त्यो स्पर्श
बिहानिको कलास जहिले
हतार हुन्थ्यो मलाई।चार बजेदेखी अलाराम बज्दा पाँच बजे बल्ल उठ्थे म ।कुरा
त्यतिबेलाको हो जतिबेला म पद्ममकन्या क्याम्पको पहिलो बर्षमा अध्ययनरत थिए।बर्षातको
महिना बिहान बिहान पानि खुब पर्थ्यो।त्यो दिन पनि बिहानपख असारे झरि न हो बर्सिरहेको
थियो । म हतार हतार कलेजको लागि रूमबाट निस्केर मिनभबन अगाडि गाडि चड्ने ठाउँमा
पुगे र साथिलाई कुर्न भनि त्यहि नजिकको चिया पसलमा बसे ।
त्यहाँ एक जना युबक पनि
थियो जो एउटा हातमा चुरोट अनि अर्को हातमा चियाको गिलास लिएर बसिरहेको थियो ।
यात्रुहरूको गाडी चड्ने र ओर्लने क्रम जारि थियो । सबैलाई आ आफ्नो गन्तव्य
पुग्नलाई हतारो थियो ।त्यस्तो पानीमा छाता ओढेपनी मान्छेहरू अलि अलि भिजिरहेका थिए
। म पनि साथिलाई कुरेर बसिरहेकी थिए सायद कुराइ अलि बढि भएको थियो त्यदि दिन अरू
दिन भन्दा ।अनि त्यो युबकबाट मेरा नजर हट्न मानिरहेका थिएनन् । गहुगोरो
बर्णको उ हेर्दा खाइलाग्दो र भलादमी देखीन्थ्यो चुरोट र चिया आफ्नो ठाउँमा थियो ।
उ बारम्बार घडी हेर्दै चुरोट तानिरहेको थियो सायद उ पनि कसैको प्रतीक्षामा नै थियो, म जस्तै ।
चिसो मौसममा सायद म
एक्लै त्यसरी बसेकाले होला उसले सोध्यो “चिया” ? म झस्के मैले टाउको हल्लाउदै भने “पर्दैन” । यति चिसो मौसममा चियालाई पनि कसैले
नाइ भन्छन् ! भन्दै उसले साउजिलाई मलाई चिया दिन भन्यो । नचिनेको मान्छेको त्यस्तो
ब्यवहारले मलाई एकछिन त निकै अप्ठ्यारोमा पार्यो । के गरु, कसो गरू साथिले ढिला
गरेको देखेर मनमनमा उसलाई गाली पनि गरे । चिया मेरै अगाडि थियो नखाइ पनि सुख थिएन
। चिया उठाउदै गर्दा उसैको हातले हल्लिएर तातो चिया मेरा हातभरी पोखियो । उसले
हतार हतार मेरो हात आफ्नो हातमा लिदै फूपू गरेर फुक्न थाल्यो, चिसो पानी खन्याउन
थाल्यो । मैले धेरै पोलेको छैन पर्दैन भन्दाभन्दै पनि ...।जब उसले मेरा हातहरु छोयो,
ममा अनौठो हलचल मच्चियो । एकछिन हराए म ऊ मा, उसका नयनहरुमा । कसैले झस्काए पछि म
सम्भालिए । एकैछिनको भेटमा उसंगका कुरा अनि सबैभन्दा ठूलो त उसको स्पर्श जसले आज पनि
मलाई तरङ्गित गर्छ । उसको हातको जस्तो स्पर्श सायद मैले मेरो श्रीमानको हातमा पनि
भेट्दिन होला । चिसो कापेका ओठमा चुरोटको धुवा,गहिराई भरिएका ती आँखा
अनि पलभरमै मेरो लागि उसको मनमा जागेको सहानुभुति। उसंगको एकछिनको भेट मेरो
जिन्दगीको यति प्रीय घटना बन्छ मैले सोचेकिसम्म थिन ।
सायद
त्यो एकपलमा मलाई उसंग प्रेम भएछ क्यार उसका नयनमा म डुब्न पुगेछु क्यार।एकैपलमा
पनि कसैसंग प्रेम हुन्छ, के प्रेम यस्तो हुन्छ? यदि प्रेम यस्तो हुदैन
भने कस्तो हुन्छ त प्रेम?। म, अब प्रेम हैन जिन्दगी सोच्नुपर्छ भनेर हिड्ने
केटिलाई पनि कसैको स्पर्शले यति धेरै बेचैन र ब्यतित बनाउन सक्छ मैले पहिलो पल्ट
अनुभव गर्दै थिए त्योबेला । जतिबेला मैले प्रेम गरे अथवा म प्रेममा छु भन्ने
सोच्थे त्यतिबेला के थियो त,यदि यो प्रेम हो भने अनि त्यो प्रेम थियो भने यो के हो
त? । म अल्मलिन्थे, म आत्तिन्थे आफैसंग,आफ्नै मनसंग ।
त्यसपछिका कंयौ दिनहरू त्यो युबकको झझल्कोमा नै बिते,कति दिन त म एकोहोरो जस्तै भए
कतै हराए छुट्टै दुनियाँमा । जहाँ म अन्जान मान्छेको कल्पनामा हराउँथे उ को हो, के हो, कहाँ बाट
आएको हो, मलाई केही थाहा थिएन मलाई प्रेम भैसकेको थियो सायद उसगं।त्यसपछिका म
कंयौ दिन मिनभबन अगाडि गएर बस्न थाले, पर्खन थाले उसलाई,कुर्न थाले उसको बाटो ।त्यतिबेला
मेरो मनको हाल बुझ्ने कोहि भएन,अझ भनौ मैले बुझ्न पनि दिन यदि कोहि हुन्थ्यो भने
मलाई पागल प्रेमिकाको संज्ञा सहजै दिन्थे होला।
ति दिनहरू आज पनि सम्झनामा
आईरहन्छन् अनि त्यो स्पर्श जति प्यारो अरू केहि लाग्दैन, न कहिल्यै लाग्नेछ।आज म जिन्दगिमा धेरै
अगाडि बढिसके, मेरो आफ्नै परिवार छ, मायाको साथै सम्मान गर्ने श्रिमान हुनुहुन्छ, माया
प्रेम र बिश्वासको डोरमा सम्बन्ध अघि बढिरहेको छ । तर किन किन आज त्यो स्पर्सको
याद आयो सायद बाहिर मौसम पनि त्यस्तै भएर होला।मलाई अरू कुराले भन्दा पनि एउटा
कुराले साह्रै सताउछ।जुन स्पर्सले म त्यतिबेला त्यति धेरै ब्यतित भए के उ पनि
त्यति नै धेरै ब्यतित भयो होला, के उ पनि मलाई लिएर म जस्तै तरङ्गित भयो होला त
......।
No comments:
Post a Comment