीहरुको प्रेम सम्बन्धले सामान्य रुप नै लियो।राजिब पढेलेखेको र जागीरे खाइलाग्दो र हिस्सी परेको भए पनि ऊ आखिर मगरको छोरा थियो। त्यही कुरा साराका बाआमालाई निहुँ भएको थियो। सारा उपाध्याय बाहुनकी कान्छी छोरी थिई।आफ्नो गाउँमा मात्र हैन वरपरका सात गाउँसम्म साराका बा अर्थात उपाध्याय बाहुनको रबाफ र बोलबाला राम्रै चल्थ्यो अनि मगरको छोरासंग आफ्नि छोरिको
प्रेम सम्बन्ध के स्विकार गर्थे उपाध्याय बाहुनकीले त्यसमा झन बिबाह गरेर पठाउथे कुरा त टाढाको पर्यो। त्यसपछि सारा र राजीबको प्रेम सम्बन्ध
आफ्नो गाउँमा मात्र हैन वरपरका
सात गाउँसम्म आगोसरी फैलियो र यो आगोले सारा र राजीब दुबैलाई नराम्रो गरि जलायो।उपाध्याय बाहुनले सारालाई घरबाट बाहिर निस्कन प्रतिबन्ध लगाए यदि उ केहि गरि निक्ली छ भने पनि कहाँ जान्छे, के गर्छे, कोसंग भेट्छे सबै कुराको निगरानी हुन थाल्यो यस्तो कडा प्रतिबन्ध हुन थाल्यो कि बरु जेल त्यहाभन्दा कयौं गुना सहज हुन्थ्यो होला साराकालागि। घरको ज्याजती राबीजसंगको बिछोड साराका लागि ती दिनहरु मृत्युभन्दा पनि भयावह बन्दै थिए न ऊ मर्न सक्थी न ऊ बाँच्न नै उसले मर्न कोसिस नगरेकी पनि है। फेरि राजीबको अनुहार अगाडि आउथ्यो अनि उ पछाडि हट्थी ।
उता राजिबको हालत पनि उस्तै थियो।उपाध्याय बाहुनका मान्छेहरुले पनि उसलाई बसिखान दिएका थिएनन्। शारिरीक देखि मानसिक पिडासम्म दिरहेका थिए। उसको भएको जागिर पनि धरापमा परेको थियो।उसका बुढा आमाबाबु घरी आफैलाई कोस्थे त घरी आफ्नो कोखलाई।अन्तत राजीब गाँउ छोडेर भाग्न बाध्य भएको थियो।
मान्छेहरुले
भन्थे “उपाध्याय बाहुन कि छोरिलाई अब कस्ले बिबाह
गर्छ? कस्ति उत्ताउलि रैछ न आफ्नो इज्जतको ख्याल गरि, न आमाबाबुको नै”।
राजीबले गाउँ
छोडेको कुरा वल्लो पल्लो गाँउभरि आगोसरि फैलियो।कोहि भन्थे बिदेश गयो। कोहि भन्थे उपाध्याय बाहुनका मान्छेले
मारेर खोलामा फालिदिए रे, कोहि भन्थे बिचरा कति राम्रो केटो थियो बेकारमा ज्यान
फाल्यो।हरेक नयाँ दिनमा नयाँ कुरा सुनिन्थे राजीबका बारेमा।नँया मान्छे नँया खबर
बोकेर आउथे ।उता राजीबका आमाबाबुका आँखा एकछिन रोकिदैन थिए, यता साराको हालत पनि
उस्तै थियो।तर सारालाई बिश्वास थियो राजीब एकदिन फर्केर आउने छ भनेर ।
बिस्तारै समय बित्दै गयो समय मिनेट हुदै,घण्टामा, घण्टा हुदै दिनमा र दिन हुदै महिनामा बदलियो अनि एक महिना दुई महिना तीन महिना हुँदै चार महिना बित्यो।राजीबको कुनै ठेगान थिएन।उता साराको घरमा पनि पहिला कै दिनचर्या
सुरु भइसकेको थियो। अब सबैले सारा र राजिबको चर्चा गर्न छोडिसकेका थिए। उपाध्याय बाहुनलाई लाग्न थाल्यो छोरी अब आफ्नो बसमा छे।
तर” एकदिन अचानक खबर आयो” राजिबले सारालाई भगायो रे! यो खबरले सबका कान ठाडा भए, सबै मुखामुख गर्न थाले ।अनि त्यसको भोलि पल्ट गाँउका मान्छेहरु भेला पारे र उपाध्याय बाहुनले भने “आज देखि सारा हाम्रा लागि मरि। यो गाउँ र यो घरमा उसका लागि कोहि आफ्नो छैन म आज त्यसको कृया गर्छु”।
आहा! सारा राजीब, राजिब सारा।अनि उनिहरुको माया नै मायाले भरिएको संसार,यस्तो संसार जहाँ माया प्रेम र बिश्वास शिवाय अरु कुनै कुराको गुन्जाएस थिएन,यस्तो संसार जुन कुनै जादु भन्दा कम थिएन,यस्तो संसार जुन सपना भन्दा पनि हसिन थियो। सारा संसार एकातिर राजिब र साराको प्रेमसंसार अर्कोतिर देख्ने जति कतिले आहा!भने कतिले डाहा गरे त्यसको लेखाजोखा थिएन।गाँउदेखी भागेर उनिहरु नजिकैको सानो सहरमा आफ्नो सानो संसार बनाएर रमाइ रहेका थिए। दिनहरु बित्दै थिए दिन दुई गुना र रात चौ गुना हुने गरि राजीव र साराको माया बढिरहो थियो।डेरा नजिकैको कारखानामा राजीबले काम पाएको थियो अनि सारा नजिकैको स्कुलमा कार्यलय सहयोगिको रुप काम गर्थि। यसरि सारा र राजीवले आफ्नो संसार अगाडि बढाई रहेका थिए ।
तर एकदिनको कुरा हो सारा र राजीबको खुशिमा खै कसको आँखा लाग्यो। राजीबको कारखानामा ठुलो दुर्घटना भयो। त्यो दुर्घटनामा राजीबको ज्यान जोखिममा पर्यो जसको मूल्य सारा र राजीबलाई महंगो भयो।राजिबको उपचार सहरको ठूलो र महंगो अस्पतालमा चल्यो।सारा र राजीबको जम्मा भएको पुँजि सकियो ।माग्न मिल्ने ठाउँ जति सबै ठाउँ बाट साराले ऋण मागी तर जति पैसा भए पनि राजिबको उपचारमा कम पर्दै गयो।उसले चिनेको साहुसंग अलि धेरै ऋण लिई,छिट्टै तिर्ने भाकामा।दुर्घटना भएको करिब तिन महिना पछि अस्पतालले राजिबलाई डिस्चार्ज गरि दियो।तर राजिबलाई पूरा ठिक हुन अझै कती समय लाग्छ त्यो भन्न कठिन थियो। तर यता साहुको पैसा तिर्ने भाका भने सकि नै लागेको थियो।बिचरी सारा एक्लै के गरोस् उसले माइतिको ढोका नढकढक्याए कि पनि हैन तर माइतिले सोझा आखाले पनि हेरेनन्।घरमा आखिर के नै थियो र भएको पनि सब बेचिसकेको थियो । उसले आफुले सक्ने जति अनेक कोसिस गरिसके थिइ तर उसको सब कोसिस खाली गैरहेको थियो।तरपनि उसलाई जिन्दगी देखि हार मान्न मन लागेन अनि उसले मुटुमा गाठो पारेर बिरामी राजिबलाई छोडेर बिदेस जाने निर्णय गरि र गइ नाम सुनेको मेनपावर तिर। सबै कुरा बेलि बिस्तार लगाई र भनी उ जुनै देश पनि जान तयार छे बस,उ पैसा कमाउन चाहन्छे ।राजिबको राम्रो उपचार गर्नलाई र आफ्नो आउने दिनहरुलाई सहज बनाउनलाई।उसको कुरा सुनेपछि मेनपावर कम्पनले दुवैमा घरमा काम गर्ने मान्छे चहिएको कुरा बतायो।बाध्यताको अगाडि हार
मानेकि सारा किन पो नाइ भन्थिर अनि रात दिन गरेर सुरु भयो साराको राहदानी बनाउने काम। उ दुवै जानको लागि स्कुलका एकजना सरले ॠण दिने भएका थिए।कस्तो अच्चम छ है
बिदेश जाने भनेपछि जसले पनि ॠण पत्याउने! र यसरि एक महिनामा तयार भयो साराको राहादानी र दुबैको टिकटको ब्यवस्था ।
सारा बिदेश जाने कुराले राजिब साह्रै दुखी भएको थियो।कतिदिनसम्म त उ सारासंग राम्रोसंग बोलेन पनि तर साराले आफ्नो समस्या बुझाए पछि र साराको ढिपिको अगाडि उ केहि
बोल्न सकेन। उसले आफ्नो मन बुझाएको थियो । उ पनि सारालाई एर्पोट छोड्न जाने भएको थियो।
बिगतलाई
सम्झिदा सम्झिदै कतिबेला हो बिहानिको चार बजि सकेछ साराले पत्तै पाइन।थाहा छैन अब
राम्रोसगं ऊ कहिले निदाउने हो।एकछिन आखाँको विष मार्नलाई भएपनि आखाँ चिम्लि ।ऊ
निदाई छ क्यार सात बजेतिर राजीबको आवाजले उसलाई बिउझायो।उठेर बिहानिको नित्य कर्म
सकेर खाना बनाईवरि खाएर घर सफा गर्दा दश बजि सकेको थियो।उ तयार भएर बाहिर निस्कि।उसको
टिकट मेनपाउर कम्पनिसँग थियो।टिकट लिएर आई।एक दुई जना साथि थिए जसले उसलाई औधी
माया गर्थे उनिहरुलाई भेटि।अनि राजिबलाई घरको सारा काम सम्झाइ।औषधि समयमा खान भनि।सबै
काम सकेर हातमा टिकेट,ठुलो लेगेज अनि राजिब
र केहि साथिका साथ ऊ बेलुकाको ठिक साढे चार बजे एर्पोट पुगि।त्यहाँ पनि उसलाई राजीब
कै चिन्ता यो गर्नु यो न गर्नु भन्दै सम्झाउदै थिई।
जब पाँच
बज्यो ऊ एर्पोट भित्र छिर्ने समय भयो। उसले सारा आँसुलाई दबाएर भनि “आफ्नो आमाबाबाको ख्याल राख्नु म
छिट्टै फर्किछु” तर त्यो छिट्टै कहिले हो सारा आफै जान्दिन थिई।उसले जाँदै गर्दा राजिबका हातमा सानो पत्र राखि र राख्दै भनी “यो पत्र तिम्रो लागी म गए पछि पढ्नु,मेरो याद
आउदा पढ्नु”। एर्पोट भित्र छिर्दै गर्दा सारालाई राजिबले बिदाईका हात हल्लायो जहाज माथी माथी उड्दै गयो साराको पत्र तल धर्तिमा राजीबको
हातमा छुट्दै थियो र यो पत्रलाई छातिमा टासेर राजीबका गह भरिदै थिए। राजीबले सारा उडेको जहाज आखाँले भ्याउनजेल सम्म हेर्यो अनि कोठामा फर्केर पत्रलाई मायाले
सुम्सुम्यायो ओल्टाईपल्टाई हेर्यो एकपटक छातिमा टास्यो अनि पत्र पढ्न सुरु गर्यो।
प्रीयतम धेरै धेरै माया
प्रथम त
तिमिलाई आजको दिनको अर्थात प्रणय दिबसको धेरै धेरै शुभकामना।आजको दिनमा तिमिसंग कहिल्यै नसकिने प्रित लाउनु थियो। यो रंगिन माहोलमा तिमिसंग अनगिन्ती सपना अनि एउटा अनन्त यात्राको गन्तव्य चाल्नु थियो तर आजैको दिन म तिमिलाई छोडेर जादैछु।तिमिले मलाई बुज्छौ र माफ गरिदिन्छौ भन्नेमा पनि बिस्वस्त छु। साच्चै प्रियतम फेरि तिमिसंग हुने ती प्रत्येक
पलको प्रतीक्षा रहिरहने छ।तिम्रा मुस्कान सहित मुस्काउन मन छ,तिम्रा आँसुमा संगै आँसु झार्न मन छ, दुनियाँले चलाएका रीत एकातिर तिमी र तिम्रो प्रेम अर्कोतिर .. प्रतीक्षा पछिको प्रेमको अंकमाल जति सुन्दर क्षण सायदै होला संसारमा।तिमिसंगको प्रेमपछि थाहापाए प्रेमको बहार यस्तो बहार रहेछ जसले शिशिरमा पनि वसन्त छर्ने हिम्मत राख्ने रहेछ अनि हामी त्यो बसन्तमा निर्थुक्क हुनेगरि भिज्नलाई तयार भइजाने रहेछौ ।तिमिसंग फेरि त्यही प्रेमको झरिमा रुझ्ने बाचा छ। प्रीयतम तिमीसंग तिमी भएर फेरि प्रेम बाच्न मन छ,त्यो प्रेमको अनुभुती गर्न मन छ जसको सिमा अत्यहिन होस्,जहाँ "तिमी" "म" अनि हाम्रो सुन्दर प्रेमले सजिएको प्रेमिल संसार हुनेछ।संसारले प्रेमलाई कसरी परिभाषित गरिरहेको छ त्यो कुरा मेरो लागि गौण भएको छ।प्रीयतम मलाई त प्रेमको त्यो शुन्य समयसंग औधी प्रेम छ जहाँ “म” “तिम्रो” नितान्त “तिम्रो” हुनसक्छु अनि तिमी मेरो हुन सक्छौ, तिमिसंगको प्रेमपछिको सिकाइ हो मेरो कि प्रेम पुजा हो,प्रेम अनुभुती हो, प्रेम गरिमा हो, प्रेम इज्जत हो, सम्मान हो यो प्रेम दिबसको अबसरमा तिमिलाई न्यानो माया र तिम्रो स्वस्थ्य जिबनको कामना बाहेक म अरु केही गर्न सक्दिन बस सक्छु त तिमिलाई असिमित प्यार दिन जुन सदा सदा तिम्रो लागि हुने छ प्रीयतम हाम्रो माया सधै यस्तै रहिरनेछ र रहिरहोस् भन्ने कामना छ। तिमिसंग छिट्टै भेट्ने बाचा सहित तिमिलाई प्रणय दिबसको धेरै धेरै शुभकामना तिमिलाई माया गर्ने तिम्री प्रेमिका सारा।
यो पत्र पढि
सक्दा नसक्दै राजीबका आखाँ भरिन थाले। साराप्रति उसको प्रेम झन उर्लिएर आउन
थाल्यो।तब पो उसले थाहा पायो आज त प्रणय दिबस रहेछ।साराले नेपाल छोडेको दिन प्रणय दिबस अर्थात Feb 14 थियो माया गर्नेहरुको दिनमा माया गर्नेहरु छुटेक थिए । फेरि भेट्ने आशामा अनि फेरि प्रेम बाच्ने सपनामा ....
No comments:
Post a Comment