मलाई अझै याद छ तिमिले पहिलो पटक
मेरो नाममा कोरेको त्यो प्रेमपत्र
मलाई अझै याद छ तिमिले गरेको
त्यो पहिलो प्रेमिल म्यासेज,
समय प्रेमपत्र देखि प्रेमिल म्यासेज सम्म
बदलिए पनि
अह प्रेम बदलिएको छैन,
न बदलिेको छ, प्रेमको
महिमा नै
किनकि माया त माया हो नि हैन र !!
त्यो एक बसाईमा बसेर लिएको चियाको चुस्किमा
कयौं जन्मसम्मको प्रेमलाई साचेका थियौ हामिले
पैतालाले घण्टौको दुरि नापिरहदा जन्मजन्मसम्मको
मीठो र सुन्दर सफर एकसाथ तय गरिहेका थियौ हामिले,
मलाई अझै याद तिमिले दिएको पहिलो गुलाफ
अनि मलाई याद त्यो पनि छ तिमिले खाएको साचो कसम,
थाहा छ तिमिले पहिलो पटक दिएको गुलाफ
अझै सम्मालेर राखेकी छु मैले
तर थाहा छैन तिमि आफैले खाएको कसमलाई
तिमिले किन
समालेनौ
फेरि पनि माया त लाग्छ
किनकि माया त माया हो हैन र,
किनकि माया त माया हो हैन र,
प्रेमलाई मनाउने कुनै एक खास दिन हुन्छ
प्रेम गर्नेहरुका लागी
मलाई त हरदिन त्यति नै खास दिन लाग्छ,
प्रेमिल लाग्छ
किनकि माया त माया हो हैन र !!
"ह्यापी
भ्यालेनटाइन डे"

No comments:
Post a Comment